गायिका मनु नेम्वाङको सांगीतिक कार्यक्रम ८ फेब्रुवरीमा हुदै

लिम्बु भाषाकी लोकप्रिय गायिका मनु नेम्बाङको सांगीतिक कार्यक्रम आउदो ८ फेब्रुवरीका दिन लण्डन फेल्थाम कलेजमा हुने भएको छ ।

किरात याक्थुङ चुम्लुङको अघिल्लो बैठकले कार्यक्रमको ब्यवस्थापनको जिम्मा उपाध्यक्ष नरबीर आङ्बोलाई तोकेको छ । कार्यक्रममा लिम्बु भाषाको नयाँ एल्वम निङवारे पान्हाको पनि विमोचन हुनेछ ।

चुम्लुङले सबैलाई सहभागी भएर सहयोग गरिदिन आग्रह गरेको छ । कार्यक्रम दिनको ३ देखि बेलुकी ६ बजे सम्म हुनेछ । गायिका नेम्बाङले युकेको चुम्लुङदेन खरिदको निम्ति उनको पहिलो युके यात्रामा १ लाख रुपैया आर्थिक सहयोग गरेकी थिइन । र, उनी लिम्बु भाषाको उत्कृष्ट गायिकाको रुपमा स्थापित छिन ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.