Kirat Yakthung Chumlung (UK)

slFft- ofSy'I r'Dn'I o's]

Message from the President

किरात याक्थुङ चुम्लुङ यु.के.का सम्पूर्ण तुत्तुगेन तुम्याङ्हाङ, याक्लागेन सुहाङ्सा:मा, साम्निबा यक्फा, सा-चेली, फु-नुसा, आदाङग्बा आदाङमा हा: र यस संस्थामा आवद्द सबै (केरेक) याक्थुङ्बाहरुमा किरात याक्थुङ चुम्लुङ युकेको आठौ राष्ट्रिय महाधिवेशन बाट नव-निर्वाचित अध्यक्ष म काजीमान यक्सो को ब्यक्तिगत तथा केन्द्रिय कार्य समितिको तर्फ बाट “लुङग्मेन्दिन लाम” सेवारो !

किरात याक्थुङ चुम्लुङ युके को भर्खरै मात्र सम्पन्न भएको आठौ राष्ट्रिय महाधिवेशनले मेरो नेत्रित्वमा नयाँ केन्द्रिय कार्य समितिको चयन गरेको छ। नयाँ कार्य समितिको चयनको निमित्त सहयोग गर्ने अध्यक्ष मन्डल,निर्वाचन समिती, आजीवन तथा संरक्षक सदस्यहरु तथा सल्लाहकार महानुभावहरु,अघिल्लो कार्य समितिका पदाधिकारी तथा सदस्यहरु र महाधिवेसन मा प्रतक्ष र परोक्ष रुपले सहयोग पुर्याउने सम्पूर्ण महानुभाव हरुलाई मेरो हृदय देखि नै धन्यवाद दिन चाहन्छु (लुङग्मेन्दिन लाम नोगेन पिईनिङरो)।  

किरात याक्थुङ चुम्लुङ,यु.के.भनेको सम्पूर्ण यु.के. वासी याक्थुङ्बा हरुको सामाजिक,साँस्कृतिक र ऐतिहासिक पहिचान लाई संरक्षण  र प्रबर्दन गर्नको निमित्त स्थापित विशुद्ध सामाजिक संस्था हो। यसले स्थापना काल देखिनै वेलायत वासी लिम्बुहरुको हितको निम्ती विभिन्न सामाजिक तथा साँस्कृतिक कार्यहरु  सम्पन्न गर्दै आईरहेको छ।

किरात याक्थुङ चुम्लुङ युके को भावी दिनहरुलाई सही मार्गमा डोर्याउने जिम्मेवारी का साथ साथै मेरो नेत्रित्वमा रहेको कार्य समितिले युके वासी सम्पूर्ण याक्थुङ्बा हरुको हितको निमित्त धेरै चुनौती हरुको सामना गर्नु पर्ने समय आएको छ। यो कार्य समिती को सम्पूर्ण पदाधिकारी तथा सदस्यहरु साथै वेलायत भरिका सम्पूर्ण शाखाहरु बाट हुने एकता बद्द पहल बाट निस्चय नै हाम्रो उदेश्य प्राप्तिको निमित्त अगाडि बढन सक्दछौ भन्ने द्रिढ विश्वास तपाईं हरुलाई दिलाउन चाहन्छु। वर्तमान कार्य समितिले ल्याउने आगामी योजना तथा अहिले सम्म कार्यान्वयन हुन नसकेका योजनाहरु लाई आवश्यकता, उपयुक्तता र जनहितको आधारमा वैधानिक र वैज्ञानीक ढंगबाट संस्थागत गर्न यो कार्य समिती कटिबद्द रहने छ।

अझै पनि किरात याक्थुङ चुम्लुङ युके ले संस्था भित्र जन्मेका आन्तरिक वैचारिक द्वन्द,वैधानिकता र कार्यनिती हरुमा देखिएका विचलन र ध्रुविकरण जस्ता समस्या हरु बाट पूर्ण रुपमा निकास पाउन सकेको छैन। वेलायतका विभिन्न  शाखा हरु भित्र देखिएका आन्तरिक मतभेद ,द्वन्द र असहमती हरुको उचित सम्बोधन र समाधानका उपाय खोजी सवै शाखा हरुलाई विधानको परिधि भित्र गोलबन्द गराइ चुम्लुङ लाई समृद्द बनाउने कार्य नै यो कार्य समितिको पहिलो प्राथमिकता रहने छ। 

दोस्रो चुनौती भनेको वेलायतमा चुम्लुङ हिम खरिद गर्ने कार्य हो। यो अवधारणा धेरै समय अगाडि देखी शुरु भएता पनि यसले अझै सम्म पूर्णता पाउन सकेको छैन। मेरो नेत्रित्वमा रहेको वर्तमान कार्य समितिले चुम्लुङ हिम खरिदको कार्य लाई पूर्णता दिने प्रतिबद्दता जाहेर गर्न चाहन्छु।

तेस्रो कुरो भनेको अवको नयाँ याक्थुङ्बा पिंढिहरुमा साँस्कृतिक रुपान्तरणको प्रकृया हो। युरोपेली संस्कृति को गर्भमा अहिले हाम्रो मौलिक याक्थुङ संस्कृति ले आफ्नो अस्तित्वनै गुमाउन सक्ने अवस्था आएको छ। यस अवस्थामा विभिन्न वर्ग र पुस्ताका याक्थुङ्बा हरुमा भाषा,लिपी ,ईतिहास ,साहित्य आदिको संरक्षण ,उत्थान र बिकास गर्न यो कार्य समिती प्रतिबद्ध रहने जानकारी गराउन चाहन्छु।

चौथो कुरो भनेको आपतकालिन सहयोग को ब्यबस्था हो । वेलायत वासी याक्थुङ्बाहरु लाई मृत्यु संस्कार तथा अन्य आपत कालिन समय आई परेमा वर्तमान कार्यसमिती बाट सक्दो सहयोग प्राप्त हुने प्रतिबद्दता दिन चाहन्छु।

वर्तमान कार्य समितिले मात्र चुम्लुङ को सम्पूर्ण कार्य योजना हरुलाई संस्थागत गर्न सक्दैन। किरात याक्थुङ चुम्लुङ युके लाई सर्बोतम जनहितको पक्षमा अगाडि बढाउन वेलायत वासी हरेक याक्थुङ्बा हरुको सहयोग र सल्लाह को आवश्यकता पर्दछ। राजनैतीक र वैचारिक धरातलमा विविधता रहेपनी किरात याक्थुङ चुम्लुङ युके जस्तो विशुद्द सामाजिक संस्था को उदेश्य पुरा गर्नको लागि हामी सबै एकजुट भई किरात याक्थुङ चुम्लुङ युके को सामुहिक मुल्य र मान्यतालाई निरन्तरता दिने विनम्र आह्वान का साथ मेरो दुई शब्द टुङ्ग्याउन चाहन्छु।

 

“आसेवारो”
जै किरात याक्थुङ चुम्लुङ युके !

काजीमान यक्सो
अध्यक्ष,के.वाई.सि.युके

Copyright © 2017 Kirat Yakthung Chumlung UK. All Rights Reserved.