चुम्लुङ यूकेको सिसेक्पा तङ्नामको कार्यक्रम (श्रावणे संक्रान्ति) १९ जुलाई २०२५ मा सम्पन्न हुने भएको छ । नेपालीको राष्ट्रीय चाडपर्व अन्तर्गत श्रावणे संक्रान्ति (सिसेक्पा तङ्नाम) भएता पनि लिम्बु समुदायले आफ्नो मौलिकता अनुसार मान्ने मूल्य र मान्यता >>>

चुम्लुङ यूकेको सिसेक्पा तङ्नामको कार्यक्रम (श्रावणे संक्रान्ति) १९ जुलाई २०२५ मा सम्पन्न हुने भएको छ ।
नेपालीको राष्ट्रीय चाडपर्व अन्तर्गत श्रावणे संक्रान्ति (सिसेक्पा तङ्नाम) भएता पनि लिम्बु समुदायले आफ्नो मौलिकता अनुसार मान्ने मूल्य र मान्यता अनुरूप यो चाडको शुभ अवसरमा किरात याक्थुङ चुम्लुङ यूकेको बार्षिक कार्यक्रम अन्तर्गत यस् बर्षको लागि सिक्सेक्पा तङनाम आयोजना गर्न गईरहेको कुरा जानकारी गर्दछौ। यो कार्यक्रम आयोजना मिती: १९ (सनीबार) जुलाई २०२५ (19th JUL 2025) को दिन KYC UK, Chumlungden, Yalding, Maidstone, Kent, ME18 6ET मा हुने भएको छ।
यस् तङ्नामलाई ब्यबस्थापन गर्नको लागि पहिलो चरणको बैठक सम्पन्न भएको थियो। यस बर्ष कार्यक्रमको संयोजक केन्द्रीय उपाध्यक्ष श्री राजेन लाबुङ ज्यु रहनु भएको छ ।यस कार्यक्रमलाई सब्य र भाब्यता साथ सफल बनाऊन लिम्बु तथा ग़ैर लिम्बु समाजहरूको गरीमय उपस्थिति अपरिहार्य हूने भएको हुदा यहाँहरू सबै सबै महानुभावहरू उपस्थित भई दिनु हुनको लागि यसै सामाजिक संजाल मार्फत अग्रिम हार्दिक निमन्त्रणाको लागि लुङ्मेङ्दिन नमन गर्दछौ।



