चुम्लुङ युकेको केन्द्रीय बैठक सम्पन्नः लिम्बु भाषाको प्रतियोगिता २१ मार्चमा हुने

गत २८ डिसेम्बर २०१९ का दिन किरात याक्थुङ चुम्लुङ युकेको केन्द्रीय समितिको बैठकले आगामी २१ मार्चका दिन लिम्बु भाषाको प्रतियोगिता गर्ने निर्णय गरेको छ । थामेन्दिङमा चुम्लुङ (लिम्बु महिला कमिटी) ले गर्दै आएको लिम्बु भाषाको >>>

गत २८ डिसेम्बर २०१९ का दिन किरात याक्थुङ चुम्लुङ युकेको केन्द्रीय समितिको बैठकले आगामी २१ मार्चका दिन लिम्बु भाषाको प्रतियोगिता गर्ने निर्णय गरेको छ ।

थामेन्दिङमा चुम्लुङ (लिम्बु महिला कमिटी) ले गर्दै आएको लिम्बु भाषाको हाजिरी जवाफ प्रतियोगिता संयोजनको निम्ति उपाध्यक्षद्धय विमला सेन, दुर्गा पाङमा र सहसचिव सानु सुब्बालाई जिम्मेवारी तोकेको छ । त्यस्तै लाहाङ चेम्जोङको संयोजनमा याक्थुङ युथ फोरम तदर्थ समिति गठन गरेको छ । सदस्यहरु अमित थेवे, भुवन बोखिम, सिकुम चोङवाङ, मुक्कुम कुरुम्बाङ, आश्विन सवेन्हाँङ, पूर्ण याक्सो, सुम्निमा फालेक्छ्वा, कोमल सेने र तारिफ नेम्बाङलाई चयन गरेको छ । ३० बर्ष भन्दा तलकालाई युवा मानिने पनि निर्णय गर्यो ।

नेपालबाट युके पाल्नु भएकी मनु नेम्बाङको सांस्कृतिक कार्यक्रम आउदो ८ फेब्रुवरी २०२० का दिन फेल्थाममा आयोजना गर्नको निम्ति उपाध्यक्ष नरबीर आङ्बोलाई जिम्मेवारी तोक्यो ।

बैठकले किरात याक्थुङ चुम्लुङ नेपाल संग सम्बन्धन कायम गर्ने पनि निर्णय गरयो । चुम्लुङले गत बर्ष खरिद गरेको चुम्लुङ जग्गाको निम्ति ८ सय ९८ दाताहरु र ६ सहयोगी संस्थाहरुबाट ४ लाख ५२ हजार पाउण्ड उठेको पनि सहकोषाध्यक्ष दिपेन्द्र यक्सोले जानकारी गराउनु भयो ।

आउदो १५ फेब्रुवरी २०२० का दिन विधानसभाको आयोजना बारेमा पनि बृहत चर्चा भयो । बैठकको अध्यक्षता चुम्लुङ युकेका अध्यक्ष तिलविक्रम सम्बाहाम्फेले गर्नुभएको थियो ।

Facebook
Twitter
LinkedIn
WhatsApp

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get Curated Post Updates!

Sign up for my newsletter to see new photos, tips, and blog posts.