Kirat Yakthung Chumlung (UK)

slFft- ofSy'I r'Dn'I o's]

किराँत याक्थुङ चुम्लुङ, यूके, ग्रेटर लण्डन साखाको दोश्रो अधिवेशन सम्पन्न

By टेक सुहाङ

२०किराँत याक्थुङ चुम्लुङ, यूके, ग्रेटर लण्डन साखाको दोश्रो अधिवेशन मिति ०२ जुलाई १७ को दिन साखाका निबर्तमान अध्यक्ष श्री यम बहादुर आङ्बुहाङ्को सभापतित्व र किराँत याक्थुङ चुम्लुङ, यूकेका केन्द्रीय अध्यक्ष श्री काजिमान याक्सोको प्रमुख आतिथ्यमा नर्थोल्ट पार्क सोसियल क्लब, लण्डन, बेलायतमा सम्पन्न भएको। उक्त अधिवेशनको समुद्घाटन पानसमा दिप प्रज्वलन गरी सभाका सभापति श्री यम बहादुर आङ्बुहाङ र प्रमुख अतिथि श्री काजिमान यक्सोले संयुक्त रूपमा गर्नु भएको थियो। कार्यक्रमको सन्चालन साखाका निबर्तमान सचिब श्री एक राज पाहिमले गर्नु भएको थियो। अधिवेशनमा साखाका उपाध्यक्ष श्री नेत्र चेम्जोङले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो। त्यस्तै अधिवेशनका प्रमुख अतिथी तथा किराँत याक्थुङ चुम्लुङ, यूकेका केन्द्रिय अध्यक्ष श्री काजिमान याक्सो, बिशेष अतिथिहरु श्री किशोर आङ्बुहाङ्, श्रीमती नर कुमारी लिम्बु र श्रीमती कृष्ण सुब्बाले सभाको सफलताको लागि शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो।

अधिवेशनमा साखाका निबर्तमान अध्यक्ष श्री यम बहादुर आङ्बुहाङ्ले आफ्नो कार्यकालमामा सम्पन्न कार्यहरुको प्रतिबेदन पेश गर्नु भएको थियो। उहाँले आफ्नो कार्यकालमा साखाकोले बैधानिक मान्यता प्राप्त गर्न सफल भएकोमा खुशी ब्यक्त गर्दै आफ्नो कार्यकाल सफल पार्न सहयोग गर्नु हुने साखाका सम्पूर्ण निबर्तमान कार्यसमितिका पदाधिकारीहरु, सल्लाहकारहरु, सदस्यहरुलाई तथा अन्य बुद्दिजिविहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको थियो।

त्यस्तै गरी अधिवेशनमा साखाका निबर्तमान सचिब श्री एक राज पाहिमले साखाको साँगठानिक प्रतिबेदन र भाबी कार्य योजनाहरु बारे प्रस्ताब हरु पेस गर्नु भएको थियो। उहाले पेस गर्नु भएको प्रतिबेदन र प्रस्ताबहरू सभाले सर्व सहमतीले पास गरेको थियो।

साखाका निबर्तमान कोषाध्यक्ष श्री डम्बर लिबाङले आर्थिक प्रतिबेदन पेश गर्नु भएको थियो। उहाले साखाको वार्षिक आय ब्यय, सदस्यता सुल्क, सदस्यता नविकरण, आकस्मीक कोश र यस सम्बन्धि सम्भाबित प्राबधानहरु आदी बारे बिस्त्रित विवरण र प्रस्ताबहरु अधिवेशनमा प्रस्तूत गर्नु भएको थियो।

अधिवेशनमा साखाका पदाधिकारिहरु, सल्लाहकारहरु, साधारण सदस्यहरु तथा अन्य आमन्त्रित ब्यक्तित्वहरुको उल्लेख्य मात्रामा उपस्थिती थियो। अधिवेशनमा साखालाई बिभिन्न तवरले योगदान पुर्‍याउनु हुने साखाका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाण-पत्र तथा खादाद्वारा सम्मान गरिएको थियो।

अधिवेशनमा अन्त्यमा साखाका निबर्तमान अध्यक्ष तथा सभाका सभापति श्री यम बहादुर आङ्बुहाङ्ले निबर्तमान कार्यसमितिका पदाधिकारीहरुलाई खादा लगाइ बिदाइ गर्नु भएको थियो। श्री आङ्बुहाङ्ले सभा समापनको मन्तब्य ब्यक्त गर्दै उहाको नेत्रित्वामा रहेको साखाको कार्य समिती औपचारिक रूपमा बिघटन भएको घोषणा गर्दै नयाँ कार्य समिती चयन को निम्ती साखाका सल्लाहकार श्री असारसिङ् आङ्बुहाङको अध्यक्षतामा तीन सदसिय निर्वाचन मन्डल गठन गरिएको ब्यहोरा जानकारी गराउदै सो निर्वाचन मन्डललाइ नयाँ कार्य समिती चयनको जिम्मेवारी सुम्पिएको ब्यहोरा प्रस्तुत गर्दै सो सभाको पहिलो चरण को औपचारिक सभा समाप्त भएको घोषणा गर्नु भएको थियो।

नयाँ कार्यसमिती चयनको निम्ती साखाका सल्लाहकार श्री असारसिङ् आङ्बुहाङको अध्यक्षतामा तीन सदसिय निर्वाचन मन्डल गठन गरिएको थियो। निर्वाचन मन्डलको सचिबमा साखाका सल्लाहकार श्री देव अङ्बुहाङ र सदस्यमा साखाका सल्लाहकार श्री प्रशादसिङ थेबे रहनु भएको थियो।

निर्वाचन मन्डलका सचिब श्री देव आङ्बुहाङले निर्वाचन कार्यक्रम सन्चालन गर्दै किराँत याक्थुङ चुम्लुङ, यूकेको बिधान अनुसार हरेक साखामा अध्यक्ष - १, उपाध्यक्ष - ४, सचिब - १, सहसचिब - १, कोषाध्यक्ष - १, सहकोषाध्यक्ष - १, सदस्यहरु - ८ गरी जम्मा १७ सदसिय कार्य समिती रहने हुनाले सो अनुसार इच्छुक हरेक किराँत याक्थुङ चुम्लुङ, यूके, ग्रेटर लण्डन साखाका साधारण सदस्यहरुलाई हरेक पदको लागि मनोनय पत्र निर्वाचन मन्डलमा दर्ता गर्न हुन अवहान गर्नु भएको थियो।

यसरी अवहान भए अनुसार अध्यक्ष पदमा निबर्तमान अध्यक्ष श्री यम बहादुर आङ्बुहाङ र निबर्तमान सचिब श्री एक राज पाहिमको नाम प्रस्तावित भएकोमा निबर्तमान अध्यक्ष श्री यम बहादुर आङ्बुहाङ आफ्नो नाम पुन: अध्यक्ष पदमा प्रस्ताब भएतापनी आफु सो पदको लागि अनिच्छुक रहेको जानकारी गराउदै आफ्नो उम्मेद्बारी फिर्ता लिएको घोषणा गर्नु भएको र श्री पाहिमले आफु अध्यक्ष पद सम्हाल्न तयार रहेको बिचार ब्यक्त गर्नु भएकोले निर्वाचन मन्डलका सचिब श्री देव आङ्बुहाङले श्री एक राज पाहिम साखाको अध्यक्ष पदमा निर्बिरोध निर्बाचित हुनु भएको घोषणा गर्नु भयो।

अध्यक्ष पद मा बाहेक अन्य कुनै पदमा पनि एक जना भन्दा बढी उम्मेद्वारहरुको मनोनय पत्र दर्ता नभएकोले सबै पदहरु निर्बिरोध निर्बाचित भएको घोषणा निर्वाचन मन्डलका सचिब श्री आङ्बुहाङ्ले गर्नु भएको थियो।

यसरी साखाको दोश्रो अधिवेशनले आगामी तीन बर्षको लागि श्री एक राज पाहिमको अध्यक्षतामा १७ सदस्सीय नयाँ कार्य समितिको निर्विरोध चयन गरेको छ । नवनिर्वाचित केन्द्रीय कार्यसमितिमा श्री भिम मेन्याङ्बो, श्रीमती बिना येक्तेन, श्री रितुमान आङ्बुङ र श्रीमती झरना जबेगु देवानले कमश: प्रथम, द्वितिय, त्रितिय र चौथो उपाध्यक्ष, श्री प्रेम धलाब सुहाङले सचिव, श्री मान प्रासाद साम्योकले सह-सचिव, श्री डम्बर लिबाङले कोषाध्यक्ष, तथा श्री राजेन्द्र नाल्बोले सह-कोषाध्यक्षको जिम्मेवारी पाउनु भएको छ। त्यस्तै गरी श्री प्रेम वानेम, श्री बिर्ख साम्बा, श्री हरी कुमार फोम्बो, श्रीमती बबिता सावा याक्सो, श्रीमती हेमु इवारम, श्रीमती बूध माया इजम लिङ्देन, श्रीमती रुकमणी तावा र श्रीमती बिष्णु तावा केरुङ सदस्यमा चयन हुनु भएको छ।

त्यस्तै गरेर अधिवेशनले राष्ट्रिय परिषद सदस्यहरुमा श्री नेत्र चेम्जोङ, श्री टेक सुहाङ र श्रीमती सरला आङ्बुहाङलाई चयन गरेको छ भने किराँत याक्थुङ चुम्लुङ, यूकेको केन्द्रीय सदस्यमा श्री यम बहादुर आङ्बुहाङ लाई चयन गरेको छ।

नवनिर्वाचित पदाधिकारीहरुलाई किराँत याक्थुङ चुम्लुङ, यूकेका केन्द्रीय अध्यक्ष श्री काजिमन याक्सोले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुका साथै प्रमाण पत्र प्रदान गर्नु भएको थियो।

निबर्तमान अध्यक्ष श्री यम बहादुर आङ्बुहाङले नव निर्बाचित कार्यसमितिलाई एक थान लिम्बुहरुको मौलिक बाजा च्याब्रुङ (ढोल) उपहार प्रदान गर्दै बधाई तथा शुभकामना दिनु भएको थियो। त्यस्तै नव निर्बाचित चौथो उपाध्यक्ष श्रीमती झरना जबेगु देवानले नव निर्बाचित कार्यसमितिलाई ५ थान सारी उपहार प्रदान गर्नु भएको थियो।

नव निर्बाचित अध्यक्ष श्री एक राज पाहिमले छोटो मन्तब्य राख्दै आफुलाई साखाको अध्यक्ष पदमा निर्बाचित गरेकोमा सबै सदस्यहरुलाई धन्यवाद प्रदान गर्दै आफ्नो कार्य समिती साखाको उन्नती र प्रगतीको निम्ती सदैब लागि पर्ने प्रतिबाद्दता जाहेर गर्नु भएको थियो।

 

Copyright © 2017 Kirat Yakthung Chumlung UK. All Rights Reserved.