गायिका नेम्बाङको निङ्वारे पान्हा विमोचन (भिडियो सहित)

गत ८ फेब्रुवरी २०२० का दिन लण्डनको फेल्थाम कलेज हलमा लिम्बु भाषाकी गायिका मनु नेम्बाङको लिम्बु भाषाको एल्वम निङ्वारे पान्हाको विमोचन भएको छ । प्रमुख अतिथि गैर आवासिय नेपाली संघ, राष्ट्रिय समिति युकेकी अध्यक्ष श्रीमति >>>

गत ८ फेब्रुवरी २०२० का दिन लण्डनको फेल्थाम कलेज हलमा लिम्बु भाषाकी गायिका मनु नेम्बाङको लिम्बु भाषाको एल्वम निङ्वारे पान्हाको विमोचन भएको छ ।

प्रमुख अतिथि गैर आवासिय नेपाली संघ, राष्ट्रिय समिति युकेकी अध्यक्ष श्रीमति पुनम गुरुङ, किरात याक्थुङ चुम्लुङ युकेका अध्यक्ष तिल बिक्रम सम्बाहाम्फे, कार्यक्रम संयोजक नरबीर आङ्बो र गायिका नेम्बाङले नयाँ कृतिको विमोचन गरेका हुन । प्रमुख अतिथि गुरुङले गायिका नेम्बाङको सघर्षको कथा प्रेरणादायी भएको भनी अझ उत्तरोत्तर प्रगतिको कामना गरेकी थिइन ।

किरात याक्थुङ चुम्लुङ युकेले आयोजना गरेको कार्यक्रमको पहिलो चरणमा सहभागी सबैलाई उपाध्यक्ष नरबीर आङ्बोले स्वागत मन्तब्य राखे लगतै गायिका नेम्बाङको जीवनी बारे उपाध्यक्ष विमला सेनेले बोल्नु भयो ।

महासचिव गणेश इजमले संचालन गरेको पहिलो चरणको कार्यक्रमलाई चुम्लुङ अध्यक्ष सम्बाहाम्फेले औपचारिक समापन गर्नुभए लगतै दोस्रो चरणको कार्यक्रममा गायिका नेम्बाङले लिम्बु भाषाको हाक्पारे, पालाम लगायत खस भाषाको झण्डै एक दर्जन गीतहरु प्रस्तुत गरिन । उनलाई राजेन्द्र नेम्बाङले साथ दिएका थिए । निङवारे पान्हा गीति एल्बममा सुवर्ण नेम्बाङ र कृष्णराज मेन्याङबोको शब्द रचना रहेका छन् ।

Facebook
Twitter
LinkedIn
WhatsApp

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get Curated Post Updates!

Sign up for my newsletter to see new photos, tips, and blog posts.