किरात यलम्बर सवतको नयाँ बर्षलाई ४ किरातजन्य संस्थाले भब्यतापूर्वक मनाए

युके, आसफोर्ड । गत १८ जनवरी २०२० का दिन किरात यलम्बर सवतको नयाँ बर्षलाई ४ किरातजन्य संस्थाले भब्यतापूर्वक मनाएका छन् । किरात याक्थुङ चुम्लुङ आसफोर्ड शाखा, किरात राई यायोक्खा आसफोर्ड शाखा, किरात सुनुवार सेवा समाज >>>

युके, आसफोर्ड । गत १८ जनवरी २०२० का दिन किरात यलम्बर सवतको नयाँ बर्षलाई ४ किरातजन्य संस्थाले भब्यतापूर्वक मनाएका छन् ।

किरात याक्थुङ चुम्लुङ आसफोर्ड शाखा, किरात राई यायोक्खा आसफोर्ड शाखा, किरात सुनुवार सेवा समाज र किरात याक्खा छुम्माले सयुक्त रुपमा आयोजना गरेको हो ।

कार्यक्रमलाई सचिव सकुन सुनुवारले सञ्चालन गरेकी कार्यक्रममा सहसंयोजक अमित याक्थुङवाले स्वागत मन्तव्य तथा नयाँ बर्षको शुभ कामना र युवा संयोजक नितेश सुनुवारले शुभकामना सन्देश व्यक्त गरेका थिए । कार्यक्रममा चुम्लुङ आसफोर्ड सचिव दिवस थोप्राले सुरक्षाबारे जानकारी गराएका थिए । आसफोर्डमा विगत पाँच वर्षदेखि उत्सव मनाउन थालिएको हो ।

उत्सवको दोस्रो चरणमा चार जातीय संस्थाहरूको साँस्कृतिक प्रस्तुति रहेको थियो । शिशिर याक्थुङ्बाले सञ्चालन गरेको कार्यक्रममा याक्खा समुदायको डोकेनी नाच, याक्थुङ समुदायको केलाङ (च्याब्रुङ नाच), सुनुवार समुदायको ष्याँदर सिली र राई समुदायको साकेला सिली प्रस्तुत गरिएको थियो । यसैगरी, सकुन सुनुवारले सुनुवार भाषामा कोइच कुम्सो नामसेवल, कल्पना राईले साकेवा र सेनन राईले खस नेपालीमा गीत प्रस्तुत गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासङ्घ युकेका अध्यक्ष जंग सुनुवार, विशिष्ट अतिथि रूपमा सगरमाथा नेपाली समाजका अध्यक्ष चक्र बहादुर राई र अतिथिका रूपमा शान्ताकला राई, कल्पना राई, चुम्लुङ केन्द्रीय उपाध्यक्ष छत्र वनेम, चित्र बहादुर सुनुवार, गुणराज खायाखिम्, बसुन्धरा राई, मायादेवी सुनुवार, डम्मर सिङ्गक, धन रोगु, देव हुक्पा चोङवाङ, पूर्ण मादेन, लाल बहादुर सुनुवार, खड्ग सुनुवार, चित्र सुनुवार, सिरी साम्यू, किरण राई, ध्यान बहादुर राई लगायत थिए ।

प्रचलनमा रहेको सवत् ५०८० लाई आधारयुक्त बनाउन चारै संस्थाको सहभागितामा बनेको सवत अध्ययन समितिले गरेको खोज तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मेलनबाट हाल सम्म प्राप्त प्रमाणको आधारमा ३८९९ हुनुपर्ने सिफारिस अध्ययन समितिले गरेको छ भने किरातजन्य संस्थाहरुले आधिकारिक घोषणा गर्न भने बाँकी छ । नयाँ बर्ष मनाउनु महत्वपूर्ण हो सवंतको निक्र्यौल भविश्यमा हुने सहभागिले ब्यक्त गरे । प्रत्येक बर्षको माघ १ गतेलाई किरात यलम्वर सवतको नयाँ बर्षको शुरुवात भएको मानिन्छ ।

Facebook
Twitter
LinkedIn
WhatsApp

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get Curated Post Updates!

Sign up for my newsletter to see new photos, tips, and blog posts.