किरात याक्थुङ चुम्लुङ युकेले बार्षिक भेला तथा सिसेक्पा तङ्नाम २०२५ भब्यताका साथ सम्पन्न । बेलायत,गत तारिख १९ जुलाई २०२५ सालका दिन चुम्लुङ्देन, Yalding, Maidstone, Kent, ME18 6ET मा बार्षिक भेला तथा सिसेक्पा तङ्नाम भब्यताका साथ >>>
बेलायत,गत तारिख १९ जुलाई २०२५ सालका दिन चुम्लुङ्देन, Yalding, Maidstone, Kent, ME18 6ET मा बार्षिक भेला तथा सिसेक्पा तङ्नाम भब्यताका साथ मनायो । संस्थाका केन्द्रिय अध्यक्ष कमला सेन्दाङ लिम्बुले अध्यक्षता गरेको कार्यक्रममा प्रमुख अतिथि भाषाअध्ययन र उद्दम्शिलतामा महत्वपुर्ण योगदान दिएका र भाषाबिज्ञानदेखि राजदुत्सम्मको यात्राले नेपाली समाज र बिश्व समुदायमा अन्तरार्राष्ट्रिय चिनारी निर्माण गर्न सफल ब्यक्ति डा. नोभेल किशोर राईको उपस्थिति रहेको थियो भने बेलायतमा स्थापित जातिय, क्षेत्रिय,NRN, लगाएत धार्मिक संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

संस्थाका महासचिव महेश वनेम र सहसचिव सकुन्तला नेम्बाङ्ले संचालन गरेको कार्यक्रमलाई समन्वयात्मक ढंगले सुचारू संचालन गर्नका निमित्त निवर्तमान महासचिब तथा वेभमास्टर श्री जुरेन्द्र खजूमले अग्रभुमिका निभाउनु भएको थियो। कार्यक्रमलाई थप औपचारिकता दिन संस्थाका उपाध्यक्षदोय उपाध्यक्ष श्री सन्त हू. चोङबाङले सुरक्षा, ट्राफिक, पार्किंग, शौचालय र सावधानीका विषयमा कार्यक्रमलाई जानकारी दिएका थिए र कार्यक्रमका संयोजक संस्थाका उपाध्यक्ष राजेन लाबुङ लिम्बुको स्वगत मंतब्यको क्रममा सम्पुर्ण पाहुनाहरु तथा कार्यक्रममा उपस्थित याक्थुङ्बा दाजुभाई, दिदिबहिनिहरुला स्वागत गर्नुका साथै कार्यक्रम अवधिभर सम्भावित जोखिमको न्युनिकरण गर्न र सुरक्षाको लागि डोर्न गस्ति संचालनमा रहेको जानकारी गराए।औपचारिक कार्यक्रम संचालन गर्न पहिले आजको भेलामा उपस्थित सम्पुर्ण सदस्यहरुको सुस्वास्थ्य, दिर्घायु र सहज मौषमको लागि केन्द्रिय अध्यक्ष कमला सेन्दाङ लिम्बुको नेत्रित्वमा सर्वज्ञानी, सर्बश्रेष्ठ मेन्निमाङ, मेन्धापमाङ, ईश्वर तागेरा निङ्वाफु माङ संग प्रार्थना गरिएको थियो । तागेरा निङ्वाफु माङ्को कृपाले बिहानीमा केहि बर्षा भएता पनि बिस्तारै दिन उज्यालो हुदै सर्वश्रेष्ठ मौषममा परिणत भयो जहाँ सम्पुर्ण उपस्थित महानुभावहरुले भरपुर मनोरन्जन लिएका थिए ।यस बार्षिक भेला तथा तङ्नामको शुअवशरमा बिभिन्न पेशा ब्याबसायमा प्रगति उन्नति गर्ने लगाएत उच्च शिक्षा हासिल गर्ने बिध्यार्थि नानिहरुलाई प्रमाणपत्रको साथ सम्मान गरिएको थियो

किरात याक्थुङ चुम्लुङ युकेले संस्थाको तर्फबाट विभिन्न क्षेत्रहरूमा उल्लेखनीय योगदान पुर्याउने व्यक्तिहरुलाई प्रत्येक वर्ष पुरस्कार (अवार्ड) प्रदान गर्दै आएको छ।यस वर्ष पनि संस्था द्वारा निम्न व्यक्तिहरूलाई अवार्ड विजेता घोषित गरिएको थियो:

यलम्बरहाङ अवार्ड – जिवनप्यारा मादेन लिम्बु ।
चुम्लुङ अवार्ड – रत्न लाबुङ लिम्बु ।
बर्षको उत्कृष्ट कलाकार – नेम खापुङ लिम्बु ।

सांस्कृतिक कार्यक्रम संस्थाका उपाध्यक्ष सानु सुब्बा, साम्स्कृतिक बिभागीय प्रमुख भक्ति आङ्देम्बेले संचालन गरेको कार्यक्रम दुइवटा अध्यायमा बाडिएको थियो सांस्कृतिक कार्यक्रमको शुरुवात गर्न अगावै यो सिसेक्पा तङ्नाम कसरी मनाईन्छ भन्ने बिसयमा वेन्सा चुम्भोको नेत्रित्वमा मुन्धुम र त्यस कार्यमा अपनाईने (अनिकाल खेदाउने) नृत्य प्रस्तुत गरेका थिए भने पहिलो अध्याय, प्रतिस्प्रधा बिहिन कार्यक्रम जहाँ (काप्पोबा) च्याब्रुङ समुह फोल्कस्टोन शाखाले अत्यान्तै सुन्दर च्याब्रुङ नृत्य प्रदर्शन गरेका थिए भने दोस्रो अध्यायमा स्थानिय कलाकार कला चेम्जोङ (गायिका तथा मोडल), लिम्बुजातिको मौलिक नृत्यमा डिना राई, आषा लिम्बु, नुमा तेयुङ्को उत्कृष्ट नृत्य प्रस्तुत गरिएको थियो ।राष्ट्रिय कलाकररु, दिपक लिम्बु, रेखा फागो (नृत्य), धन बहादुर लिम्बु र निरन्ता नेम्बाङ्को बेजोड प्रस्तुतिमा समग्र सहभागी रमाएर झुमेका थिए ।केलाङ प्रतियोगीतामा उत्कृष्ट नांच प्रदर्सन गरि ग्रेटर लण्डन सिनियर शाखाले उपाधि कब्जा गरे भने यालाङ प्रतियोगीतामा ग्रेटर लण्डनले हात पारेको थियो ।

प्रमुख अतिथि भाषा बिज्ञ तथा पुर्व राजदुत नोभेल किशोर राईले मंतब्यको क्रममा आफुपनि लिम्बुवनी भुमिमा जन्मेको र लिम्बु संस्कार संस्कृति अत्यान्तै बिशिष्ट रहेदै आएको र बिदेशमा पनि आफ्नो संस्कार संस्कृति र पहिचानलाई जिवन्त दिन किरात याक्थुङ चुम्लुङ युकेले भब्य कार्यक्रम आयोजना गरेकोमा संस्थाका अध्यक्ष लगाएत सम्पुर्ण लिम्बु परिवारलाई बधाई तथा आउने दिनहरुमा पनि यसरीनै अगाडि बढनको लागि शुभकामना ब्यक्त गरेका थिए ।

संस्थाका अध्यक्ष कमला सेन्दाङ लिम्बुले आफ्नो मंतब्य मातृभाषाबाट सुरु गरेकि थिइन ( सेवारो, केरेक्नुले तगिग आइन कन ईक्सा खाम्बेकले पखेम खेम्दुबा युकेरेन मेडिस्टोन याल्डिङओ याक्थुङ सुहाङ्लेन सेख्खाए साक्थिम्मिबा थिम्बे सिसेक्पा तङ्नारेन सुयेमओ केदाबा तुम, तरेबा, तरेबाहा, तुत्तु तुम्याङ याक्ला सुहाङ, सिसा मेन्छिङ, नालि थाङ्बेन नु आदाङ्बाआदाङ्मासि केरेक्को आङ्गा कन किरात याक्थुङ चुम्लुङ युकेरेन थोसिदिम्बा कमला सेन्दाङ लिम्बुरे लाम्बा लुइमेन्दिङ नोइच्छो नु सोरिक हुक्सोगेन आसेवारो ।) बार्षिक भेला तथा सिसेक्पा तङ्नामको उपलक्षमा आमन्त्रित प्रमुख अतिथि, बिशिष्ट अतिथिहरु, केन्द्रिय पदाधिकारि, सदस्य, बिभागीय प्रमुखहरु, थामेन्दिङ्मा, वेन्सा चुम्भो, शाखा समितिका अध्यक्षहरु लगाएत यस भब्य कार्यक्रममा उपस्थित सम्पुर्ण दाजुभाइ दिदिबहिनिहरुलाई हृदयबाट न्यानो स्वागत गर्दै गरिमामय उपस्थितिको लागि धन्यबाद ज्ञापन गरेकि थिइन यस उत्सव केवल परम्पराको उत्सव मात्र होइन, तर हाम्रो साझा जरा, मूल्यहरू, र सांस्कृतिक सम्पदाको समृद्धिको शक्तिशाली सम्झना गर्ने दिन मात्र नभएर भोकमरीको अन्त्यको संकेत गर्दै प्रशस्तताको ऋतुको स्वागत गर्न भेला भएको र यो समय बालीको सम्मान गर्ने, समृद्धिका लागि धन्यवाद दिने, र हाम्रो सामूहिक एकताको खुसी मनाउने दिन भएको बताइन ।

किरात याक्थुङ चुम्लुङ युकेको तर्फबाट, र अध्यक्षको हैसियतले, आजको कार्यक्रम सफल बनाउन योगदान गर्नुहुने सबैप्रति गहिरो धन्यवाद व्यक्त गरेकी थिइन जस मध्ये सिसेक्पा तङ्नामका संयोजक उपाध्यक्ष राजेन लाबुङ, सहसंयोजक उपाध्यक्ष सन्त कुमार हुक्पाचोङ्बाङ, निस्वार्थ र स्वस्फुर्त सहयोग गर्नुहुने सम्पुर्ण सदस्यहरु, शाखा अध्यक्षहरु, सांस्क्रितिक बिभाग प्रमुख भक्ति आङ्देम्बे, स्थानिय कलाकारहरु, राष्ट्रिय कलाकरहरु, स्थानिय याल्डिङ समुदाय र छिमेकीहरूप्रति — हामीसँग उपस्थित भइदिनु भएकोमा धन्यवाद दिनुका साथै उपस्थिति हामी सबैले साझा गरेका मूल्यहरू — आपसी सम्मान, समावेशिता, समुदाय भावना र एकताबद्धताको प्रतिबिम्ब भएको र किरात याक्थुङ चुम्लुङ युके ब्रिटिश समाजका गौरवपूर्ण सदस्यका रूपमा संस्कृति, सेवा र मित्रतामार्फत सकारात्मक योगदान दिन प्रतिबद्ध रहेको बताइन ।
नर थाम्सुहाङ
मिडिया संयोजक
किरात याक्थुङ चुम्लुङ युके ।



