चुम्लुङदेन, केन्ट | मिति १४ जुन २०२५ को दिन किरात सब्दको बहस बिशेष कियाचु यूकेको युमा धर्मलम्बी सदस्यहरुको अनुरोधमा आयोजना गरिएको थियो । उहाँहरुको चाहना अनुरुप किरात शब्दको बारे बिभीन्न दृष्टिकोणबाट छलफल गरि छलफल बैठक >>>
चुम्लुङदेन, केन्ट | मिति १४ जुन २०२५ को दिन किरात सब्दको बहस बिशेष कियाचु यूकेको युमा धर्मलम्बी सदस्यहरुको अनुरोधमा आयोजना गरिएको थियो । उहाँहरुको चाहना अनुरुप किरात शब्दको बारे बिभीन्न दृष्टिकोणबाट छलफल गरि छलफल बैठक सम्पन्न गरिएको थियो । बैठकको अध्यक्षता केन्द्रीय अध्यक्ष श्रीमति कमला लिम्बु र सन्चालन केन्द्रीय कार्य बाहक केन्द्रीय महासचिव श्री महेश वानेमले गर्नु भएको थियो ।
कियाचु यूकेको युमा धर्मलम्बी सदस्यहरुबाट प्रस्ताब र प्रस्तुती ।
युमा धर्मलम्बीका अध्यक्ष श्री दिल पालुंवाले किरात शब्दको ब्याख्या गरि बैठकलाई प्रस्तुत गरेका थिए । उहाँको प्रस्तुतिमा किरात शब्द बारे धेरै नकारात्मक र असभ्यको अर्थ सहित बिशेष गरि हिन्दु मनोविज्ञानले मात्र लेखिएका ईतिहास र लेख पुस्तकहरुको श्रोत लिएर सम्पूर्ण प्रस्तुती दिनु भएको थियो । किरात सब्द कियाचु यूकेबाट हटाए मात्र बेलायतका युमा धर्मलम्बीहरुले कियाचु यूकेमा अपनत्व महशुष गर्ने निष्कर्ष सहित प्रस्तुती समापन गरेका थिए ।
किरात धर्म धर्मलम्बीहरुलाई मात्र समावेशीकरण गरि सँस्थाको नाम किरात याक्थुङ चुम्लुङ यूके भएको हुदा किरात सब्द हटाई याक्थुङ चुम्लुङ यूके मात्र हुनु पर्ने प्रस्ताब पनि गर्नु भएको थियो ।

कियाचु यूकेको किरात धर्मलम्बी सदस्यहरुबाट अबधारणा र संबैधानिक तर्कको धरातलबाट प्रस्तुती ।
किरात धर्मलम्बीका अध्यक्षदोय श्री राजेन्द्र खिम्दिङ र श्री दिल सम्बाहाम्फे ज्युहरुले किरात सब्द बेलायतको कियाचु यूकेमा हटाउने प्रस्ताब सान्दर्भिक र बिसय बस्तु संग मेल नखाएको निस्कर्षको प्रस्तुत गर्नु भएको थियो । यो बिसयलाई यसरी कियाचु यूकेमा मात्र टुंगो लगाएर संसारका याक्थुङ/लिम्बु समाजलाई टाउको लुकाएर पुच्छर देखाउने क्रियकलापले सारा बेलायत वासी याक्थुङ/लिम्बुहरु हासोको पात्रा बन्न सक्ने अबधारण राख्नु भएको थियो ।
किन की बेलायत भनेको विश्वको प्रजातान्त्रिक नाइके र नागरिक हक र अधिकार लगायत धार्मिक स्वतन्त्रता हकको स्कुलिङ र पाठ सिकाउने देशमा बसेर किरात सभ्यता र किरात सब्दको अपमान गर्नु उचित नहुने अध्यक्षदोयले प्रष्ट पार्नु भएको थियो । किरात सब्दको बारे ब्यापक थप खोज अनुसन्धानको लागि सरोकार वाला कियाचु यूकेका सदस्यहरुलाई शुभ कामना सहित आवहान गरिएको थियो ।

किरात सब्दको खोजि हिन्दु मनोविज्ञानको धरातलबाट मात्र मुल्यांकन र अनुसन्धान भएको पुष्टी ।
किरात सब्दको अर्थ र किरात धर्मको परिभाषा स्पष्ट गरि याक्थुङ/लिम्बु समाजलाई जानकारी गर्नु पर्ने परिवेश निर्माण भएको अनुमान र मुल्याँकन भएको छलफल बैठकले संकेत गरेको थियो । किन की खोज र अनुसन्धान एक पाटो मात्र हुन सक्दैन जहिले पनि सकारात्मक र नकारात्मक पक्षलाई सही विश्लेषण र अनन्तरक्रिया गरि मूल केन्द्र बिन्दुमा पुगेर निर्णय गर्नु अपरिहार्य हो भन्ने छलफल बैठकले निष्कर्ष निकालेको थियो ।
किरात शब्द किरात धर्म संग मात्रा परिपुरक रहेको तर्क संग मेल नखाएको पुष्टी ।
किरात शब्दलाई धर्म संग जोडेर परिभाषित गर्नु दुर्भाग्य हुने तर्क बैठकमा छलफल भएको थियो । किरात सभ्यता हो र धर्म पन्थ हो यी दुई बिसयलाई एक परिभाषा दिनु सहि अर्थ नहुने र यसले सँस्था धार्मिक स्वतन्त्रता माथि नै आच हुने छलफलले निष्कर्ष निकालेको थियो ।
किरात सब्द प्राचिन ऐतिहासिक पृष्ठभुमि र पूर्वी नेपालको उत्तरी उच्च हिमाली भेग देखि भारत वर्षाको सभ्यता संग जोडिएको संयुक्त मानब सभ्यता संग नै परिपुर्वक रहेको र सत्य तथ्य आस्थाको भूगोल हुनाले यस सब्दलाई सामान्य प्रयोगको रुपमा लिन पनि उचित नहुने बुझिन्छ । तसर्थ किरात धर्ममा बिशेष चार किरातले सम्बोधन गरिएको प्रष्ट छ । यस भित्र लिम्बु, राई, सुनुवार र याख्खा लगायत धिमालहरु पनि किराती समुदायमा पर्दछन ।
किरात सब्दको खोज र अनुसन्धान नेपालको दक्षिण हिन्दुस्थान देखि उत्तरको मंगोलिय सम्मको भूगोल अध्ययन गरि निष्कर्ष पुग्नु एक मूल कुरा हो भन्ने कुरा बिशेष खोज र अनुसन्धान अभियन्तालाई मनोबल र प्रेरणा मिल्ने सुझाब बैठक प्रस्तुत गरिएको थियो ।

युमा धर्मको अबधारण र अभ्यास किरात सभ्यताको कालखण्डमा नेपालको उत्तरी भेगका एक राजा लाशहाङले मात्र प्रयास गरेका थिए ।
यस धर्मको दृष्टिकोण र सोचको निर्माण मुन्धुमको धरातलबाट अध्ययन गर्दा किरात सभ्यताको कालखण्डमा नेपालको उत्तरी भेगका एक राजा लाशहाङले पहिलो अबधारण ल्याएको ईतिहास विद्द स्व. ईमानसिङ चेम्जोङ मुन्धुममा पनि प्रष्ट लेखिएको छ । यसको बिस्तान्तर कहाँ कसरी पुगेर रुमालियो भन्ने कुरा खोज र अनुसन्धान अभियन्तालाई थप खोज तलाश गर्न बैठकले निवेदन गरिएको थियो ।
किरात सब्द बिना नेपालको बिभिन्न कालखण्डका ईतिहास नै अपुरो हुने भएको हुदा याक्थुङ/लिम्बु नेपाली होइनन् त ।
नेपाल एकीकरण अभियानमा लिम्बुवान किपट नै खोसिएको परिवेश र नेपालले बहुदलीय प्रजातन्त्र, गणतन्त्र र संघिय लोकतान्त्रिक अभ्यासमा प्रवेश गरि सकेको अवस्थामा १८ औ सताब्दीको याक्थुङलाजे र १० हाङ र १७ थुमको राज्य संरचनाको प्रतिगामी दृष्टिकोणले याक्थुङ/लिम्बुहरु कुन नेपाली मूलका नागरिक भएर राज्य सत्ता संग हक र अधिकारमा समर्पित भई देशको सेवा र राजनीतिक मार्ग दर्शनमा लम्किन्ने हो यो बिसयमा प्रवेश हुन् जरुरी रहेको बैठकले छलफल गरेको थियो । साथ साथै किरात र लिम्बु नस्विकार्ने हो भने याक्थुङहरुको प्रसासनिक र राज्य सत्ताको धरातल काहाँ र कता हो ? यो पनि मूलजग यस बिषयको पाटोमा पनि सोच्न अपरिहार्य रहको बैठकमा प्रस्तुत भएको थियो ।
किरात धर्मको मुख्य परिभाषा, उदेश्य र मूल मन्त्र के हो ।
किरात धर्मको अबधारण २०४६ बाट मात्र निर्माण भएको हुदा यस धर्मको मुलधार भनेको चार किरात समुदायले जति पनि धर्म र कर्म संस्कारमा अभ्यास गरिन्ने पितृपुजा, घरपुजा, बलिपुजा, फुकोपूजा लगायत जति पनि किराती समुदायले गर्ने धार्मिक बिधि र पद्दतिहरुलाई राज्य सत्तामा सुचीकृत गर्न र धर्मको नाम किरात धर्म लेख्ने भनि चार किरातको संस्थाले निर्णय गरि नेपाल सरकारको धार्मिक सुचीमा किरात धर्म समावेश गरिएको कुरा याक्थुङ/लिम्बु समाजलाई पुष्टी गर्नु पर्ने बैठकले सांकेतिक निष्कर्ष निकालेको थियो ।
स्मरण रहोस हिन्दु धर्मको माहोल तथा नेपाल हिन्दुराष्ट्रको परिवेशमा मूलवासी तथा जानजातिले धर्मको माहोलमा के लेख्ने सम्म चुनौतीपूर्ण तवरले प्रसासनिक क्षेत्रको माग अनुसार समावेसीकरण र सहअस्तित्वको आबश्यकता अनुसार किरात धर्म एक किराती समुदायको धार्मिक पहिचानको निमित्त संयुक्त संगठानिक धर्मको नाम हो भन्ने कुरा अग्रजहरुले सामुहिक ठाउँहरुमा बोल्न अत्यन्तै जरुर छ । यस सामुहिक धार्मिक नामको आधारमा नेपालको देशको बिभिन्न संबैधानिक अंगहरुमा धार्मिक समावेसीकरणको आरक्षण कोटामा पनि अभ्यास चलिरहेको उपलब्धीलाई पनि मूल्यांकन गरिन्नु पर्ने देखिको छ ।
किरात धर्मको बिसय याक्थुङ/लिम्बु समाजमा मात्र किन विवाद तथा छलफलको बिसय भएको हो ।
किराती समुदायका राई, सुनुवार, धिमाल र याख्खा भित्र कुनै विवाद बिना कसरी किरात धर्मको ग्रहण गरि रहेका छन् । यो बिसय पनि सामुहिक छलफल गर्नु पर्ने बैठकले छलफल गरेको थियो । मुन्धुमको अभ्यास लिम्बुले मात्र नभएर राई, सुनुवार, धिमाल र याख्खाले पनि आ-आफ्नो बिधि र पद्दतिबाट अभ्यास गरि रहेको अवस्था हो । यी समुदायले पनि मुन्धुम मार्फत प्रकृति पुजा तथा आराधना गर्ने गर्दछन । किरातीको राष्ट्रिय चाड उभौली र उधौली मान्ने गर्दछन भने सोहि चाड याक्थुङ/लिम्बु समुदायले चासोक तंगनाम मान्ने गर्दछन । अझ बिश्वब्यापी रुपमा Harvest Festival ले नामले मान्ने गरिन्छ । तसर्थ मुन्धुमको अभ्यास लिम्बुले मात्र नभएर राई, सुनुवार, धिमाल र याख्खाले पनि आ-आफ्नो बिधि र पद्दतिबाट अभ्यास गरि रहेको अवस्था हो ।

किरात शब्दलाई फराकिलो दृष्टिकोणबाट अध्ययन गर्न कियाचु यूकेको अपिल र निवेदन ।
यसको सब्दको अध्ययन कियाचु यूकेको मात्र सरोकार नभएर विश्वब्यापीका याक्थुङ/लिम्बु समुदायको सरोकारको बिसय भएको बैठकले निष्कर्षमा प्रवेश पाएको थियो । किरात सब्दको बिषयमा किरात याक्थुङ चुम्लुङ नेपाल संग हातेमालो गरि बिभिन्न ईतिहासकार, मनाबशास्त्री, भूगोलविद्द र मुन्धुम विद्द साथ साथै अन्य धर्मशास्त्रीहरु संगको महाचुम्लुङ मार्फत पहल गरी सहि निर्णयमा टुंगो लगाउनु पर्नेमा बैठकको माहोल निष्कर्षमा पुगेको थियो ।
यस छलफल बैठकको लागि कियाचु यूकेको पूर्ण केन्द्रीय कार्यसमितिले गहिरो चासो र छलफलमा भाग नलिएको बैठकको माहोलले संकेत गरेको थियो । कियाचु सँस्थामा धार्मिक र राजनीतिक धरातल भन्दा माथि उठेर सँस्थाको समृदिको कार्यदिशा तर्फ उन्मुख हुनु पर्ने बहुसंख्या सदस्यहरुको धारण रहेको ११औ महाधिवेशन जनादेश दिएको थियो ।
किरात शब्दको बिसय निरन्तर खोजिको बिसय र कियाचु यूकेले थप छलफल गर्न सक्ने निष्कर्ष ।
किरात शब्दको बिसयको छलफल बैठकको अध्यक्ष श्रीमति कमला लिम्बुले निरन्तर खोजिको बिसय बनाई किरात याक्थुङ चुम्लुङ यूकेमा थप छलपल गर्ने आश्वासन सहित केन्द्रीय कार्यसमितिको आगामी पूर्ण बैठकले निर्क्योल गरि सरोकार पक्षलाई जानकारी दिने निर्णय घडी संगै अध्यक्षले बैठक समापन गर्नु भएको थियो ।



