Kirat Yakthung Chumlung (UK)

slFft- ofSy'I r'Dn'I o's]

यूकेमा लिम्बूहरुले ‘सिसेक्पा तङनाम’ मनाए

लन्डन । किरात याक्थुङ चुम्लुङ यूकेले वार्षिक रुपमा आयोजना गर्दै आएको ‘सिसेक्पा तङनाम’ गत १५ जुलाइ शनिवार लण्डनस्थित फेल्थाम कम्युनिटी कलेज मैदानमा सम्पन्न भयो । उक्त कार्यक्रम उद्घाटन संस्थाका अध्यक्ष काजीमान याक्सो र उपस्थितमध्ये सबैभन्दा जेष्ठ तुम्याहाङ बजहाङ चङवाङयक (८७) ले संयुक्त रुपमा गरेका थिए ।

बेलायतमा चासोक तङ्नाम २०१८

लन्डन -तारा बहादुर कन्दङ्वा ================================================================= नेपाल एउटा राष्ट्र हो र यो देश आफैमा स्वाभिमान छ। विश्वको विभित इतिहासमा लेखकहरुले नेपाल लाई राख्न बाध्य भएका छन। प्राकृतिक सौर्न्दर्यताले ढाकिएको विभिन्न भौतिक संरचना साथै एतिहासिक पुरातात्त्विक विवेचना भएको मुलुक नेपाल भनी संसारमा परिचित छ। वाहुजाती, बाहु-संस्कृति र बाहु भाषी विभिन्नताको देवस्थल देश हो नेपाल ।

१२औ यलम्बरहाङ कप

फेल्थाम । किरात याक्थुङ चुम्लुङ यूके (कियाचु) ले प्रत्येक वर्ष आयोजना गर्दै आएको यलम्बरहाङ कपको १२ औं श्रृंखला आगामी २० अप्रिलमा आयोजना गरिने भएको छ । गत १७ फेब्रुअरी शनिबारका दिन लण्डनस्थित फेल्थाम कम्युनिटी कलेजमा सम्पन्न कियाचु युकेको यलम्बरहाङ उपसंयोजन बैठकले सो मिति पारित गरेको हो ।



9th Yalambar Hang Cup 2016 (Poster)


अध्यक्ष काजीमान यक्सोको शन्देश।

किरात याक्थुङ चुम्लुङ यु.के.का सम्पूर्ण तुत्तुगेन तुम्याङ्हाङ, याक्लागेन सुहाङ्सा:मा, साम्निबा यक्फा, सा-चेली, फु-नुसा, आदाङग्बा आदाङमा हा: र यस संस्थामा आवद्द सबै (केरेक) याक्थुङ्बाहरुमा किरात याक्थुङ चुम्लुङ युकेको आठौ राष्ट्रिय महाधिवेशन बाट नव-निर्वाचित अध्यक्ष म काजीमान यक्सो को ब्यक्तिगत तथा केन्द्रिय कार्य समितिको तर्फ बाट “लुङग्मेन्दिन लाम” सेवारो !

किरात याक्थुङ चुम्लुङ युके को भर्खरै मात्र सम्पन्न भएको आठौ राष्ट्रिय महाधिवेशनले मेरो नेत्रित्वमा नयाँ केन्द्रिय कार्य समितिको चयन गरेको छ। नयाँ कार्य समितिको चयनको निमित्त सहयोग गर्ने अध्यक्ष मन्डल,निर्वाचन समिती, आजीवन तथा संरक्षक सदस्यहरु तथा सल्लाहकार महानुभावहरु,अघिल्लो कार्य समितिका पदाधिकारी तथा सदस्यहरु र महाधिवेसन मा प्रतक्ष र परोक्ष रुपले सहयोग पुर्याउने सम्पूर्ण महानुभाव हरुलाई मेरो हृदय देखि नै धन्यवाद दिन चाहन्छु (लुङग्मेन्दिन लाम नोगेन पिईनिङरो)।

किरात याक्थुङ चुम्लुङ,यु.के.भनेको सम्पूर्ण यु.के. वासी याक्थुङ्बा हरुको सामाजिक,साँस्कृतिक र ऐतिहासिक पहिचान लाई संरक्षण र प्रबर्दन गर्नको निमित्त स्थापित विशुद्ध सामाजिक संस्था हो। यसले स्थापना काल देखिनै वेलायत वासी लिम्बुहरुको हितको निम्ती विभिन्न सामाजिक तथा साँस्कृतिक कार्यहरु सम्पन्न गर्दै आईरहेको छ।

किरात याक्थुङ चुम्लुङ युके को भावी दिनहरुलाई सही मार्गमा डोर्याउने जिम्मेवारी का साथ साथै मेरो नेत्रित्वमा रहेको कार्य समितिले युके वासी सम्पूर्ण याक्थुङ्बा हरुको हितको निमित्त धेरै चुनौती हरुको सामना गर्नु पर्ने समय आएको छ। यो कार्य समिती को सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु साथै वेलायत भरिका सम्पूर्ण शाखाहरु बाट हुने एकता बद्द पहल बाट निस्चय नै हाम्रो उदेश्य प्राप्तिको निमित्त अगाडि बढन सक्दछौ भन्ने द्रिढ विश्वास तपाईं हरुलाई दिलाउन चाहन्छु। वर्तमान कार्य समितिले ल्याउने आगामी योजना तथा अहिले सम्म कार्यान्वयन हुन नसकेका योजनाहरु लाई आवश्यकता, उपयुक्तता र जनहितको आधारमा वैधानिक र वैज्ञानीक ढंगबाट संस्थागत गर्न यो कार्य समिती कटिबद्द रहने छ।

अझै पनि किरात याक्थुङ चुम्लुङ युके ले संस्था भित्र जन्मेका आन्तरिक वैचारिक द्वन्द,वैधानिकता र कार्यनिती हरुमा देखिएका विचलन र ध्रुविकरण जस्ता समस्या हरु बाट पूर्ण रुपमा निकास पाउन सकेको छैन। वेलायतका विभिन्न शाखा हरु भित्र देखिएका आन्तरिक मतभेद ,द्वन्द र असहमती हरुको उचित सम्बोधन र समाधानका उपाय खोजी सवै शाखा हरुलाई विधानको परिधि भित्र गोलबन्द गराइ चुम्लुङ लाई समृद्द बनाउने कार्य नै यो कार्य समितिको पहिलो प्राथमिकता रहने छ।

दोस्रो चुनौती भनेको वेलायतमा चुम्लुङ हिम खरिद गर्ने कार्य हो। यो अवधारणा धेरै समय अगाडि देखी शुरु भएता पनि यसले अझै सम्म पूर्णता पाउन सकेको छैन। मेरो नेत्रित्वमा रहेको वर्तमान कार्य समितिले चुम्लुङ हिम खरिदको कार्य लाई पूर्णता दिने प्रतिबद्दता जाहेर गर्न चाहन्छु।

तेस्रो कुरो भनेको अवको नयाँ याक्थुङ्बा पिंढिहरुमा साँस्कृतिक रुपान्तरणको प्रकृया हो। युरोपेली संस्कृति को गर्भमा अहिले हाम्रो मौलिक याक्थुङ संस्कृति ले आफ्नो अस्तित्वनै गुमाउन सक्ने अवस्था आएको छ। यस अवस्थामा विभिन्न वर्ग र पुस्ताका याक्थुङ्बा हरुमा भाषा,लिपी ,ईतिहास ,साहित्य आदिको संरक्षण ,उत्थान र बिकास गर्न यो कार्य समिती प्रतिबद्ध रहने जानकारी गराउन चाहन्छु।

चौथो कुरो भनेको आपतकालिन सहयोग को ब्यबस्था हो । वेलायत वासी याक्थुङ्बाहरु लाई मृत्यु संस्कार तथा अन्य आपत कालिन समय आई परेमा वर्तमान कार्यसमिती बाट सक्दो सहयोग प्राप्त हुने प्रतिबद्दता दिन चाहन्छु।

वर्तमान कार्य समितिले मात्र चुम्लुङ को सम्पूर्ण कार्य योजना हरुलाई संस्थागत गर्न सक्दैन। किरात याक्थुङ चुम्लुङ युके लाई सर्बोतम जनहितको पक्षमा अगाडि बढाउन वेलायत वासी हरेक याक्थुङ्बा हरुको सहयोग र सल्लाह को आवश्यकता पर्दछ। राजनैतीक र वैचारिक धरातलमा विविधता रहेपनी किरात याक्थुङ चुम्लुङ युके जस्तो विशुद्द सामाजिक संस्था को उदेश्य पुरा गर्नको लागि हामी सबै एकजुट भई किरात याक्थुङ चुम्लुङ युके को सामुहिक मुल्य र मान्यतालाई निरन्तरता दिने विनम्र आह्वान का साथ मेरो दुई शब्द टुङ्ग्याउन चाहन्छु।

 

“आसेवारो”
जै किरात याक्थुङ चुम्लुङ युके !

काजीमान यक्सो
अध्यक्ष,के.वाई.सि.युके


Sisekpa Tangnam 2017 को उत्कृष्ट फोटो ||


मुन्धुम संगीत सांस्कृतिक साँझ


ईङघङ - यूके चुम्लुमले याक्थुङ मुन्धुमअनुसार चासोक तङनाम मनायो

कृष्ण हेम्ब्या -

१९ डिसेम्वर, यूके । किरात याक्थुङ चरम्लुङ यूकेले यो वर्षको चासोक तङ्नाम सेन्ढ्रस्टको न्यु बल्समोर कमिटी सेन्टरमा याक्थुङ मुन्धुमअनुसार पुजाआजा गरेर मनायो । केन्द्रीय अध्यक्ष काजिमान यक्सोको उपस्थितिमा सम्पन्न उक्त दिनको कार्यक्रमा प्रमुख अथिती तुम्याहाङ कुबेरसिं नेम्वाङ र अन्य अथितीहरुमा केवाईसीका सल्लाहकारद्धय डम्बर सिंहक र सुभाषचन्द्र चवेगु, पूर्व उपाध्य जय मादेन, पूर्व महासचिव तथा एनआरएन यूकेका महासचिव विजयविक्रम लिङदेन, गोर्खा च्यानलकी बिमला सेने, क्याप्टेन अमरजंग लिम्बू, क्याप्टेन जितबहादुर चङवनङगायतका थिए ।

प्रमुख फेदाङमा बीरध्वज आङवुहाङले युमा साम्माङ उठाएर विधिवत चासोक पूजा आरम्म गरेका थिए । माङथानमा भरखरै पाकेका विभिन्न अन्नहरु राखि युमा, थेवा, ताम्भुङ्ना तक्सङ्वा, थुङ्दाङ्मा, फाक्मुरा आदि इष्टमाङहरुलाई चढाउने कार्यहरु भयो । फेदाङ्माले माङथानमा राखिएको यावो परिवारका सदस्यहरुलाई फर्काएर हाङ्वा–माङ्वा (आशिर्वाद) दिएपछि चासोक तङनाम पूजा समापन भएको थियो । कार्यक्रममा तुम्याहाङ कुबेरसिं नेम्वाङ र अध्यक्ष काजिमान यक्सोले लिम्बूूहरुको चासोक तङनामको महत्वको विषयमा चर्चा गरेका थिए ।

कार्यक्रम सफल बनाउन केवाईसि यूके रसमोर शाखाका अध्यक्ष जुरेन खजुमलगायत शाखाका कार्य समिति सदस्यहरुको सक्रिय भूमिका रहेको थियो । पाहुना सत्कारको जिम्मा संस्थाका महिला कमिटी सदस्यहरुले लिएका थिए । पूजामा लालबहादुर चङवाङ, स्वागतमा धन काम्वाङ, संस्कृतिमा महेश्वरी नेम्वाङ, डम्बर लिम्बू र आशराज वखिमले ब्यवस्थापन गरेका थिए । संस्थाका उपाध्यक्ष लिला सेलिङ मावोले याक्थुङ कविता वाचन गरेर रमाईलो दिलाईन । कार्यक्रम संचालन महासचिव खगेन्द्र लावती, सचिव महेश अनेमले चासोक तङनामको जानकारी र वरिष्ठ उपाध्यक्ष दिलसिंह मेन्याङवोले स्वागत मन्तव्य दिएका थिए । अन्तमा अध्यक्ष यक्सोले पाहुना र उपस्थित सदस्यहरुलाई धन्यवाद तथा युकेवासी सबै लिम्बू तथा परिवारजनहरुमा चासोक तङनाम २०७२ को शुभकामना दिएका थिए ।

१९ डिसेम्वरकै दिन केवाईसी यूके, शाखा वेसिङस्टकले चासोक तङनाम मनाउदै सोही दिन वार्षिक साधरण सभासमेत सम्पन्न गरेको थियो । शाखा अध्यक्ष विजय लिङथेपको अध्यक्षतामा वसेको उक्त सभामा कार्य समिति पुनरगठन भएको थियो । पुनरगठीत पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्षमा अमृता पालुङ्वा, उपाध्यक्षमा चन्द्र पेगा, सचिवमा चन्द्रकुवेर आङवुहाङ र कोषाध्यक्षमा मोहन मावो निर्विरोध निर्वाचित भएका थिए । यस्तै अन्य केवाईसी यूके शाखाहरुमा ननिङटन र वेल्सले ६ डिसेम्वर, गे्रटर लण्डन सिनियरले १२ डिसेम्वर र गे्रटर लण्डन जुनियर र आशफोर्डले २० डिसेम्वर चासेक तङनामा मनाए ।

मुन्धुम अनुसार लिम्बूूहरुका पुर्खा सावा येत्हाङहरु काँचै कन्दमूल खानाले अनेकौ रोगको सामना गर्नुपथ्र्याे । यो समस्याबाट मुक्त पाउन उनीहरुले सर्वशक्तिमान तागेरानिङ्वाफुङ माङको सरण लिए । अन्ततः तागेरानिङ्वाफुङको कृपाले पेना, ताक्मा, तुम्री, पारामा राङ्घामा, लिङ्घामाजस्ता बीउविजन पाएपछि तिनका चेली सिबेरा एःथुक्मा सिबेरा याबुङ्केम्माले काठको खन्ती र अङ्कुसेको सहयोगले भस्मे फांडेर ती बीउ छरी अन्न फलाईन । त्यसपछि नै सावा येत्हाङहरुले खेतीपाती गर्न सिके र त्यो उन्नत अन्नले गर्दा रोगव्याधीवाट छुट्कारा पाउनुका साथै उनीहरुको हरेक क्षेत्रमा उन्नती हुनथाल्यो । खेती गरेर अन्न उत्पादन गर्न सिकाउने चेली सिबेरा एःथुक्मा सिबेरा याबुङ्केम्माको उपकारी कामदेखि अति प्रभावित सावा येत्हाङहरुले उनको सम्मानार्थ पाकेको अन्न पहिला उनलाई चढाएपछि मात्र आफुहरुले खाने वाचा गरे । त्यसैवेलादेखि नै लिम्बूूहरु चासोक.(न्वागी) गर्ने परम्परा थालनी भएको मुन्धुममा वर्णन गरिन्छ । वास्तवमा यो चाडको सम्वन्ध लिम्बूूहरुले आवाद गरेको माटोदेखि सुरु हुन्छ ।

मुन्धुम अनुसार लिम्बूूहरुका पुर्खा सावा येत्हाङहरु काँचै कन्दमूल खानाले अनेकौ रोगको सामना गर्नुपथ्र्याे । यो समस्याबाट मुक्त पाउन उनीहरुले सर्वशक्तिमान तागेरानिङ्वाफुङ माङको सरण लिए । अन्ततः तागेरानिङ्वाफुङको कृपाले पेना, ताक्मा, तुम्री, पारामा राङ्घामा, लिङ्घामाजस्ता बीउविजन पाएपछि तिनका चेली सिबेरा एःथुक्मा सिबेरा याबुङ्केम्माले काठको खन्ती र अङ्कुसेको सहयोगले भस्मे फांडेर ती बीउ छरी अन्न फलाईन । त्यसपछि नै सावा येत्हाङहरुले खेतीपाती गर्न सिके र त्यो उन्नत अन्नले गर्दा रोगव्याधीवाट छुट्कारा पाउनुका साथै उनीहरुको हरेक क्षेत्रमा उन्नती हुनथाल्यो । खेती गरेर अन्न उत्पादन गर्न सिकाउने चेली सिबेरा एःथुक्मा सिबेरा याबुङ्केम्माको उपकारी कामदेखि अति प्रभावित सावा येत्हाङहरुले उनको सम्मानार्थ पाकेको अन्न पहिला उनलाई चढाएपछि मात्र आफुहरुले खाने वाचा गरे । त्यसैवेलादेखि नै लिम्बूूहरु चासोक.(न्वागी) गर्ने परम्परा थालनी भएको मुन्धुममा वर्णन गरिन्छ । वास्तवमा यो चाडको सम्वन्ध लिम्बूूहरुले आवाद गरेको माटोदेखि सुरु हुन्छ ।


इङघङ - केवाईसि यूके रेडिङ शाखाले वलिहाङ तङनाम धान नाचेर मनाए

लन्डन-रेडिङ । किरात याक्थुङ चुम्लुङ यूके, वर्कशायर रेडिङ शाखाले विभिन्न सांस्कृतिक कार्यक्रमसहित यो वर्षको वलिहाङ तङनाम मनायो । २८ नोभेम्वर शनिवार रेडिङस्थित युथ कम्यूनिटी सेन्टरमा सम्पन्न कार्यक्रमका प्रमुख अथिती केन्द्रीय अध्यक्ष काजीमान यक्सो, अथितिीहरुमा केन्दकै उपाध्यक्ष लिला सेलिङ मावो, महासचिव खगेन्द्र लावती, रेडिङ नेपाली समाजका उपाध्यक्ष कृष्ण न्यौपाने, रेडिङ किरात समाजका अध्यक्ष कवित यक्सोलगायतको उपस्थिसत थियो ।

कार्यक्रमको आरम्भमा पहिलो नेपाली तारा गायक दिपक केदेम लिम्बूलाई केवाईसी यूके केन्द्रका अध्यक्ष यक्सोले सिलाम साक्माद्धारा सम्मान गरेका थिए । यस क्षेत्रकै जेष्ठ लिम्बू तुम्याहाङ ८० वर्षीय रत्नमान केरुङलगायत समाजमा उल्लेखनीय योगदान दिने महिला कमिटीका सदस्यहरुलाई शाखाका अध्यक्ष रामप्रसाद लिङदेनले खादा ओढाई सम्मान गरेका थिए ।

कार्यक्रमको प्रमुख आकर्षण धाननाचमा सुवर्ण नेम्वाङ, अमृता केरुङ, कवित यक्सो, प्रेश वेगा, सरस्वती नेयङ यक्सो, रजनी तम्वाहाम्फे लावुङ र दुर्गा सम्वाहाम्फेले भाग लिएका थिए । डम्वर सावाले पालाम तथा स्थानिय युवाहरुले विभिन्न गीत गायर रमाईलो दिलाए । अमृत तुम्वाहाम्फे, कवित यक्सोलगायतले केलाङ प्रदर्शन गरेर मनोरञ्जन दिलाए । केवाईसी उपाध्यक्ष लिला सेलिङ मावोले लिम्बू र नेपाली भाषामा विभिन्न कविताहरु वाचन गरेकी थिएन् । कार्यक्रम संचालन शाखाका सचिव चन्द्र तुम्वाहाम्फेले गरेका थिए ।

कृष्णकुमार हेम्ब्या


 < 1 23

Copyright © 2019 Kirat Yakthung Chumlung UK. All Rights Reserved.