याक्थुङ कुस्सा चुम्भो यूकेको प्रथम ऐतिहासिक सम्मेलन सपन्न ।

Date: 29 June 2024 Venue: KYC UK, Chumlungden ( Chumlung Land) Chumlunghim, Maidstone, Kent, England किरात याक्थुङ चुम्लुङ यूके अन्तर्गतको युवा बिभाग: याक्थुङ वेन्शा चुम्भो यूके को पहिलो सम्मेलनले ऐतिहासिक सगठन निर्माण गरि प्रथम कार्यसमिति >>>

Date: 29 June 2024

Venue: KYC UK, Chumlungden ( Chumlung Land) Chumlunghim, Maidstone, Kent, England

किरात याक्थुङ चुम्लुङ यूके अन्तर्गतको युवा बिभाग: याक्थुङ वेन्शा चुम्भो यूके को पहिलो सम्मेलनले ऐतिहासिक सगठन निर्माण गरि प्रथम कार्यसमिति हाङमा लावतीको नेतृत्वमा चयन गरेको छ । यस कार्यसमितिले आगामी दिनमा कियाचु यूकेको केन्द्रीय कार्यसमिति संग बैठक बसी युवाहरुको लागि नीति तथा कार्यक्रम तयार गरि काम र कार्यहरु बिस्तार गर्ने योजना रहेको छ ।सम्पूर्ण प्रथम सम्मेलनबाट निर्वाचित कार्यसमितिका अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुमा कियाचु यूकेको केन्द्रीय कार्यसमिति र सिंगो सँस्थाको तर्फबाट सफल कार्यकालको लागि लुङमेन्दीङ बधाई तथा हार्दिक शुभ कामना व्यक्त गरिन्छ।

प्रथम सम्मेलनबाट निर्वाचित कार्य समितिको नामवली यसप्रकार रहेको छ ।

  1. अध्यक्ष: हाङमा लावती
  2. उपाध्यक्ष: दीपा योङ्या, सन्देश नेम्बाङ र किशन यक्सो
  3. सचिव:     सुरेन्द्र थेबे
  4. सह-सचिव: सुल्तान इधिङ्गो
  5. कोषाध्यक्ष: शुभ नेम्बाङ
  6. प्रचार-प्रसार तथा मिडिया प्रमुख: मोहन साम्बा
  7. युवा तथा विध्यार्थी सम्पर्क प्रमुख: भुवन बोखिम
  8. शैक्षिक तथा प्रकाशन प्रमुख: निर्मल मास्वा
  9. भाषालिपि तथा सांस्कृतिक प्रमुख: कल्पना थेगिम
  10. कार्यकारी सदस्यहरु: शिखर सम्बाहाङ्फे, डा. दिपेन लिम्बु, लोचन लिम्बु, सिक्कुम चोङबाङ, अच्बिन सवेनहिम् लिम्बु, जिवन सेर्मा, अन्मोल खिम्दिङ, डा. रस्मा लिम्बु, रेखा लिम्बु, डेनिस पालुङ्वा, मुक्ति लिम्बु, रेस्मि लिम्बु, सुनम लाबुङ, केइहाङ लिम्बु, टेक माबोहाङ र ललित खोयाहाङ।

यस प्रथम ऐतिहासिक सम्मेलन गर्न याक्थुङ कुस्सा चुम्भो यूकेका संयोजक श्री लाहाङ चेम्जोङको अध्यक्षमा र प्रमुख अथिति कियाचु यूकेका केन्द्रीय अध्यक्ष श्री नरबिर आङबो त्यसैगरि अध्यक्ष मण्डलमा केन्द्रीय उपाध्यक्ष श्रीमति अमृता पालूंवा, सचिब केन्द्रीय महासचिब श्री जुरेन्द्र खजुम र सदस्य केन्द्रीय सहकोषाध्यक्ष श्री जिवन प्यारा मादेन ज्यु रहनु भएको थियो ।

यस ऐतिहासिक सम्मेलनलाई सफल बनाउन चुम्लुङ यूकेका सम्पूर्ण पदाधिकारीहरु, सल्लाहकारहरु, संरक्षक सदस्यहरु, १६ ओटा शाखा अध्यक्षहरु, थाम्मेन्दीङमा अध्यक्ष तथा समितिहरु साथ साथै बिभिन्न सामाजिक सँस्थाका अभियान्ता व्यक्तित्व ज्युहरुको सहभागिता सफलता पुर्वक सम्पन्न गरिएको थियो ।

Facebook
Twitter
LinkedIn
WhatsApp

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get Curated Post Updates!

Sign up for my newsletter to see new photos, tips, and blog posts.