चुम्लुङ युके र चुम्लुङ नेपाल बीच सम्बन्ध विस्तार

गत १२ मार्च २०२० का दिन किरात याक्थुङ चुम्लुङ युके र किरात याक्थुङ नेपाल बीच औपचारिक रुपबाट सम्बन्ध विस्तार भएको छ ।

चुम्लुङ युकेको अध्यक्ष तिलविक्रम सम्बाहाम्फे र नेपाल चुम्लुङका अध्यक्ष योगराज लिम्बुले हस्ताक्षर गरेर सम्बन्धलाई औपचारिकता दिएका छन् । लिम्बु र लिम्बुवानको निमित्त यथासम्भव सहकार्य गर्ने उक्त आबद्धता पत्रमा जनाईएको छ ।

सन् १९८९ को २ सेप्टेम्बर का दिन स्थापना भएको नेपाल चुम्लुङकोे १३ वटा जिल्ला कार्यसमिति, एउटा महानगर समिति, दुई उपमहानगर समिति सहित २५ नगर समिति र ४१ वटा गाउपालिका समिति साथै ४६६ वटा वडा समितिहरु रहेका छन् । ५ वटा विषयगत संगठनहरु: १. लिम्बू सांस्कृतिक परिषद, २. लिम्बू भाषा साहित्य प्रतिष्ठान, ३. कियाचु पुनर्जीवन केन्द्र, ४. याक्थुङ सहयोग कोष ५. कियाचु लिम्बुवान स्टडी सेण्टर रहेका छन् । नेपाल चुम्लुङको विशिष्ट संरक्षक सदस्य ५६ जना, संरक्षक सदस्य ३०७ जना, आजिवन सदस्य ३०७० जना, साधरण सदस्य १०२०० जना, मानार्थ सदस्य विदेशी ४ जना र स्वदेशी १ जना गरी जम्मा ५ जना गरी जम्मा १३,६३८ जना रहेका छन् । विदेशमा युके बाहेक १६ वटा शाखाहरु रहेका छन् ।

युके चुम्लुङ सन् २००३ मा स्थापना भई १६ शाखाहरु गठन भई संचालनमा रहेका छन् । यसका संरक्षक सदस्य ३० जना, आजीवन सदस्य ८२ जना र साधारण सदस्य २०१८ रहेका छन् । युके चुम्लुङले युकेको केन्टमा १६ विघा जमिन सहित घर खरिद गरेको छ ।

दुई भिन्नभिन्न मुलुकको कानुन सम्मत दर्ता भएको कारण अधिकांश उद्देश्यहरु एकै रहेपनि शाखाको रुपबाट लिन नमिलेको कारण आबद्धता लिई जोडिएको हो । दुई चुम्लुङ स्थापनाकाल देखि नै सहकार्य गर्दै आएको भएपनि औपचारिक रुपबाट बल्ल जोडिएका छन् ।

– विश्वास दीप तिगेला

Be the first to comment

Leave a Reply

Your email address will not be published.