१६औ राष्ट्रिय बिभुती महागुरु फाल्गुनन्दको १४० औ जन्मत्स्वब बेलायतमा भब्यताका साथ मनाइयो ।

१६औ राष्ट्रिय बिभुती महागुरु फाल्गुनन्दको १४० औ जन्मत्स्वब बेलायतमा भब्यताका साथ मनाइयो ।

१६ औ राष्ट्रिय बिभुती महागुरु फाल्गुनन्दको १४० औ जन्मत्स्वब बेलायतमा भब्यताका साथ मनाइयो ।
गत 9th November 2024 सालका दिन बेलायतको Feltham Community College Centre मा किरात सत्यहाङ्मा महागुरु फाल्गुनन्द समाज युकेको संयोजक्त्वमा १६ औ राष्ट्रिय बिभुती महागुरु फाल्गुनन्दको १४० औ जन्मजयन्ति भब्यताका साथ मनायो । यस कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष श्री रतन चेम्जोङ ज्युले गर्नु भएको थियो भने प्रमुख अतिथिमा किरात याक्थुङ चुम्लुङ युकेका केन्द्रिय अध्यक्ष श्रीमती कमला सेन्दाङ लिम्बु ज्युको उपस्थिती रहेको थियो । अन्य बिसिष्ट अतिथिमा समाजका पुर्व अध्यक्ष श्री दिपक तुम्बापो, समाजसेवी श्री बद्री योङ्याको उपस्थिती रेहेको थियो ।
उक्त दिन गुरुको जन्मत्स्वब मनाउनुका साथै सेवासाबा श्री रुद्र तुम्बापोको नेत्रित्वमा गालीसराप बगाउने, उधौली पूजाको कार्यक्रम आयोजना गरिएको थियो । यस पूजामा अन्य सेवासाबाहरुको सहभागिता हुनुका साथै श्रदालु भक्तजनहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
यस समारोहमा प्रमुख अतिथि कियाचु युकेका केन्द्रिय अध्यक्ष श्रीमती कमला सेन्दाङ लिम्बु ज्युले १६ औ राष्ट्रिय बिभुती महागुरु फाल्गुनन्द किरात धर्मको सुधारक, समाज सुधारकमा प्रसिद्द रहनुका साथै महागुरुले सामाजिक, धार्मिक र साँस्कृतिक क्षेत्रमा अनेक सुधारहरु गरेको उल्लेख गर्नु भएको थियो । महागुरुले मुर्ती पूजा, पशुबली, र अन्य हानिकारक प्रथाहरुको बिरोध गरेर सरल र नैतीक जीवनशैली अपनाउने प्रेरित गर्नु भएको प्रकाश पार्नु भएको थियो ।
स्रोत संकलन: किरात सत्यहाङ्मा महागुरु फाल्गुनन्द समाज युके ।
नर थाम्सुहाङ | कियाचु यूके मेडिया