कि.या.चु.यु.केले प्रोपर्टी खरीद

लन्डन। किराँत याक्थुङ चुम्लुङ युकेले प्रोपर्टी खरीद गर्ने भएको छ। गत ३ सेप्टेम्बर आसफोर्डमा सम्पन्न सतौ बार्षिक साधारण सभाले पारीत गरे बमोजिम कि.या.चु.यु.केले आफ्नै प्रोपर्टी खरीदमा सक्रीयता देखाएको हो। संस्थाले लिम्बुहरुको पहीचान, परम्परा र संस्कृतिको संरक्षण, सबै लिम्बुहरुलाई एकबद्व गराउन, आफ्ना हरेक गतिबिधि त्यही भवनमा गर्न र भवन खरीदले लगानि समेत हुने भएकोले सो प्रोजेक्ट अघि सारेको जनाएको छ । उक्त खरीद गर्ने प्रोपर्टीमा प्रशासनिय कार्यलय, हल र मैदान आदी हुनेछ।

बैठकले भवन खरीद योजना मुर्तरुप दिन श्री पदम आङ्बुहङको संयोजकत्वमा एउटा कमिटी समेत गठन गरेको छ। जसको सह-संयोजकमा श्री देब आङ्बुहङ, श्री दिल कुमार इङ्वाराम र श्रीमती कमला लिम्बु छन् भने सचिवमा श्री गणेश वनेम र श्री लिम्बु चुनिएको छ। त्यसै गरी कोषाध्यक्षमा श्री तिलबिक्रम सम्बाहाम्फे र श्रीमती बिमला लिम्बुलाई चुनिएको संस्थाले जनाएको छ।

-भिम बोखिम

RECORD OF DECISIONS (ROD) KYCUK PROPERTY PURCHASE COMMITTEE
PURCHASE OF CHUMLUNG HIM/ PROPERTY KYCUK – LETTER OF INTRODUCTION

CLICK HERE FOR KIRAT YAKTHUNG CHUMLUNG PROPERTY ON LIST 2011 >>

Be the first to comment

Leave a Reply

Your email address will not be published.