किरात याक्थुङ चुम्लुङ युके को १६औ यलम्बरहाङ कप बेलायतमा भब्यताका साथ सम्पन्न । लण्डन, गत तारिख २६ अप्रिल २०२५ सालका दिन स्थान मेडस्टन स्थित किरात याक्थुङ चुम्लुङ युकेको निजि भुमि चुम्लुङ्देनमा बिगतका बर्षहरुमा जस्तै किरात >>>

किरात याक्थुङ चुम्लुङ युके को १६औ यलम्बरहाङ कप बेलायतमा भब्यताका साथ सम्पन्न ।
लण्डन, गत तारिख २६ अप्रिल २०२५ सालका दिन स्थान मेडस्टन स्थित किरात याक्थुङ चुम्लुङ युकेको निजि भुमि चुम्लुङ्देनमा बिगतका बर्षहरुमा जस्तै किरात याक्थुङ चुम्लुङ युकेले १६ औ यलम्बरहाङ कप फुटबल प्रतियोगिता भव्यताका साथ सम्पन्न गर्यो । सन २००९ सालमा संस्थाका पुर्व अध्यक्ष श्री बम बहादुर लिम्बु लगाएत उहाँको कार्यसमितिले स्थापित गरेको यलम्बरहाङ कप आजका दिन सम्म आईपुग्दा १६ औ प्रतियोगिता पार गारिसकेको अवस्था रहेको छ । स्थापनाकलमा केहि चुनौतिहरु सामना गर्नु परेता पनि यस प्रतियिगिताले प्रत्येक बर्ष आफ्नो उदेश्यहरु पुरा गर्दै निरन्तर अगाडि बढदै आएको छ । यस प्रतियोगिताको प्रमुख अतिथि संस्थाका सल्लाहकार तथा पुर्व बाणिज्य मंत्री श्री बिजय प्रकास थेबे, अथितिको रुपमा बेलायतमा स्थापित सम्पुर्ण जातियि, क्षेत्रिय संघ संस्थाहरु, राजनैतिक पार्टिका भात्रि संगठन्हरु, नागरिक समाज, लगाएत नेपाल पत्रकार महासंघ बेलायतका प्रतिनिधिहरु , संस्थाका पुर्व अध्यक्षहरु, सल्लाहकार समितिका सदस्यहरु ले उपस्थिति जनाएका थिए ।

किरात याक्थुङ चुम्लुङ युकेको स्वामित्वमा रहेको चुम्लुङ्देनमा पाँच वटा फुटबल मैदान रहेको र उक्त मैदानमा यस २०२५ सालको प्रतियोगितामा तिन फरक समुह सहित जम्मा ३२ टिमले सहभागिता जनाएका थिए । मुख्य ट्रफिको लागि १६ टिम, प्रतियोगितामा अनुभवी समुह (भेटरन) मा ८ टिम, र बरिष्ठ अनुभवि (सुपर भेटरन) समुह ८ टिमले सहभागिता जनाएका थिए । प्रत्येक समुहमा पहिलो चरण लिग पार गरेर नकाउट चरणमा प्रवेश गरेका थिए । नेपाली युवाहरुको खेल जगतलाइ प्रष्फुटन गराउने उदेश्यले संचालन गरिएको भएता पनि गैर नपाली समुदायकालाई पनि एउटा टिममा दुइजना सम्म खेलाडि समावेश गर्न सकिने प्रावधान रहेकोले गैर नेपाली फुटबलप्रेमिहरुले पनि अवशर पाएका थिए । १६ औ यलम्बरहाङ कप एक्दमै सौहार्दपुर्ण वातावरणमा सम्पन्न भएको संयोजक तथा संस्थाका उपाध्यक्ष श्री सन्त कुमार हुक्पाचोङ्बाङले बताए ।
यस १६ औ यलम्बरहाङ प्रतियोगीतामा कडा प्रतिस्प्रधा सामना गर्दै आफ्नो टिमलाई लिग, नकाउट हुदै फाइनल खेलमा पुर्याउन सफल बरिष्ठ अनुभवि (सुपरभेटरन) टिम समुहबाट अध्याधिक गोलकर्ताको ट्रफि ईलाम एफ.सी. का श्री सुजित राइले हात पारेका थिए भने उत्कृष्ट खेलाडि इलाम एफ.सी का खेलाडि श्री लेखराज राई घोषित भएका थिए । उत्कृष्ट खेल प्रदर्शन गर्दै उपबिजेता (रनरअप) मा मेडस्टन गोर्खा भएका थिए भने २०२५ सालको बरिष्ठ अनुभवि समुहको (सुपर भेटरन) ट्रफि ईलाम एफ. सी. ले चुमेको थियो ।

एबंम प्रकारले अनुभबि (भेटरन) समुहको खेलमा अत्याधिक गोलकर्ता को ट्रफि Mr Emanual ले हात परेका थिए भने उत्कृष्ट खेलाडि निराजन घोषित भएका थिए । अनुभवि (भेटरन) समुहको उपबिजेतामा किरात याक्थुङ चुम्लुङ युकेको वारवीक्सायर शाखाले हात परेको थियो भने धरान एफ. सीले २०२५ सालको ट्रफि चुमेको थियो ।
२०२५ सालको मुख्य ट्रफिको खेलमा अत्याधिक गोलकर्ता केवाईसी थुरोकका श्री कल्याण राईले ट्रफि हात पारेका थिए भने उत्कृष्ट खेलाडि फान्बोरो एलिटका श्री नवराज गुरुङ घोषित भएका थिए । मुख्य ट्रफिको उपबिजेता (रनरअप) मा फान्बोरो एलिटले हात परेको थियो भने बिजेतामा एफ.सी. केन्टले ट्रफि चुमेको थियो ।
बिगतका बर्षहरुमाझै यस बर्षको पुरस्कार ट्रफिहरु बिभिन्न ब्यक्तिहरुबाट सौजन्यता प्राप्त भएको थियो भने सौजन्यता प्रदान गर्ने मनाहुभावहरुको बहुलिबाट बिजेता ब्यक्तिहरु, तथा टिमलाइ प्रदान गरिएको थियो । मुख्य ट्रफिको बिजेता टिमलाई संस्थाका अध्यक्ष श्रीमति कमला सेन्दाङ लिम्बुले प्रदान गरेकी थिइन ।
प्रमुख अतिथि पुर्व बाणिज्य मंत्रि श्री बिजय प्रकाश थबेले आफ्नो मंतब्यको क्रममा युवाहरुको मानसिक र सारिरिक बिकासको लागि यलम्बरहाङ कप प्रतियोगीताले प्रेरणादयि भुमिका खेलेको बताए । यस्तो गरिमामय कार्यक्रमले किरात याक्थुङ चुम्लुङ युकेको छबि समग्र बेलायतमा सफल र उधारणिय हुदै आएकोमा बधाइ दिएका थिए ।

कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष श्रीमति कमला सेन्दाङ लिम्बुले यस यलम्बरहाङ कप फुटबल प्रतियिता स्थापित भएर आजको दिन सम्म आइपुग्दा यस कपको उदेश्यहरु बेलायतमा स्थापित अन्य संघ संस्थाहरु संगको सामाजिक तथा खेलकुद जगतमा कसिलो सम्बन्ध राख्नुका साथै हाम्रो ईतिहास, पहिचान लाई जाग्रित गराउने लगाएत युवा खेलप्रेमिहरुको प्रतिभा प्रष्फुटन गराउने कार्य सफल हुदै आएको बताइन । यस १६ औ यलम्बरहाङ कपको सुवसरमा सम्पुर्ण आमन्त्रित अतिथिजनहरु, सहभागि फुटबल टिमहरु, ट्रफि तथा नगद सौजन्यता प्रदान गर्नुहुने सम्पुर्ण महानुभावहरु, यस प्रतियोगितालाई सफल बनाउन अहोरात खटेर कार्य गर्नुहुने संस्थाका साथिहरु, १६ औ यलम्बरहाङ कपका संयोजक श्री सान्त कुमार हुक्पाचोङ्बाङ लगाएत उहाँको सम्पुर्ण टिम लगाएत यस प्रतियोगितालाइ सफल बनाउन उपस्थित सम्पुर्ण मान्यजनहरुलाइ हार्दिक धन्यबाद दिदै सम्पुर्ण कार्यक्रम समापन भएको घोषणा गरेकी थिईन ।
नर थाम्सुहाङ । मिडिया संयोजक
किरात याक्थुङ चुम्लुङ युके ।
Kirat Yakthung chumlung uk central @everyone



