Kirat Yakthung Chumlung (UK)

slFft- ofSy'I r'Dn'I o's]

केवाईसि यूकेले ८ औं सिसेक्पा तङनाम मनायोः प्रमुख आकर्षण ‘धाननाच’

फेल्थहाम, लण्डन । बेलायतबासी लिम्बूहरुले यही शनिवार १६ जुलाईका दिन फेल्थहामस्थित कम्यूनिटी कलेज खेलमैदानमा भेला भइ ‘सिसेक्पा–२०१६’ धुमधामसंग मनाए । किरात याक्थुङ चुङम्लुङ यूकेको आयोजनामा २००९ देखि निरन्तर मनाउदै आएको यो ८ औं भेला थियो ।

मनोक्रान्तिका पथप्रदशक एवम् गुरु डा.योगी विकाशानन्द र केवाईसि यूकेका अध्यक्ष काजीमान यक्सोले संयुक्त दीप जलनगरी भेलाको उद्घाटन गरेका थिए । प्रमुख अथीतिसमेत रहेका डा. योगी मनोत्रान्ति अभियान बेलायतका संयोजक नरेन्द्रराज नेम्वाङको विशेष पहलमा बेलायत आएकाछन् । उनले नेपाली बसोवास गरेका बिन्नि स्थानहरुमा योग, ध्यान, प्राणायम, रेकीजस्ता जीवन र जगतलाई उर्जाशील बनाउने उपयोगी कलाहरु वारेमा प्रशिक्षण गरी रहेकाछन् ।

त्यसै दिन बिभिन्न विधामा भरखरै उच्च शिक्षा हसिल तथा अन्य सामाजिक क्षेत्रमा महत्पूर्ण काम गरेका व्यक्तित्वहरुलाई गरियो । सम्मान हुनेमा मेडिकल डक्टरहरु डा. नित्य लाबुङ, डा. रिस्मा सम्वाशाम्फे र डा. लता अनेम, अक्सफोर्ड विश्वविद्यालयबाट फाइनन्समा स्नात्तोकर गरेकी प्रेमकुमारी मादेन, सोलीसिटद्धय उत्तर तिगेला र जुनता पन्धाकलगायत दर्जनौंलाई सम्मान तथा गरीयो ।

ठीक साउने संक्रान्तिकै दिन साइत पारि आयोजना गरीएको उक्त दिन मौसमले उतिकै साथ दियो । घमाइलो फूटवल मैदानमा साढे ३ हजारजति बेलायतवासी लिम्बू तथा अन्य बिभिन्न समुदायका सदस्यहरु उपस्थिति थियो । गाऊ घरको मेला बजारमाजस्तो जताततै खुला धान नाच्ने समूह देख्न सकिन्थ्यो । यस्ता स्वतस्फूर्त नाचले सिसेक्पा तङ्नाम भेलाको महत्वलाई अझ बढाउने साथै आफ्ना कला, संस्कृति जगेर्णा एवम् निर्माणमा अत्यन्तै महत्वपूर्ण भूमिका पुरयाउने छ । तानमा बुनेका ढाका र खाँडीका तागावा, मेख्ली,, दाउरा, सुरुवाल, कोट, इस्टकोट, मफलर लिम्बू भेषभुषा र कण्ठा, नेस्से, सिरवन्दी, यारलिङमा गहनामा भेला भएका उपस्थितिले लिम्बुवानमय वातवरण बनाएको थियो । पश्चिमा रहन सहनमा हुर्केका युवायुवतीहरुसमेत आफ्नै मौलिक भेषभूषातिर आकर्षण हुनु सकरात्मक पक्ष रहेको उपस्थित तुम्याहाङहरुको टिप्पणी थियो ।

केवाईसी यूके महिला विभागका युमा लिम्बू, लिला सेलिङ, नन्दशोभा लावतीलगायले पाहुना स्वागत र सत्कार गरेका थिए । आमन्त्रित पाहुनाहरुलाई तोङ्वा, याङवेन, सारग्याङमा, वामुरिकजस्ता याक्थुङ परिकारको विशेष व्यवस्था थियो ।

सांस्कृतिक प्रमुख पूर्ण सावादेन ‘कान्छा’ ले यालाङ, केलाङ प्रतियोगिता आयोजना गरेका थिए । यालाङतर्फ केवाईसी यूके शाखा ग्रेटर लण्डन र केलाङमा केवाईसी यूके शाखा ग्रेटर लण्डन सिनियर प्रथम भई ट्रफी र नगद पुरुस्कार प्राप्त गरे । संस्थाप्रति महत्वपूर्ण योगदान दिएका कोल्चेस्टरका घनप्रसाद लिम्बूलाई वर्षको चुम्लुङ अर्वाड, यलम्वरहाङ कप संचालनमा विशेष योगदान पुर्याएका खेम लुङफुङ्वालाई यलम्वरहाङ अवार्ड र  यो वर्षको याक्थुङ कलाकारको उपाधि पाएकी गायिका गौरी सावादेनलाई विशेष सम्मान गरियो । याक्थुङ सभ्यातालाई आधार बनाएर निर्मित ऐतिहासिक ‘खासाम’ कि झुमा अनेम लिम्बूुुुको हाक्पारे, पालाम प्रस्तुतिले भेलालाई थप उल्लासमय बनाएको थियो । झुमा थुप्रै लोक तथा आधुनिक नेपाली गीतहरु अरुभन्दा पृथक शैलीमा गाएर नेपाली संगीत आकाशमा एक उज्वल नक्षत्रका रुपमा परेकी सफल गायिका हुन ।

सधाझैं यो वर्षको सिसेक्पा तङनाम वार्षिक भेला आयोजनाको प्रमुख जिम्मेवारी संस्थाकै वरिष्ट उपाध्यक्ष दीलसिं मेन्याङवाले लिएका थिए । कार्यक्रम संचालन संस्थाका महासचि खगेन्द्र लावती र सह सचिव महेश अनेमले गरेका थिए । सांस्कृतिक कार्यक्रम र यालाङ केलाङ प्रतियोगिता संस्थाका सचिव मान तवेबुङ ‘नाजाम’ र सानु शुब्बाले संयुक्तरुपमा संचालन गरेका थिए ।

आदिवासी लिम्बूहरुको चासोक तङनाम, कक्फेवा तङनाम, यक्वा तङनाम, सावलमा सिसेक्पा तङनाम र बलिहाङ तङनामहरु प्रमुख जातीय चाडहरु हुन । परापूर्वकालदेखि खेतीपाती गरेर आफ्नो जीवन गुजरा गर्ने किरात लिम्बूहरु, आफूले लगाएको अन्नबाली भित्राउनअघि जीवन–जगतको सृष्टि र तिनको संरक्षरण गर्ने तागेरानिङ्वाफुङ र पुर्खाहरुको पूजाआजा गरी पाकेको नयाँ अन्न चढाई उनीहरुबाट अनुमति लिएर मात्र नयाँ अन्न खाने चासोक तङनाम ‘न्वागी पूजा’ प्रमुख चाड हो  । माघे संक्रान्तिलाई नयाँ वर्ष ‘कक्फेवा तङनाम’, बालीनाली लाउन अघि बैशाख पूर्णेमामा ‘यक्वा तङनाम’, साउने संक्रान्तिमा ‘सिसेक्पा तङनाम’ र बलिहाङ राजाको सम्झनामा मनाइले चाड तिहारमा ‘बलिहाङ तङनाम’ लिम्बूको अन्य राष्ट्रिय चाडहरु हुन ।

सिसेक्पा तङनाममा गाऊघर तिर भरखरै फलेर पाक्न लागेका अन्न, फलफूल, मकै, खुर्सानी, काक्रोे, फर्सी, बरपीपलको पातहरु बाबियो÷खरको डोरीमा लहरै सिउरेर मूल ढोकामाथि झुन्डाइन्छ । बेलुका मासु, तोङवा आदि मिठोमिठो खानेकुरा खाईसकेपछि दियालो बालेर घरका कुनाकाप्चामा नाङ्लो ठटाउँदै बाहिर निस्केर अगुल्ठो र नाङ्लो घर बाहिर फ्याकिन्छ । ‘साक्च्योङ’ अर्थात अनिकालका राजा घरमा पसेपछि पूरै गाउँ अनिकालले सताएर हैरान पारेपछि त्यसको विरुद्ध हाम्रा पुर्खाहरुले अनिकाल खेद्न अप्नाएको यो जुक्ति नै अन्ततः ‘सिसेक्पा तङ्नाम’ अर्थात साउने संग्रान्ती चाडको रुपमा विकसित भएको याक्थुङ मिथकहरुमा उल्लेख भएको पाईछ । कसैले असारे हिलोमैलोमा छालामा लाग्ने लुतो रोग फ्याक्ने चाडका रुपमा पनि लिन्छन् ।

सिसेक्पा तङनाममा २०१६ मा सम्मानित ब्यक्तिहरु:

  1. Dr Neetya Labung
  2. Dr Rishma Sambahamphe
  3. Dr. Lata Wanem
  4. Mrs Prem Maden Limbu: MSc in Finance
  5. Budharaj Limbu- MSc Creative Technology
  6. Shrijana Edhingo Limbu: MSc Human Resource Management
  7. Mr Summik Limbu: Msc, Master of Science in Biochemistry
  8. Yubraj Limbu: Degree in Mathematice
  9. Miss Shastika Angdembe: Bio Medical Science
  10. Mr Bhanu Phewadin- Creative and Interactive Design (BA Hons)
  11. Miss Manju Thamshuhang: Accounting & Finance ( Bsc Hons)
  12. Miss Rekha Thamsuhang:- Finance & Business ( BA Hons)
  13. Mira Tumbahangphe Thebe Bsc. Nursing
  14. Mr Ujawal Limbu: BSc Software Engineering
  15. Miss Eliza Kambang: Bsc Honsin Business and Management
  16. Uttar Man Tigela: Post Graduate Diploma in Legal Practice
  17. Bikesh Edhingo Limbu: BEng Mechanical Engineering
  18. Miss Jinita Pandhak: Law
  19. Roshan Iwaram Limbu: BA(Hons) Product Design
  20. Mr Milan Iwaram Limbu: BA(Hons) Business & Management
  21. Mr Milan Limbu: Aerospace Engineering
  22. Miss Jina Lawati: BSc (Hons) Biomedical Science
  23. Miss Soniya Limbu: BSc (Hons) Psychology
  24. Mr Anjan Thebe: BA (Hons) Business Administration
  25. Miss Manica Mabohang: Business Management & Marketing
  26. Mr Pravin Mabohang: Business & Finance service

सम्मानित अन्य व्यक्तित्वहरुः

  1. Actress- Romiyan Limbu
  2. Miss Rinji Laoti Miss Carnival
  3. Mr Gajendra Nembang:- Yoga Master ( Smman Patra)
  4. Mr Bishwasdip Tigela:- London Marathon 2016
  5. Til Bikram Sambahangphe:- Paris Marathon
  6. Jhuma Wanem Limbu:- Limbu Nepali Singer
  7. Mr Purna Limbu: Social work in Nepal
  8. Artist of the year Mrs Gouri Maya Sauden
  9. Yalamberhang Award  Mr Khem Lungfuwa
  10. Chumlung Award Mr Ghan Limbu
  11. Best Attire Youth male Mr Thumbir Man Jabegu
  12. Best Attire Youth female Miss Dasmita Limbu
  13. Best Attire Adult male Mr Dhan Yongya
  14. Best Attire Adult female Mrs Aindra Chemjong Tumbapo
  15. Ke Lang overall winner KYC UK Greater London Senior Branch
  16. Ya-lang overall winner KYC UK  Greater London Branc

KYC UK Life Members:

  1. Mr Surya Khapung
  2. Mr Mind Raj P. Saba Limbu
  3. Mr Jaya Mademba Limbu
  4. Mr Krishna Bhakta Phembo Limbu
  5. Mr Megh Bahadur Tabebung Limbu
  6. Mrs Chitra Nembang Limbu
  7. Mrs Kopila Bakhim Limbu

Copyright © 2017 Kirat Yakthung Chumlung UK. All Rights Reserved.