चुम्लुङ यूकेको लिम्बु भाषामै साहित्यिक गोष्ठी सम्पन्न (भिडियो सहित)

लन्डन, गत १७ जुलाई २०२१ का दिन किरात याक्थुङ चुम्लुङ यूकेले भर्चुवल जुम माध्ययममा लिम्बु भाषा साहित्य गोष्ठी लिम्बु भाषा मै संचालन गरि सम्पन्न गरेको छ । यस् वर्षको सिसेक्पा तङ्नाम २०२१ को अवसरमा शुभ >>>

लन्डन, गत १७ जुलाई २०२१ का दिन किरात याक्थुङ चुम्लुङ यूकेले भर्चुवल जुम माध्ययममा लिम्बु भाषा साहित्य गोष्ठी लिम्बु भाषा मै संचालन गरि सम्पन्न गरेको छ ।

यस् वर्षको सिसेक्पा तङ्नाम २०२१ को अवसरमा शुभ कामना आदानप्रदान गर्ने तथा सिसेक्पा तङनामलाई सामुहिक रुपमा सम्झने उद्देश्यले सो कार्यक्रम गरिएको हो । विश्व महामारी कोरोना भाइरस १९ को कारण विगत बर्षहरुमा गरिने सिसेक्पा तङनाम कार्यक्रम रद्ध गरिएको थियो ।

लिम्बु भाषाविद् तथा कवि येहाङ लावतीको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा जम्मा १४ जना लिम्बु भाषी कविहरुले भाग लिएका थिए । लिम्बु भाषामा कविता, हाक्पारे, पालाम, ख्यालीहरु प्रस्तुत भएका थिए । सहभागीहरु डम्मर सिङ्गक लिम्बु, दिलसिंह मेन्याङ्बो, छत्र वनेम, भगीश्वर चोङ्बाङ लिम्बु, टंक येङ्देन, गणेश इजम, धनकुमारी लिम्बु, दिपक तावा लिम्बु, लिला सेलिङ माबो, सुवर्ण नेम्बाङ, सूर्य केरुङ, विष्णु तावा केरुङ, फेदाङ्मा पदम सम्बाहाङ्फे र कल्पना आङ्बुहाङ रहेका थिए ।

तिल बिक्रम सम्बाहाङ्फेको अध्यक्षतामा सम्पन्न कार्यक्रम वरिष्ठ उपाध्यक्ष नगेन्द्र नेम्वाङले स्वागत मन्तब्य, सल्लाहकार नरकुमारी लिम्बुले शुभकामना मन्तव्य राखेका थिए । साहित्यिक कार्यक्रमको सन्चालन भने सहसचिव सानु सुब्बाले गरेकी थिइन् । कविता तथा हाक्पारे संकलनमा उपाध्यक्ष नरबीर आङ्बोले मुख्य भूमिका खेलेका थिए ।

Facebook
Twitter
LinkedIn
WhatsApp

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get Curated Post Updates!

Sign up for my newsletter to see new photos, tips, and blog posts.