KYCUK Constitution-Sixth Amendment 2022KYCUK नियमावली 2023वेबमास्टर लाई पत्र 2024उम्मेदवारी आवेदन फारम 2024KYC UK Election Notice 2024
Date: 17 August 2024, Woking, England, UK. किरात याक्थुङ चुम्लङ यूकेको ११औं महाधिवेशनको ब्यापक्ताका साथ तीव्रता रप्तारमा तयारी बढेको छ। चुम्लुङ यूकेको महाधिवेशन मिति १३ र १४ सेप्टेम्बर २०२४ का दिन सम्पन्न हुँदैछ ।
आदिवासी याक्थुङ\लिम्बुहरु सामाजिक तथा प्रतिनिधिमूलक बिशुद्द संस्था कियाचु यूकेको सक्रिय जातीय संस्थाहरूमध्ये एक गौरबशाली संस्थामा पर्दछ। ११औं महाधिवेशनको पहिलो दिन KINGS ROAD, SHALFORD, GUILDFORD, POST CODE: GU4 8BQ र दोस्रो दिन HIGH STREET, HOUNSLOW, LONDON, POST CODE: TW5 9PD हलहरुमा हुँदैछ । महाधिवेनमा १६ शाखाहरू, २ क्षेत्रीय प्रतिनिधिहरु, थामेन्दीङमा समिति र याक्थुङ वेन्शा चुम्बो समितिहरुको सहभागिता रहने कियाचु यूकेका केन्द्रीय अध्यक्ष श्री नरबिर आङबोले जानकारी गराए । आङबोले विदेशमा रहेका चुम्लुङ शाखाहरूका प्रमुखहरुलाई पनि भर्चुअल माध्यमबाट जोड्ने लक्ष्य रहेको पनि जनाए । अध्यक्ष आङबोले भने ११औं महाधिवेशनले संस्थाको उपलब्धीहरूको समीक्षा गर्नेछ। नयाँ नीति तथा कार्यक्रम र योजनाका साथ सकारात्मक ढंगले बिस्तार गर्ने बताएका छन ।
त्यसै गरि केन्द्रीय महासचिव श्री जुरेन्द्र खजुमले करिब तिन हजार पञ्जीकृत सदस्यहरू रहेकोमा १५ सय बढी सक्रिय सदस्यहरू यस महाधिवेशनमा प्रतिनिधिका लागि योग्य रहेको जनाए । १६ शाखाहरूो विवरण अद्यावधिक हुँदैछ । अब अन्तिम नामावली र विवरण केही दिनमा गठित निर्वाचन समिति सार्वजनिक हुने जानकारी दिने जनाएका छन । बेलायतमा करिब बिस हजारको हाराहारीमा याक्थुङ लिम्बु समुदायको बसोबास रहेको विश्वास गरिन्छ । यद्यपि, नेपाली संस्थाहरूसँग जातीय जनसंख्याको अवस्थिति बिसयमा यकिन तथ्याङ्क र विवरण उपलब्ध छैन । सन् २००३ सालको अगष्ट २ तारिखका दिन संयुक्त अधिराज्य बेलायतको सल्सवरी ईलाकामा बेलायतको विभिन्न ठाउँमा बसोवास गरिरहेका लिम्बुहरुको सम्पन्न भेलाले स्थापना गरेको किरात याक्थुङ चुम्लुङ यूके हो । किरात याक्थुङ चुम्लुङ युके स्थापना भएको मिती ०२ अगष्ट २०२४ मा २१ बर्ष पुरा भएको छ । यो दुई दशकको अन्तरालमा चुम्लुङ युकेले धेरै फड्को मारी सकेको अवस्था हो ।
चु्म्लुङले गत सन् २०१९ मा मेडस्टोनको याल्डिङ, केन्टमा २५.३३ एकड क्षेत्रफलको चुम्लुङ देन (जग्गाको) आफ्नै स्वामित्वमा रहने गरी खरिद गरेको छ । चुम्लुङ यूकेले प्रत्येक वर्ष सिसेक्पा तङ्नाममा महा-चुम्लुङ तथा बृहत याक्थुङ भेला आयोजन गर्दै आएको छ । यस बर्ष मिति १३ जुलाई २०२४ दिन बिश्वको कुना कुनामा किरात याक्थुङ चुम्लुङ युके पनि आफ्नो कला, संस्कार, संस्कृती, संगीत, भेषभुषा र संस्थाको लागि एक आकर्षकको निमित्त र अन्तराष्ट्रिय छबि बोकेका व्यक्ति नेपाली सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बोकेका तथा एक छत्रछायी र अन्तराष्ट्रिय छबि बोकी रहेका श्री राजेश पायल राई “ Rai Is King” को बेतोड प्रस्तुती मार्फत आफ्नो सँस्थाको पहिचानलाई प्रयोग गरि विश्व सामु जाने हैसियत राख्दो रहेछ भन्ने सन्देश यो पटकको सिसेक्पा तङनामले ऐतिहासिक दिन सम्पन्न गरेको थियो ।
नोट:
किरात याक्थुङ चुम्लङ यूकेको: विधान २००३ लाई छैठौं पटक संसोधन गरि लागु गरिएको बिधान र नियमावली २०१३ दोश्रो सशोधन लाई चौथो पटक सशोधन गरी लागु गरीएको दुवै Chumlung Website ko MEMBER Menu Link बाट Download or Study गर्न सकिन्ने जानकारी गरिन्छ ।