ईङघङ – यूके चुम्लुमले याक्थुङ मुन्धुमअनुसार चासोक तङनाम मनायो

१९ डिसेम्वर २०१५, यूके । किरात याक्थुङ चरम्लुङ यूकेले यो वर्षको चासोक तङ्नाम सेन्ढ्रस्टको न्यु बल्समोर कमिटी सेन्टरमा याक्थुङ मुन्धुमअनुसार पुजाआजा गरेर मनायो । केन्द्रीय अध्यक्ष काजिमान यक्सोको उपस्थितिमा सम्पन्न उक्त दिनको कार्यक्रमा प्रमुख अथिती तुम्याहाङ कुबेरसिं नेम्वाङ र अन्य अथितीहरुमा केवाईसीका सल्लाहकारद्धय डम्बर सिंहक र सुभाषचन्द्र चवेगु, पूर्व उपाध्य जय मादेन, पूर्व महासचिव तथा एनआरएन यूकेका महासचिव विजयविक्रम लिङदेन, गोर्खा च्यानलकी बिमला सेने, क्याप्टेन अमरजंग लिम्बू, क्याप्टेन जितबहादुर चङवनङगायतका थिए ।

प्रमुख फेदाङमा बीरध्वज आङवुहाङले युमा साम्माङ उठाएर विधिवत चासोक पूजा आरम्म गरेका थिए । माङथानमा भरखरै पाकेका विभिन्न अन्नहरु राखि युमा, थेवा, ताम्भुङ्ना तक्सङ्वा, थुङ्दाङ्मा, फाक्मुरा आदि इष्टमाङहरुलाई चढाउने कार्यहरु भयो । फेदाङ्माले माङथानमा राखिएको यावो परिवारका सदस्यहरुलाई फर्काएर हाङ्वा–माङ्वा (आशिर्वाद) दिएपछि चासोक तङनाम पूजा समापन भएको थियो । कार्यक्रममा तुम्याहाङ कुबेरसिं नेम्वाङ र अध्यक्ष काजिमान यक्सोले लिम्बूूहरुको चासोक तङनामको महत्वको विषयमा चर्चा गरेका थिए ।

कार्यक्रम सफल बनाउन केवाईसि यूके रसमोर शाखाका अध्यक्ष जुरेन खजुमलगायत शाखाका कार्य समिति सदस्यहरुको सक्रिय भूमिका रहेको थियो । पाहुना सत्कारको जिम्मा संस्थाका महिला कमिटी सदस्यहरुले लिएका थिए । पूजामा लालबहादुर चङवाङ, स्वागतमा धन काम्वाङ, संस्कृतिमा महेश्वरी नेम्वाङ, डम्बर लिम्बू र आशराज वखिमले ब्यवस्थापन गरेका थिए । संस्थाका उपाध्यक्ष लिला सेलिङ मावोले याक्थुङ कविता वाचन गरेर रमाईलो दिलाईन । कार्यक्रम संचालन महासचिव खगेन्द्र लावती, सचिव महेश अनेमले चासोक तङनामको जानकारी र वरिष्ठ उपाध्यक्ष दिलसिंह मेन्याङवोले स्वागत मन्तव्य दिएका थिए । अन्तमा अध्यक्ष यक्सोले पाहुना र उपस्थित सदस्यहरुलाई धन्यवाद तथा युकेवासी सबै लिम्बू तथा परिवारजनहरुमा चासोक तङनाम २०७२ को शुभकामना दिएका थिए ।

१९ डिसेम्वरकै दिन केवाईसी यूके, शाखा वेसिङस्टकले चासोक तङनाम मनाउदै सोही दिन वार्षिक साधरण सभासमेत सम्पन्न गरेको थियो । शाखा अध्यक्ष विजय लिङथेपको अध्यक्षतामा वसेको उक्त सभामा कार्य समिति पुनरगठन भएको थियो । पुनरगठीत पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्षमा अमृता पालुङ्वा, उपाध्यक्षमा चन्द्र पेगा, सचिवमा चन्द्रकुवेर आङवुहाङ र कोषाध्यक्षमा मोहन मावो निर्विरोध निर्वाचित भएका थिए । यस्तै अन्य केवाईसी यूके शाखाहरुमा ननिङटन र वेल्सले ६ डिसेम्वर, गे्रटर लण्डन सिनियरले १२ डिसेम्वर र गे्रटर लण्डन जुनियर र आशफोर्डले २० डिसेम्वर चासेक तङनामा मनाए ।

मुन्धुम अनुसार लिम्बूूहरुका पुर्खा सावा येत्हाङहरु काँचै कन्दमूल खानाले अनेकौ रोगको सामना गर्नुपथ्र्याे । यो समस्याबाट मुक्त पाउन उनीहरुले सर्वशक्तिमान तागेरानिङ्वाफुङ माङको सरण लिए । अन्ततः तागेरानिङ्वाफुङको कृपाले पेना, ताक्मा, तुम्री, पारामा राङ्घामा, लिङ्घामाजस्ता बीउविजन पाएपछि तिनका चेली सिबेरा एःथुक्मा सिबेरा याबुङ्केम्माले काठको खन्ती र अङ्कुसेको सहयोगले भस्मे फांडेर ती बीउ छरी अन्न फलाईन । त्यसपछि नै सावा येत्हाङहरुले खेतीपाती गर्न सिके र त्यो उन्नत अन्नले गर्दा रोगव्याधीवाट छुट्कारा पाउनुका साथै उनीहरुको हरेक क्षेत्रमा उन्नती हुनथाल्यो । खेती गरेर अन्न उत्पादन गर्न सिकाउने चेली सिबेरा एःथुक्मा सिबेरा याबुङ्केम्माको उपकारी कामदेखि अति प्रभावित सावा येत्हाङहरुले उनको सम्मानार्थ पाकेको अन्न पहिला उनलाई चढाएपछि मात्र आफुहरुले खाने वाचा गरे । त्यसैवेलादेखि नै लिम्बूूहरु चासोक.(न्वागी) गर्ने परम्परा थालनी भएको मुन्धुममा वर्णन गरिन्छ । वास्तवमा यो चाडको सम्वन्ध लिम्बूूहरुले आवाद गरेको माटोदेखि सुरु हुन्छ ।

-कृष्ण हेम्ब्या 

Be the first to comment

Leave a Reply

Your email address will not be published.