किरात यक्थुङ चुम्लुङ युकेको सातौ बिधान संसोधन बिधान सभा सम्पन्न ।

किरात यक्थुङ चुम्लुङ युकेको सातौ बिधान संसोधन बिधान सभा सम्पन्न । गत तारिख 15th February 2025 सालका दिन स्थान Selford Village Hall, Guildford मा संस्थाको सातौ बिधान संसोधन गर्न बिधान सभा सफलका साथ सम्पन्न भयो >>>

किरात यक्थुङ चुम्लुङ युकेको सातौ बिधान संसोधन बिधान सभा सम्पन्न ।

गत तारिख 15th February 2025 सालका दिन स्थान Selford Village Hall, Guildford मा संस्थाको सातौ बिधान संसोधन गर्न बिधान सभा सफलका साथ सम्पन्न भयो । बिधान संसोधन समितिका संयोजक, पुर्व अध्यक्ष श्री तिलबिक्रम सम्बाहाङ्फे तथा बर्तमान केन्द्रिय अध्यक्ष श्रीमती कमला सेन्दाङ लिम्बु द्वरा दिप प्रज्वलन गरी उध्घाटन गरिएको सभामा केन्द्रिय कायसमितिका सम्पूर्ण पदाधिकारी, सदस्यहरु, बिभागीय प्रमुख, शाखा समिति, थामेन्दिङ्मा, वेन्सा चुम्भो, संस्थाका पुर्व अध्यक्षहरु लगाएत सयौको संख्यामा साधारण सदस्यहरुको उपस्थिती रहेको थियो ।

नेपाल तथा बेलायतको राष्ट्रिय गाना को साथ प्रारम्भ गरिएको कार्यक्रम शुरुवातमा स्वास्थ्य र र सुरक्षाको बारे संस्थाका कोषाध्यक्ष श्री खगेन्द्र लावतिले जानकारी गराएका थिए भने यस बिधान सभालाई मार्यदित ढंगले संचालन गर्ने बुदागत रुपले राखिएको आचारसंहिता संस्थाका सचिव श्री महेश वनेम ले वाचन गरी फ्लोरबाट पारीत गरिएको थियो । समग्र कार्यक्रम संस्थाका महासचिव श्री विश्वाश दीप तिगेलाले संचालन गरेका थिए ।

बिधान संसोधन समितिका संयोजक श्री तिलबिक्रम सम्बाहाङ्फे, सह-संयोजक श्री छत्र वनेम, सचिव श्री उत्तरमान तिगेला द्वारा संसोधन गर्नु पर्ने धारा उपधारा र अनुसुची उपर बुदागत रुपले छलफलको लागि प्रस्ताव गरेका थियो । छलफल अत्यान्तै सौहार्दपूर्ण बातावरणमा अगाडि बढनुका साथै प्रस्ताव गरिएको बुदाहरुको पक्ष र बिपक्षमा सयौको संखयाले मन माझेर आफ्नो बिचार राखेका थिए। झन्डै ९ घण्टाको छलफल पस्चात ति कार्यसुचिमा भएका सबै बुदाहरु कतिपय सर्बसम्मतिमा र कतिपय बहुमतको आधारमा पारीत गरिएको थियो भने दुरगामी असर पार्ने जम्मा एउटा बुदा थप अध्ययन र बिग्यहरुको राय सल्लाह लिनु आवशक महसुस गरिएको हुनाले त्यो कार्यसुची अबको ४ महिना भित्र सभा बोलाई टुङ्याउने सर्वसम्मतिले निर्णय गरेका थिए ।

कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष श्रीमती कमला सेन्दाङ लिम्बुले किरात याक्थुङ चुम्लुङ युकेको मातहतमा रहेका शाखा तथा थामेन्दिङ्मा चुम्लुङ र वेन्सा चुम्भो बिच केन्द्र संगको सम्बन्धमा केही अन्योलता सृजना भएका बुदाहरु प्रष्ट पारीएकोमा खुशी ब्यक्त गर्दै यस बिधान सभामा सभागी सम्पूर्ण महानुभावहरुलाइ धन्यवाद ब्यक्त गरिन । किरात याक्थुङ चुम्लुङ युकेको हितको लागि हाम्रा ब्यक्तिगत इस्सुहरुलाई पर राखेर एक ढिक्का भएर बढनुको बिकल्प नरहेको र त्यसको लागि सधैनै खुला किताव जस्तै पारदर्शिता देखाउनु पर्ने बिचार ब्यक्त गरिन । आजको कार्यसुचीमा राखिएका कतिपय बुदाहरु यो कार्यसमिती गठन हुन भन्दा धेरै अगाडि देखी उठ्दै आएको तर त्यसलाई छलफलमा ल्याउन समयको प्रतिक्षामा रहेको जानकारी गराएका थिइन । संस्थामा समस्याहरु हुन्छन तर ति बिषयहरुलाई लुकाउनु भन्दा मन खोलेर छलफल गरेर सुल्झाउनु पर्ने धारणा राख्दै सम्पूर्ण कार्यक्रम समापन गरिएको थियो ।

धन्यवाद । सेवारो ।

नर प्रशाद थाम्सुहाङ ।

मिडिया संयोजक ।

किरात याक्थुङ चुम्लुङ युके

Facebook
Twitter
LinkedIn
WhatsApp

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get Curated Post Updates!

Sign up for my newsletter to see new photos, tips, and blog posts.