Yalambarhang Badminton Cup

एतिहासिककि.या.चु.युके यलम्बर हांग बेडमिन्टोन च्यापियशिप कप

किरात याक्थुङ चुम्लुङ युकेको संयोजक्त्वमा एतिहासिक यलम्बरहाङ ब्याडमिन्टन खुला प्रतियोगिता गत तारिख २१ सेप्टेम्बर २०१३ सालका दिन स्थान बेलायतको रोयल एयर्फोर्स होल्टनमा भब्यताका साथ सम्पन्न गरि ऐतिहासिक कार्यको थालानी गरेको छ । यलम्बरहाङ ब्याडमिन्टन खुला प्रतियोगिताको लागि नियुकत गरिएको पदाधिकारीहरु लगाएत सदस्यहरुलाई औपचारिक रुपले संस्थाका अध्यक्ष सुबाशचन्द्र जबेगु खादा ओडाएर यलम्बरहाङ ब्याडमिन्टन खुला प्रतियोगिता संचालन गर्ने जिम्मेवारी सुम्पेका थिए । उक्त खेल बिभागमा क्रमश: संयोजक तेज मेन्याङ्बो, सह-संयोजक खेम लुंङफुंगवा, सह-संयोजक सकुन लिम्बु, संयोजक सचिव दिलसिङ मेन्याङ्बो, कोषाध्यक्ष धन काम्बाङ, सह-कोषाध्यक्ष चतुरमान मेन्याङ्बो, सदस्य बद्री नाल्बो र डम्बर इधिङगो रहेका छन । किरात याक्थुङ चुम्लुङ युकेले आफ्नो संस्थाका सदस्य लगाएत यस बेलायतमा अवस्थित संघ संस्थाहरु संगको सम्बन्धलाई समधुर पार्न र नेपाली समुदायको खेलकुद जगतमा भएको प्रतिभालाई प्रस्फुटन गराउने उदेश्यले यो प्रतियोगिता संचालन गरिएको संस्थाका अध्यक्ष सुबाशचन्द्र जबेगु ले बताए । किरात याक्थुङ चुम्लुङ युकेले बिगत छ बर्ष अगाडि बाट यलम्बरहाङ कप फुटबल प्रतियोगिताको आयोजना गर्दै आएको र उक्त प्रतियोगिताको लोकप्रियता दिन प्रतिदिन चुलिन्दै गएको भएता पनि उक्त खेलमा महिला खेलाडिहरुको थोरै सहभागिता रहने भएको हुनाले बेलायतमा बसोबास गर्ने नेपाली महिला दिदी बहिनिहरुलाई समेत खेलकुद जगतमा प्रोत्साहन गर्ने उदेश्यले यो यलम्बरहाङ ब्याडमिन्टन खुला प्रतियोगिता संचालन गरिएको र यो उध्घाटन बर्षमा ब्याडमिन्टन खेल प्रेमिहरुको अत्याधिक उपस्थितिले यस प्रतियोगिताले सकारात्मक सन्देश दिनुका साथै ब्याडमिन्टन खेलाडिहरुको भावनालाई समेट्न सकिएको बताएका थिए ।

यलम्बरहाङ ब्याडमिन्टन प्रतियोगितालाई सम्भव बनाउनको लागि यो खेलमा प्रादान गरिएको मुख्य ट्रफी र इन्डिभिजल ट्रफिहरु किरात याक्थुङ चुम्लुङ युकेको बिभिन्न ओहदामा रहेका बिशिष्ट ब्यक्तिहरुले सौजन्यता प्रदान गरेका थिए । सौजन्यता प्रदान गर्ने ब्यक्तिहरुमा क्रमश: पुरुष सिङ्गल ट्रफी संस्थाका सचिव खगेन्द्र लावती , पुरुष डबल ट्रफी समाजसेवी, ब्यबसायिकखेमराज मादेन, पुरुष ४५ बर्ष माथिको ट्रफी संस्थाका अध्यक्ष सुबाशचन्द्र जबेगु, महिला डबल ट्रफी महिला बिभाग उपाध्यक्ष युमा लिम्बु, मिक्स डबल ट्रफी समाजसेवी,सल्लाहकार डम्बर सिङ्घक,बेस्ट प्लेयर अफ टुर्नामेन्ट त्रफी खेल संयोजक तेज मेन्याङ्बो, अफिसियल ट्रफी केन्द्रिय कोषध्यक्ष दिलसिङ मेन्याङ्बोले सौजन्यता प्रदान गरेका थिए भने प्रतियोगिताको मुख्य तीन बर्से रनिङ् यलम्बरहाङ ब्याडमिन्टन ट्रफी (मुर्ती) मंससंलिरापप का अध्यक्ष, समाजसेवी लोकेन्द्र तबेबुङ ले सौजन्यता प्रादान गरेका थिए ।यस यलम्बरहाङ ब्याडमिन्टन खुला प्रतियोगितालाई सफल बनाउन स्व-स्फुर्त सौजन्यता प्रादान गर्नुहुने सम्पूर्ण महानुभावहरुलाइ संस्थाका केन्द्रिय अध्यक्ष सुबाशचन्द्र जबेगु र यस प्रतियोगिताका संयोजक तेज मेन्याङ्बो ले हार्दिक धन्यवाद दिनुका साथै यस प्रतियोगिताले यस बेयायतमा बसोबास गर्ने सम्पूर्ण नेपाली मुलका नागरिकहरुलाई सकारात्मक सन्देश दिने बताएका थिए ।

यस यलम्बरहाङ ब्याडमिन्टन खुला प्रतियोगितामा उपाधी चुम्ने खेलाडिहरु क्रमश:पुरुष एकल प्रतियोगिताको उपाधि नगेन्द्र लिम्बु ले चुमेको थियो भने अम्बर लिम्बु र नरेन्द्र गुरुङ क्रमश दोस्रो र तेस्रो भएका थिए । पुरुष डबलको उपाधि नरेन्द्र गुरुङ र नेत्र गुरुङ ले हात परेका थिए भने खेम लिम्बु र मान थापा ले दोस्रो स्थान ओगट्न सफल भए । भेटरन डबलको उपाधि कामनासिङ पुन र दिल पुन ले चुमेका थिए भने खेम लिम्बु र मान थापा ले दोस्रो स्थानमै चित बुझाउनु पर्‍यो । महिला डबल खेलको उपाधि सकुन लिम्बु र निशा गुरुङ ले उत्कृष्ट खेल प्रदर्शन गरी उपाधि चुमेका थिए भने दुर्गा लिम्बु र ईन्द्र पुन ले सम्मानजनक दोस्रो स्थान ओगट्न सफल भए । मिक्स डबल खेलको उपाधि प्रकाश राई र सकुन लिम्बुले हात परेका थिए भने खेम लिम्बु र दुर्गा लिम्बुले दोस्रो स्थान ओगट्न सफल भए । महिला खेलाडिहरु मध्ये यस प्रतियोगिताको सर्बोक्रिष्ट खेलाडी सकुन लिम्बु घोषित भइन भने पुरुष तर्फ सर्वोक्रिष्ट खेलाडी लगाएत यलम्बरहाङ ब्याडमिन्टन खुला प्रतियोगिता २०१३ सालको सार्वधिक बिजेताको उपाधि नरेन्द्र गुरुङ ले हात परेका थिए । महिला र पुरुष तर्फ सर्वोक्रिष्ट खेलाडिहरुलाई यस् प्रतियोगिताका संयोजक तेज मेन्याङ्बो ले ट्रफी प्रदान गरेका थिए ।

प्रतियोगिताको अन्त्यमा आयोजक किरात याक्थुङ चुम्लुङ युकेले यस् ऐतिहासिक यलम्बरहाङ ब्याडमिन्टन खुला प्रतियोगितामा सहभागि इन्डिभिजल र समुहमा भाग लिने सम्पूर्ण खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गरि यस ऐतिहासिक प्रतियोगितालाई सफल बनाएकोमा हार्दिक धन्यवाद ज्ञापन गरेका थिए । साथै युके नेपाली ब्याडमिन्टन संघलाई उत्कृष्ट खेलाडिहरुलाई यस टुर्नामेन्टमा सहभागि गराएकोमा बिषेस धन्यवाद दिदै प्रतियोगितालाई समापन गरेका थिए ।

नर प्रशाद थाम्सुहाङ
मिडिया संयोजक
किरात याक्थुङ चुम्लुङ युके ।


कियाचुयुकेको पहिलो एतिहासिक ब्याडमिन्टन खुल्ला प्रधिश्प्रधा खेल २१ सेप्टेम्बर २०१३ शनिवारको दिन युके रोयल एरर्फोस होल्टन छाउनीमा सफल्ताको साथ सम्पन्न भयो| यस एतिहासिक ब्याडमिन्टन खेललाई निरन्तर दिनको लागि कार्य समितिको आवस्यक महसुश गरी कियाचुयुकेका केन्द्रीय अध्यक्ष श्री शुवास जबेगुबाट खादा ओडाई दुई वर्षको निमित तलका व्यक्तिहरुलाई कार्यभार सुम्पन्न भएको थियो र अन्तमा आफ्नो मन्तब्य राखी कार्यक्रम सुचारु गर्न संयोजक सचिवलाई खेल कोठा दिनु भएको थियो |

संयोजक- श्री तेज मेन्यांबो
उ. संयोजक- श्री खेम लुंगफुंगवा
उ. संयोजक – श्रीमती सकुन लिम्बु
संयोजक सचिव – दिलसिङ मेन्यांबो
कोषाध्यक्ष – श्री धन कम्वांग
स. कोषध्यक्ष- श्री चतुरमान मेन्यांबो
सदस्य – श्री बद्री नाल्वो
सदस्य- डम्बर ईधिंगो

यस खेल प्रधिसप्रधालाई विभिन्न समुहमा विभाजनगरी खेलाईएको थियो |
१. पुरुष एक्लो
२. पुरुष दोब्बर
३. पुरुष ४५ माथि
४. महिला दोब्बर
५. महिला र पुरुष

र यस खेलको पुरस्कार भने तलका निम्न व्यक्तिहरुले दिनु भएको थियो |
१. पुरुष एक्लो तर्फ – श्री खगेन्द्र लावती- कियाचुयुके केन्द्रीय सचिव
२. पुरुष दोब्बर तर्फ – श्री खेमराज मादेन – लिम्बु व्यावसायिक
३. पुरुष ४५ माथि तर्फ – श्री शुवास जबेगु – कियाचुयुके केन्द्रीय अध्यक्ष

यलम्बरहाङ ब्याडमिन्टन खुला प्रतियोगिता २०१३ सम्पन्न

किरात याक्थुङ चुम्लुङ युकेको संयोजक्त्वमा यलम्बरहाङ ब्याडमिन्टन खुला प्रतियोगिता गत तारिख २१ सेप्टेम्बर २०१३ सालका दिन स्थान बेलायतको रोयल एयर्फोर्स होल्टनमा भब्यताका साथ सम्पन्न गरि ऐतिहासिक कार्यको थालानी गरेको छ । यलम्बरहाङ ब्याडमिन्टन खुला प्रतियोगिताको लागि नियुकत गरिएको पदाधिकारीहरु लगाएत सदस्यहरुलाई औपचारिक रुपले संस्थाका अध्यक्ष सुबाशचन्द्र जबेगु खादा ओडाएर यलम्बरहाङ ब्याडमिन्टन खुला प्रतियोगिता संचालन गर्ने जिम्मेवारी सुम्पेका थिए । उक्त खेल बिभागमा क्रमश: संयोजक तेज मेन्याङ्बो, सह-संयोजक खेम लुंङफुंगवा, सह-संयोजक सकुन लिम्बु, संयोजक सचिव दिलसिङ मेन्याङ्बो, कोषाध्यक्ष धन काम्बाङ, सह-कोषाध्यक्ष चतुरमान मेन्याङ्बो, सदस्य बद्री नाल्बो र डम्बर इधिङगो रहेका छन । किरात याक्थुङ चुम्लुङ युकेले आफ्नो संस्थाका सदस्य लगाएत यस बेलायतमा अवस्थित संघ संस्थाहरु संगको सम्बन्धलाई समधुर पार्न र नेपाली समुदायको खेलकुद जगतमा भएको प्रतिभालाई प्रस्फुटन गराउने उदेश्यले यो प्रतियोगिता संचालन गरिएको संस्थाका अध्यक्ष सुबाशचन्द्र जबेगु ले बताए । किरात याक्थुङ चुम्लुङ युकेले बिगत छ बर्ष अगाडि बाट यलम्बरहाङ कप फुटबल प्रतियोगिताको आयोजना गर्दै आएको र उक्त प्रतियोगिताको लोकप्रियता दिन प्रतिदिन चुलिन्दै गएको भएता पनि उक्त खेलमा महिला खेलाडिहरुको थोरै सहभागिता रहने भएको हुनाले बेलायतमा बसोबास गर्ने नेपाली महिला दिदी बहिनिहरुलाई समेत खेलकुद जगतमा प्रोत्साहन गर्ने उदेश्यले यो यलम्बरहाङ ब्याडमिन्टन खुला प्रतियोगिता संचालन गरिएको र यो उध्घाटन बर्षमा ब्याडमिन्टन खेल प्रेमिहरुको अत्याधिक उपस्थितिले यस प्रतियोगिताले सकारात्मक सन्देश दिनुका साथै ब्याडमिन्टन खेलाडिहरुको भावनालाई समेट्न सकिएको बताएका थिए ।

यलम्बरहाङ ब्याडमिन्टन प्रतियोगितालाई सम्भव बनाउनको लागि यो खेलमा प्रादान गरिएको मुख्य ट्रफी र इन्डिभिजल ट्रफिहरु किरात याक्थुङ चुम्लुङ युकेको बिभिन्न ओहदामा रहेका बिशिष्ट ब्यक्तिहरुले सौजन्यता प्रदान गरेका थिए । सौजन्यता प्रदान गर्ने ब्यक्तिहरुमा क्रमश: पुरुष सिङ्गल ट्रफी संस्थाका सचिव खगेन्द्र लावती पुरुष डबल ट्रफी समाजसेवी खेमराज मादेन, पुरुष ४५ बर्ष माथिको ट्रफी संस्थाका अध्यक्ष सुबाशचन्द्र जबेगु, महिला डबल ट्रफी महिला बिभाग उपाध्यक्ष युमा लिम्बु, मिक्स डबल ट्रफी सल्लाहकार डम्बर सिङ्घक,बेस्ट प्लेयर अफ टुर्नामेन्ट त्रफी खेल संयोजक तेज मेन्याङ्बो, अफिसियल ट्रफी केन्द्रिय कोषध्यक्ष दिलसिङ मेन्याङ्बोले सौजन्यता प्रदान गरेका थिए भने प्रतियोगिताको मुख्य तीन बर्से रनिङ् यलम्बरहाङ ब्याडमिन्टन ट्रफी (मुर्ती) मंससंलिरापप का अध्यक्ष लोकेन्द्र तबेबुङ ले सौजन्यता प्रादान गरेका थिए ।यस यलम्बरहाङ ब्याडमिन्टन खुला प्रतियोगितालाई सफल बनाउन स्व-स्फुर्त सौजन्यता प्रादान गर्नुहुने सम्पूर्ण महानुभावहरुलाइ संस्थाका केन्द्रिय अध्यक्ष सुबाशचन्द्र जबेगु र यस प्रतियोगिताका संयोजक तेज मेन्याङ्बो ले हार्दिक धन्यवाद दिनुका साथै यस प्रतियोगिताले यस बेयायतमा बसोबास गर्ने सम्पूर्ण नेपाली मुलका नागरिकहरुलाई सकारात्मक सन्देश दिने बताएका थिए ।

यस यलम्बरहाङ ब्याडमिन्टन खुला प्रतियोगितामा उपाधी चुम्ने खेलाडिहरु क्रमश: पुरुष एकल प्रतियोगिताको उपाधि नगेन्द्र लिम्बु ले चुमेको थियो भने अम्बर लिम्बु र नरेन्द्र गुरुङ क्रमश दोस्रो र तेस्रो भएका थिए । पुरुष डबलको उपाधि नरेन्द्र गुरुङ र नेत्र गुरुङ ले हात परेका थिए भने खेम लिम्बु र मान थापा ले दोस्रो स्थान ओगट्न सफल भए । भेटरन डबलको उपाधि कामनासिङ पुन र दिल पुन ले चुमेका थिए भने खेम लिम्बु र मान थापा ले दोस्रो स्थानमै चित बुझाउनु पर्‍यो । महिला डबल खेलको उपाधि सकुन लिम्बु र निशा गुरुङ ले उत्कृष्ट खेल प्रदर्शन गरी उपाधि चुमेका थिए भने दुर्गा लिम्बु र ईन्द्र पुन ले सम्मानजनक दोस्रो स्थान ओगट्न सफल भए । मिक्स डबल खेलको उपाधि प्रकाश राई र सकुन लिम्बुले हात परेका थिए भने खेम लिम्बु र दुर्गा लिम्बुले दोस्रो स्थान ओगट्न सफल भए । महिला खेलाडिहरु मध्ये यस प्रतियोगिताको सर्बोक्रिष्ट खेलाडी सकुन लिम्बु घोषित भइन भने पुरुष तर्फ सर्वोक्रिष्ट खेलाडी लगाएत यलम्बरहाङ ब्याडमिन्टन खुला प्रतियोगिता २०१३ सालको सार्वधिक बिजेताको उपाधि नरेन्द्र गुरुङ ले हात परेका थिए । महिला र पुरुष तर्फ सर्वोक्रिष्ट खेलाडिहरुलाई यस् प्रतियोगिताका संयोजक तेज मेन्याङ्बो ले ट्रफी प्रदान गरेका थिए ।

प्रतियोगिताको अन्त्यमा आयोजक किरात याक्थुङ चुम्लुङ युकेले यस् ऐतिहासिक यलम्बरहाङ ब्याडमिन्टन खुला प्रतियोगितामा सहभागि इन्डिभिजल र समुहमा भाग लिने सम्पूर्ण खेलाडीहरुले उत्कृष्ट खेल प्रदर्शन गरि यस ऐतिहासिक प्रतियोगितालाई सफल बनाएकोमा हार्दिक धन्यवाद ज्ञापन गरेका थिए । साथै युके नेपाली ब्याडमिन्टन संघलाई उत्कृष्ट खेलाडिहरुलाई यस टुर्नामेन्टमा सहभागि गराएकोमा बिषेस धन्यवाद दिदै प्रतियोगितालाई समापन गरेका थिए ।

नर प्रशाद थाम्सुहाङ
मिडिया संयोजक किरात याक्थुङ चुम्लुङ युके ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.