Kirat Yakthung Chumlung (UK)

slFft- ofSy'I r'Dn'I o's]

Basingstoke Branch

 
 
2017-
 
Chairperson- Mrs Amrita Palungwa Sabenhim
Vice Chairman - Mr Chandra Prakash Begha
Vice Chairman- Mr Pepraj Kurumbang 
Secretary - Mr Chandra Kuber Angbohang
Treasurer- Mr Ganendra Menyangbo.
 
 
 
 
 
2014-2017
Mr Bijaya Lingthep Chairman

Mr Bijaya Lingthep
Chairman

Mrs Amrita Palungwa Vice Chairwoman

Mrs Amrita Palungwa
Vice Chairwoman

Mr Chandra Begha Secretary

Mr Chandra Begha
Secretary

Mr Chandra Kuber  Angbuhang A/Secretary

Mr Chandra Kuber Angbuhang
A/Secretary

Mr Laxmi Aawajung Treasurer

Mr Laxmi Aawajung
Treasurer

Rtd Bhakta Bhegha Adviser

Rtd Bhakta Bhegha
Adviser

Mr Harka jang Kurungbang Adviser

Mr Harka jang Kurungbang
Adviser

Mr Ganesh Awajang Adviser

Mr Ganesh Awajang
Adviser

Mr Meherman Labung Adviser

Mr Meherman Labung
Adviser

कि.या.चु. युकेको बेसिङ्स्टोक शाखा समिती गठन ।

किरात याक्थुङ चुम्लुङ युकेले यस बेलायतमा बसोबास गर्ने याक्थुङ्बा समुदायलाई संगठित बनाइ संस्थाको कार्यहरुलाई प्रभावकारी ढंगले संचालन गर्नको लागि शाखा समितिहरु बिस्तार गर्दै आएको छ । शाखा समिती बिस्तार गर्ने क्रममा बेलायतको बेसिङ्स्टोक सिटिमा लिम्बु समुदायको उल्लेख्य उपस्थिती रहेको र त्यस स्थानमा शाखा समिती गठन गर्न आवश्यक महशुस गरिएको हुनाले गत तारिख ०५ अक्टोबर २०१३ सालका दिन केन्द्रिय कोषाध्यक्ष श्री दिलसिङ मेन्याङ्बो को प्रमुख अतिथ्य र केन्द्रिय उपाध्यक्ष श्री तिलबिक्रम सम्बाहाङ्फे को उपस्थितिमा कि,या,चु, बेसिङ्स्टोक शाखा समिती श्री बिजय लिङ्थेप को नेत्रित्वमा पाँच सदस्यिय समिती गठन गरेका थिए । यस शाखा समितिमा क्रमश: अध्यक्ष श्री बिजय लिङ्थेप, उपाध्यक्ष श्रीमती अमृता पालुङ्वा, सचिव श्री चन्द्र बेघा, सह-सचिव श्री चन्द्र कुबेर आङ्बुहाङ र कोशाध्यक्ष श्री लक्ष्मी आवाजुङ लाई नियुक्त गरेका थिए भने सल्लहकारमा श्री नर सेवेहिम र श्री भक्त बहादुर बेघा लाई नियुक्त गरेका थिए । केन्द्रका भाषा तथा साहित्य संयोजक श्री हर्कजङ कुरुम्बाङले संचालन गरेको कार्यक्रममा नव नियुक्त सल्लाहकार श्री भक्त बेघा ले यस शाखामा बसोबास गर्ने याक्थुङ्बा समुदायले बिगत, बर्तमान र भबिश्यमा गरेका र गर्नु पर्ने जिम्मेवारीको बिषयमा बिचार ब्यक्त गरेका थिए । केन्द्रिय उपाध्यक्ष श्री तिल बिक्रम सम्बाहाङ्फे ले बेलायतमा बसोबास गर्ने सम्पूर्ण लिम्बु समुदायको हितको लागि याक्थुङ हिम खरिद गर्ने महत्वकांक्षी योजनाको बारेमा जानकारी गराए थिए भने कार्यक्रम संचालक हर्कजङ कुरुम्बाङ ले हालै किरात याक्थुङ चुम्लुङ युकेले प्रकाशित गरेको "आनी पान" पुस्तकको बारेमा संक्षिप्त जानकारी गराए । उक्त कार्यक्रममा उपस्थित तुम्याहाङ श्री मेहेरमान लाबुङ ले लिम्बु समुदायले मान्ने धर्म, भाषा, संस्कार संस्कृतिको बारेमा छोटो मन्तब्य राखेका थिए । कार्यक्रममा उपस्थित श्रीमती मुना जबेगु र श्रीमती शान्ती नाल्बो ले नव नियुक्त सम्पूर्ण पदाधिकारिहरुलाई शुभकामा दिनुका साथै सम्पूर्ण याक्थुङ्बाहरु हातेमालो गरेर अगाडि बढनु पर्ने धारणा राखेका थिए । उक्त कार्यक्रममा याक्थुङ्बा समुदायलाई सधैं जागरण गर्दै आउनु भएका तुम्याहाङ्हरु श्री मेहेरमान लाबुङ, श्री तेज बहादुर खापुङ, श्री लाल बहादुर बखिम, श्री गणेश आवाजुङ र श्री मान बहादुर मेन्याङ्बो लाई प्रमुख अतिथी श्री दिलसिङ मेन्याङ्बो द्वारा खादा ओडयाएर सम्मान गरेका थिए । नव नियुक्त शाखा अध्यक्ष श्री बिजय लिङ्थेप ले समाजले सुम्पिएको जिम्मेवारीलाई सहर्स रुपले स्विकार्दै आफ्नो बुद्दी बिवेक र क्षमताले भ्याए सम्म यस बेसिङ्स्टोक शाखा समितिलाई संगठित बनाएर अगाडि बढाउने प्रतिबद्दता जनाएका थिए ।

कार्यक्रमको अन्त्यमा प्रमुख अतिथी श्री दिलसिङ मेन्याङ्बो ले सम्पूर्ण नव नियुक्त पदाधिकारी तथा सल्लाहकार सदस्यहरुलाई कार्यकाल सफलताको शुभकामना दिदै यस् शाखा समिती बाट केन्द्रले ठुलो अपेक्षा राखेको बताए । किरात याक्थुङ चुम्लुङ युकेले शाखा बिस्तार गर्ने क्रममा अहिले सम्म १३ शाखा समिती गठन गरिसकिएको र अन्य क्षेत्रमा आवश्यकता अनुसार गठन गरिने बताए । आजको कार्यक्रमलाई सफल बनाउन उपस्थित हुनुभएका सम्पूर्ण सदस्यहरु तथा ब्याबस्थापना कार्यमा खटिनु भएका दिदी बहिनिहरु लगाएत हाम्रो संस्कृतिलाई झल्काउने च्याब्रुङ नाँचका सम्पूर्ण कलाकारहरुलाई धन्यवाद दिदै बैठक समापन गरेका थिए ।

नर प्रशाद थाम्सुहाङ
मिडिया संयोजक
किरात याक्थुङ चुम्लुङ युके ।

Copyright © 2017 Kirat Yakthung Chumlung UK. All Rights Reserved.