किरात याक्थुङ चुम्लुङ युकेको वेस्ट केन्ट शाखाद्वारा वार्षिक साधारण सभा तथा भेटघाट कार्यक्रम सम्पन्न |

किरात याक्थुङ चुम्लुङ युकेको वेस्ट केन्ट शाखाद्वारा वार्षिक साधारण सभा तथा भेटघाट कार्यक्रम सम्पन्न गत ९ अगस्ट २०२५ मा चुम्लुङ्देन, Yalding, Maidstone, Kent मा किरात याक्थुङ चुम्लुङ युकेको वेस्ट केन्ट शाखाले वार्षिक साधारण सभा तथा >>>

किरात याक्थुङ चुम्लुङ युकेको वेस्ट केन्ट शाखाद्वारा वार्षिक साधारण सभा तथा भेटघाट कार्यक्रम सम्पन्न

गत ९ अगस्ट २०२५ मा चुम्लुङ्देन, Yalding, Maidstone, Kent मा किरात याक्थुङ चुम्लुङ युकेको वेस्ट केन्ट शाखाले वार्षिक साधारण सभा तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ।

शाखा अध्यक्ष मेनुका अन्छाङ्बोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि रूपमा केन्द्रीय अध्यक्ष कमला सेन्दाङ लिम्बु उपस्थित थिइन्। कार्यक्रममा केन्द्रिय assistant Treasurer सबिता लिम्बु, स्थानीय जातीय तथा क्षेत्रीय संघ–संस्थाका प्रतिनिधिहरू, प्रमुख सल्लाहकार विरनरसिङ हुक्पाचोङ्बाङसहित सम्पूर्ण सल्लाहकारहरूको पनि उपस्थिती थियो।

वेस्ट केन्ट शाखा सचिव सुनिता माबोको सञ्चालनमा सम्पन्न सभामा वार्षिक अधिवेशनमा प्रस्तुत कार्यसूचीहरूमा विस्तृत छलफल गरी सर्वसम्मत रूपमा पारित गरियो। त्यसपछि दोस्रो चरणको कार्यक्रममा प्रवेश गरिएको थियो। दोस्रो चरणमा उच्च शिक्षा हासिल गर्न सफल विद्यार्थीहरू, परिवार तथा समाजमा उल्लेखनीय प्रगति गर्ने व्यक्तित्वहरू, र कला–संस्कृति जागरणमा योगदान दिने महानुभावहरूलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो।

प्रमुख अतिथि केन्द्रीय अध्यक्ष कमला सेन्दाङ लिम्बुले वेस्ट केन्ट शाखालाई संस्थाको “मेरुदण्ड” भन्दै यसको निरन्तर योगदानको प्रशंसा गरिन्। साथै, कार्यक्रममा निमन्त्रणा गरिएकोमा हृदयपूर्वक धन्यवादसमेत व्यक्त गरिन्।

कार्यक्रमको अन्त्यमा अध्यक्ष मेनुका अन्छाङ्बोले वार्षिक साधारण सभा नियमित प्रकृया भए पनि यसमा भेटघाट कार्यक्रम समावेश गरेर सदस्यहरूबीचको सम्बन्ध अझ प्रगाढ बनाउन प्रयास गरिएको बताइन्। उनले प्रमुख अतिथि, सम्माननीय अतिथिहरू तथा वेस्ट केन्ट शाखाका सम्पूर्ण सदस्यहरूको उपस्थिति प्रति आभार व्यक्त गर्दै कार्यक्रम समापन गरिन्।

नर थाम्सुहाङ

मिडिया संयोजक

किरात याक्थुङ चुम्लुङ युके@everyone

Facebook
Twitter
LinkedIn
WhatsApp

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get Curated Post Updates!

Sign up for my newsletter to see new photos, tips, and blog posts.