किरात धर्म तथा साहित्य उथ्थान संघ द्वारा राष्ट्रिय बिभुती महागुरु फाल्गुनन्दको १४० औ जन्मजयन्ती भब्यताका साथ सम्पन्न ।

किरात धर्म तथा साहित्य उथ्थान संघ द्वारा राष्ट्रिय बिभुती महागुरु फाल्गुनन्दको १४० औ जन्मजयन्ती भब्यताका साथ सम्पन्न । गत 10th November 2024 सालक दिन किरात धर्म तथा साहित्य उत्थान संघको संयोजक्त्वमा महान तपस्वी विश्व शान्तिको >>>

किरात धर्म तथा साहित्य उथ्थान संघ द्वारा राष्ट्रिय बिभुती महागुरु फाल्गुनन्दको १४० औ जन्मजयन्ती भब्यताका साथ सम्पन्न ।

गत 10th November 2024 सालक दिन किरात धर्म तथा साहित्य उत्थान संघको संयोजक्त्वमा महान तपस्वी विश्व शान्तिको उघ्घोषक अहिङ्साबादी, समाज सुधारक, किरात धर्म, दर्शन, मुन्धुम भाषा, लिपी, साहित्य, साँस्क्रितीको उथ्थान कर्ता मुहिङ्गुम आङ्सिमा माङ, राष्ट्रिय बिभुती महागुरु फाल्गुनन्दको १४० औ जन्मजयन्ती भब्यताका सम्पन्न गर्‍यो ।

उक्त कार्यक्रममा प्रमुख अतिथी बेलायतको लागि नेपाली दुतावासका कार्यवाहक् राजदुत श्री बिपिन दुवादीले उपस्थिती जनाउनु भएको थियो भने बिशेष अतिथिमा पर्यटन तथा सांस्क्रिती मन्त्रालयका स-सचिव श्रीमती इन्दु घिमिरे तथा Rugby Borough Council का मेयर Mr Simon Ward ले उपस्थिती जनाउनु भएको थियो साथै अतिथिमा किरात याक्थुङ चुम्लुङ युकेका केन्द्रिय अध्यक्ष श्रीमती कमला सेन्दाङ लिम्बु ज्यु लगाएतका बिसिष्ट महानुभावहरुले उपस्थिती जनाउनु भएको थियो ।

उक्त कार्यक्रममा गुरुको जन्म्जयन्ती मनाउनुका साथै मुख्य सेवासाबा श्री मंगल्सिङ लिङ्देनको नेत्रित्वमा मुजो लुङ (शक्त्ती पिठ) को पूजा अर्चना गरिएको थियो । मुजो लुङ जहाँ नौ तला जमिन माथि र नौ तला जमिन मुनी प्रत्येक् तला मा बिभिन्न माङहरुको पूजा गरिन्छ । यस पूजामा अन्य सेवासाबहरु लगाएत भक्तजनहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।

यस संघका अध्यक्ष श्री राजेन्द्र खिम्दिङ ज्युले यो संघ बेलायतमा २००९ सालमा स्थापित भएको र संघको उदेश्य अनुसार भाषा, लिपी, साहित्य र सांस्कृतिलाई जीवन्त राख्न प्रत्येक बर्ष कार्यकम आयोजना गरिन्दै आएको बाताएका थिए ।

यस कार्यकमा प्रमुख अतिथी, बिशेष अतिथिहरु तथा आमन्त्रित अतिथिहरुले १६ औ राष्ट्रिय बिभुती महागुरु फाल्गुनन्दले धार्मिक, सामाजिक सुधार, तथा पशुबलि, तथा अन्य समाजमा पार्ने हानिकार प्रथाको बिरोध गरेर सरल जीवनशैली अपनाउन प्रेरित गर्नु भएको बाताएका थिए ।

श्रोत संकलन: किरात धर्म तथा साहित्य संघ युके ।

नर थाम्सुहाङ । KYC UK, MEDIA

Facebook
Twitter
LinkedIn
WhatsApp

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get Curated Post Updates!

Sign up for my newsletter to see new photos, tips, and blog posts.