गत ९ डिसेम्बर २०१९ का दिन किरात याक्थुङ चुम्लुङ युकेको रसमोर शाखाले भर्खरै खरिद गरिएको घरको उद्घाटन गरेको छ । शाखाका प्रत्येक सदस्यहरुले पैसा उठाएर किनिएको घरले अब प्रत्येक महिना आम्दानी दिने भएको छ । >>>
गत ९ डिसेम्बर २०१९ का दिन किरात याक्थुङ चुम्लुङ युकेको रसमोर शाखाले भर्खरै खरिद गरिएको घरको उद्घाटन गरेको छ ।
शाखाका प्रत्येक सदस्यहरुले पैसा उठाएर किनिएको घरले अब प्रत्येक महिना आम्दानी दिने भएको छ । स्थानीय काउन्सिलर रामकुमार खजुम, चुम्लुङ केन्द्रीय उपाध्यक्ष नगेन्द्र कुमार नेम्बाङ, पूर्व अध्यक्ष जुरेन्द्र खजुम, सल्लाहकार दिवान लिम्बु, रकम संकलनमा विषेश योगदान गर्नुहुने फागोहाँङ लिम्बु, नीरप्रसाद लिम्बु लगायतको उपस्थितीमा शाखा अध्यक्ष जित मेन्याङबोले घरप्रवेश कार्यक्रम गर्नुभएको थियो ।
मेन्याङ्बो शाखा अध्यक्ष बनेदेखि नै अहोरात्र शाखाको घर खरिदमा काम गरिरहेका थिए । चुम्लुङ युकेको इतिहासमा शाखा आफैले घर किनेको यो पहिलो अवसर हो भने चुम्लुङ केन्द्रले दुई बर्षअघि १६ विघा जग्गा घर सहित पूर्व लण्डन नजिक किनेर भोगचलन गर्दै आएको छ । उदघाटन कार्यक्रममा अध्यक्ष मेन्याङ्बोले साथसहयोग गर्नुहुने सबैलाई धन्यवाद ज्ञापन गर्नुहुदै चुम्लुङ संस्थागत हुदै गएको बताउनु भयो ।



