युके चुम्लुङले चासोक तङनाम आफ्नै भवनमा मनायो (भिडियो सहित)

गत १४ डिसेम्बर २०१९ का दिन किरात याक्थुङ चुम्लुङ, युके केन्द्रीय समितिले आफ्नै भवनमा चासोक तङनाम २०१९ मनाएको छ ।

किरातहरुको मुख्य राष्ट्रिय चाड किरात उधौली अथार्त चासोक तङनामको अवसरमा पुजागरि तङनाम मनाएको हो । लण्डन नजिक यलडिङ मेडस्टोनमा युके चुम्लुङले जग्गा सहित लिएको भवनमा युकेका लिम्बुहरुले घरघरबाट अछेता र भेटीबोकेर पुजाका लागि भेला भएका थिए । पुजारी पदम सम्बाहाम्फेले फेदाङ्मा विधिबाट अन्नपातः प्रकृतिलाई चढाएर यसबर्षको चासोक तङनाम अर्थात न्वागीपुजा साथै शुभ कामना आदान प्रदान कार्यक्रम सम्पन्न भयो ।

उपाध्यक्ष नरबीर आङबोले हेल्थएण्ड सेफ्टि, अर्का उपाध्यक्ष नगेन्द्र नेम्बाङले स्वागत र उपाध्यक्ष छत्र वनेमले चासोक तङनामको बारेमा प्रकाश पार्नुभयो । कार्यक्रममा चुम्लुङदेन खरिदमा योगदान गर्ने र आजीबन सदस्यहरुलाई सदस्य कार्ड तथा सम्मानपत्र पनि प्रदान गरिएको थियो । पूर्व अध्यक्षहरु सिरी साम्यो, डम्बर सिंङघक, काजीमान याक्सो, दिलसिं मेन्याङबो तथा अतिथिहरु जीबन लिम्बु, नरकुमारी लिम्बु, बीरनरसिं लिम्बु र नेपालबाट पाल्नु भएकी गायिका मनु नेम्बाङले शुभ कामना ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा आसफोर्ड शाखाका कलाकारहरुले आकर्षक च्याब्रुङ नाच प्रस्तुत गरेर कार्यक्रमलाई थप रौनकता थपेको थियो ।

कार्यक्रमलाई महासचिव गणेश इजम र सचिव विश्वास दीप तिगेलाले संचालन गरेका थिए भने कार्यक्रमको सभापतित्व अध्यक्ष तिलविक्रम सम्वाहाम्फेले गर्नुभएको थियो ।

स्मरणरहोस यो कार्यक्रम चुम्लुङले किनेको जग्गा संगै रहेको भवनमा पहिलो कार्यक्रम गरिएको हो भने चुम्लुङ युकेले पालैपालो सत्यहाँङ विधि र फदाङ्मा विधिबाट न्वागी पुजा गर्ने गर्दछ र यो बर्ष फेदाङमा विधिबाट पुजापाठ गरिएको हो भने अघिल्लो बर्ष सत्यहाँङ विधिबाट गरिएको थियो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.