Kirat Yakthung Chumlung (UK)

slFft- ofSy'I r'Dn'I o's]

Yalambar Hang Cup

 

 

 

नवौं यलम्वरहाङ कप न्युनटन समाजलाई

केवाईसि यूके सम्वादाता

लण्डन । नवौं यलम्वरहाङ कपको मुख्य प्रतियोगी समूहमा जिएनसिएच यूथलाई हराएर न्युनटन समाजले हात पारेको छ । २० मिनेटको पूरा समयमा दुवैतर्फ गोल हुन नसकेपछि थफ १० मिनट खेलाईएको थियो । अतिरिक्त समयमापनि गोल हुन सकेन र पेनल्टी सटमा न्यूनन्टनले जिएनएच यूथलाई ३–२ पछि पारेको थियो । प्रतियोगिताको मेन अफ द म्याचमा जिएनसिएच यूथका सुरज लिम्बू र सर्वाधिक गोलको उपाधि जिआरयूका रितेश गुरुङले पाए । त्यस्तै भेट्रनतर्फ एफसि केण्टलाई केवाईसि यूके रसमूर ब्रान्च र सुपर भेट्रनतर्फ इन्टेक ८९ ले जिएनएचलाई पछि पार्दै यो वर्षको यलम्वरहाङ कप आफ्नो हातमा पारेका छन् । भेट्रनका मेन अफ द म्याच रसमूरका लक्ष्मी लिम्बू तथा सर्वाधिक गोल एफसि केण्टका रविन परिवार र सुपर भेट्रनतर्फ जिएनसिचका युद्धवीर लिम्बू तथा सर्वाधिक गोलको उपाधी इन्टेक ८९ का रमेश लिम्बूले प्राप्त गरे ।

महिलातर्फ केवाईसी थोरक गल्र्स टिमले साविक विजेता महिला मनोक्रन्ति टिमलाई २–१ ले पछि पार्दै महिला यलम्वरहाङ कप आप्mनो पोल्टामा पारेको छ । मनोक्रन्तिकी रिता शाहीले सुन्दर गोल गर्दै टिमलाई अग्रता दिए लगत्तै थोरक गल्र्सकी नविना लिम्बूले बरावरी बनाईन । खेलको दोश्रो चरणमा मनोक्रान्तिको कमजोर डिफेन्सको फाईदा उठाउदै सोही टिमकी प्रिसेन रियजको गोल निर्णायक गोल भयो । प्रिसेन गैर नेपाली खेलाडी हुन ।

यो वर्षको यलम्वरहाङ कपलाई सफल बनाउन केवाईसिका विभिन्न सदस्यहरुले ट्रफी तथा पुरस्कारहरु प्रायोजन गरेका थिए । प्राययोजन गर्ने सदस्यहरुमा संस्थाका अध्यक्ष काजिमान यक्सो, वरिष्ठ उपाध्यक्ष नर थाम्सुहाङ, उपाध्यक्ष लिला सेलिङ, सहसचिव महेस अनेम, पूर्व अध्यक्षहरुमा बमबहादुर लिवाङ, सिरीप्रसाद साम्यू, डम्बर सिंहक, सुभाष चबेकू, पूर्व महासचिव क्षत्र वनेम, रसमोर शाखाका अध्यक्ष जुरेन्द्र खजुम, पूर्व सल्लाहकार नरकुमारी वनेम, पिपिसिका संयोजक चित्रराज हुब्पा चङवाङ, ग्रेटर लण्डन सिनियर लण्डन शाखाका अध्यक्ष चिरेन्द्र लिवाङ आदि थिए ।

यो वर्षको यलम्वरहाङ कपमा १५, भेट्रनतर्फ ४, सुपर भेट्रनतर्फ ५ तथा महिलाहरुको २ टिम सहभागी थिए । पुरुषतर्फको खेल प्रथम नेपाली तारा दिपक लिम्बू तथा महिलातर्फको प्रमुख अथिति तथा पहन्सलोका मेयर निशार मल्लिकले खेल उद्घाटन गरेका थिए ।

हालसम्मका यलम्वरहाङ कप विजेता टिमहरुः
२००८ः यलम्वरहाङ कपः– एफसि तोङ्वा क्यूजिई
यलम्वरहाङ कप भेट्रनः– धरान समाज यूके
२००९ः यलम्वरहाङ कपः– एफसि तोङ्वा क्यूजिई
यलम्वरहाङ कप भेट्रनः– धरान समाज यूके
२०१०ः यलम्वरहाङ कपः– एफसि तोङ्वा क्यूजिई
यलम्वरहाङ कप भेट्रनः– ग्रेज नेप्लिज समाज
२०११ः यलम्वरहाङ कपः– नेपाली टिभी
यलम्वरहाङ कप भेट्रनः– एसटिकेडी
२०१२ः यलम्वरहाङ कपः– जेडी वोईज
यलम्वरहाङ कप भेट्रनः– एसटिकेडी
२०१३ः यलम्वरहाङ कपः– प्लम्पस्टि
यलम्वरहाङ कप भेट्रनः– एसटिकेडी
२०१४ः यलम्वरहाङ कपः– मंगोलियन वोईज
यलम्वरहाङ कप भेट्रनः– धरान समाज यूके
यलम्वरहाङ कप सूपर भेट्रनः– रेम्वो एफसि
यलम्वरहाङ कप महिलाः– मनोक्रान्ति
२०१५ः यलम्वरहाङ कपः– मंगोलियन वोईज
यलम्वरहाङ कप भेट्रनः– एफसि केण्ट
यलम्वरहाङ कप सूपर भेट्रनः– पाँचथर समज
यलम्वरहाङ कप महिलाः– मनोक्रान्ति
२०१६ः यलम्वरहाङ कपः–न्युनटन समाज
यलम्वरहाङ कप भेट्रनः– केवाईसि यूके रसमूर
यलम्वरहाङ कप सूपर भेट्रनः– इन्टेक ८९
यलम्वरहाङ कप महिलाः– थोरक गल्र्स टिम

बेलायतमा नेपाली समाजले संचालन गर्दै आएका डेढ दर्जनजति फूटबल टुर्नामेण्टहरुमध्ये यलम्वरहाङ कप एक लोकप्रिय हो । किरातहरुका ऐतिहासिक पुरुष यलम्वरहाङको स्मृतिमा किरात याक्थुङ चुङम्लुङ यूूकेले हरेक साल संचालन गर्दै आएको । २००८ मा स्थपना भएको कपका परिकल्पनाकार केवाईसि युकेका पूर्व अध्यक्ष क्या. बमबहादुर लिवाङ हुन र यसलाई संस्थागत गर्न निवर्तमान केवाईसि अध्यक्ष सुभाषचन्द्र जवेगु, उपाध्यक्ष नर थाम्सुहाङ, अरुणकुमार केरुङलगायतले महत्वपूर्ण भूमिका खेलेका थिए । यलम्वरहाङ कप केवाईसिद्धारा आयोजना हुने दोस्रो ठूलो भेला हो र यसले बेलायतवासी नेपालीहरु भेलाभई आपसमा सुखदुखका गफसफ गर्ने एक महत्वपूर्ण महत्सोवको रुपमा विकास भइसकेको छ ।

किरात याक्थुङ चुङम्लुङ यूकेले वार्षिकरुपमा संचालन गर्दै आएको यलम्वरहाङ कप १६ अप्रिलका दिन फेल्थहाम कम्यूनिटी कलेज खेल मैदानमा सम्पन्न भएको थियो । केवाइसि खेलकूद विभाग प्रमुख दीपेन्द्र यक्सोले खेलको संयोजन गरेका थिए ।

 

9TH Yalambarhang Cup Picture Gallery

ठुलो तस्विर हेर्न थम्बनेलमा क्लिक गर्नुहोस

 

1. 9TH Yalambarhang Cup 16 April 2016. Feltham Community College. TW13 7EF

More detail - coming soon.................

छैटौ यलम्बरहाङ कप प्रतियोगिताको उपाधी प्लम स्टिड युथको हातमा ।
बेलायत: किरात याक्थुङ चुम्लुङ युके को संयोजक्त्वमा आयोजना भएको छैटौ यलम्बरहाङ कप २०१३ सालको उपाधी प्लम स्टिड युथले हात पारेको छ । फेल्टहाम कम्युनिटी कालेजको मैदानमा आयोजना गरिएको प्रतियोगितामा भाग लिने ३२ टिमलाई उछिन्दै यो उपाधी चुमेको हो । प्लम स्टिड युथ र एफ सी तोङ्बा बिच भएको फाइनल खेलमा टुर्नामेन्टको सबैभन्दा उत्कृष्ट खेल प्रदर्शन गरी प्लम स्टिड युथले ३-१ को अन्तरमा सम्मानित जित हासिल गरेको थियो । बिजयी टिमलाई नगद पुरस्कार £८००।० का साथमा टुर्नामेन्टको ट्रफी र खेलाडिहरुलाई ट्रफी संस्थाका अध्यक्ष श्री सुबाशचन्द्र जबेगुले हस्ताहन्तरण गरेका थिए भने दोस्रो टिम एफ सी तोङ्बालाई नगद £४००।०० का साथमा खेलाडिहरुलाई ट्रफी र प्रमाण पत्र गोर्खा नेपलिज कम्युनिटी का अध्यक्ष श्री प्रकाश गुरुङले बितरण गर्नु भएको थियो भने उक्त खेलको बिजेता र उपबिजेता टिमहरुलाई डा, बिना थेबे तथा श्रीमती नर कुमारी लिम्बु द्वारा प्रमाण पत्र प्रदान गरिएको थियो । यस यलम्बरहाङ कप को मुख्य ट्रफी को लागि भएको खेलमा प्लम स्टिड युथका खेलाडी बिबेक गुरुङले सर्वोक्रिष्ट खेल प्रदर्शन गरी म्यान अफ द म्याच घोषित भए भने फेयर प्लेयर को उपाधी “एफ सी तोङ्बाका” खेलाडी अर्पण गुरुङ ले हात पारे । म्यान अफ द   म्याचको ट्रफी श्रीमती गंगा लिम्बुले र फेयर प्लेयरको ट्रफी गणेश इजम द्वारा  प्रदान गरियो  ।

भेटरेन तर्फ भएको फाइनल खेलमा “सगरमाथा ताइक्वान्डो टोजान” ले मर्स्याङ्दी युनाईटेड लाई ४-० को अन्तरमा पराजित गरी उपाधी चुम्न सफल भए । भेटरेन तर्फको बिजयी टिमलाई भेटरन ट्रफी, नगद पुरस्कार £५००।०० र प्रमाण पत्र यलम्बरहाङ कपका संयोजक श्री नर प्रशाद थाम्सुहाङ (A) ले प्रदान गर्नुभएको थियो भने उपबिजेता टिम मर्स्याङ्दी युनाईटेड लाई गोर्खा नेपलिज कम्युनिटी होउन्स्लो का अध्यक्ष श्री बिष्णु गुरुङ्ले £३००।०० नगद पुरस्कारको साथमा ट्रफी र प्रमाण पत्र प्रदान गर्नु भएको थियो । भेटरेन कप फाईनल खेलमा म्यान अफ द म्याच “सगरमाथा ताइक्वन्डो टोजान” का खेलाडी नबिन गुरुङ र सोही खेलमा फेयर प्लेयरको उपाधी “मर्स्याङ्दी युनाईटेडका” खेलाडी ओमरजङ गुरुङले हात परेका थिए भने म्यान अफ द म्याच ट्रफी श्री डम्मर सिङ्घक र फेयर प्लेयर ट्रफी संस्थाका उपाध्यक्ष श्री तिल बिक्रम सम्बाहङ्फे ले प्रदान गर्नु भएको थियो। यलम्बरहाङ कप २००८ सालमा स्थापित भएर छैटौ बर्षको खेल सम्म लगातार यस प्रतियोगितामा भाग लिएर यस कपको मान प्रटिष्ठा र गरिमा लाई बढाउन सहयोग गर्नुहुने श्री दिल्लिप गुरुङ लाई यस प्रतियोगिताको प्रमुख अतिथी पुर्व मानानीय मंत्री बिजय प्रकाश थेबे द्वारा प्रमाण पत्र प्रदान गरिएको थियो ।

संस्थाका महासचिव छत्र वनेम तथा सचिव खगेन्द्र लावति द्वारा संचालित पुरस्कार बितरण कार्यक्रममा मंतब्य दिने क्रममा संस्थाका अध्यक्ष सुबाशचन्द्र जबेगु ले किरातिहरुको प्रथम राजा यलम्बरहाङ को स्मरणमा यो प्रतियोगिता संचालन गरिएको र प्रतियोगिताको उदेश्य अपेक्षा गरे भन्दा बढीनै सफलता हात लागेको बताए । आज भन्दा छ बर्ष अगाडिको प्रतियोगितामा खेलाडिहरुको प्रदर्शन र अहिलेको अवस्था आकाश पातलको अन्तर भएकोले हाम्रा युएा फुटबल प्रेमिहरुलाई ब्याबसायिक फुटबलर बन्नको लागि यो यलम्बरहाङ कपले सघाउ पुर्याउदै आएको बताए । यस प्रतियोगिताका संयोजक नर प्रशाद थाम्सुहाङले यस खेललाई मार्यदित र ब्याबस्थित ढंगले संचालन गर्न सधाउ पुर्याउने सम्पूर्ण टिमहरु, खेलाडीहरु तथा आयोजक टिमका सम्पूर्ण महानुभावहरुलाई धन्यवाद दिएका थिए ।

छैटौ यलम्बरहाङ कपको खेल सुरु गर्न अगाडि यस् प्रतियोगिताका संयोजक द्वारा खेलको नियम यस खेलमा भाग लिने सम्पूर्ण टिम म्यानेजरहरुलाई अवगत गराउनुका साथै संस्थाका सम्पूर्ण पदाधिकारीहरु, आयोजक, अफिसियल तथा खेलप्रेमिहरुको भब्य उपस्थितिमा प्रमुख अतिथी पुर्व माननिय मंत्री बिजय प्रकाश थेबे तथा संस्थाका अध्यक्ष सुबाशचन्द्र जबेगुले संयुक्त रुपले यलम्बरहाङ को प्रतिकमा माल्यपर्न गरी खेलको उद्घटन गरेका थिए ।

नर प्रशाद थाम्सुहाङ (B)
मिडिया KYC UK

6th Yalambarhang Cup coordination meeting (Feltham Community College)TW13 7EF. On 23rd March 2013.

6th Yalambarhang Cup coordinating meeting (Feltham Community College TW13 7EF) On 23rd March 2013

6th Yalambarhang cup coordinating meeting ( Feltham cummunity college TW13 7EF) on 23rd March 2013.

Click here for the full size

Download Entry Form for Yalambar Hang Cup 2013

YALAMBARHANG CUP 30 MARCH 2013
Sport Director KYC UK

Mr Nar Thamsuhang07832563365

OFFICIALS

YOUTH TEAM

Copyright © 2017 Kirat Yakthung Chumlung UK. All Rights Reserved.