३१औँ विश्व आदिवासी (मूलवासी) दिवस २०२५, Gamble Lane, Surrey, United Kingdom मा भव्यतापूर्वक सम्पन्न । सरे (Surrey), बेलायत – नेपाल आदिवासी जनजाति महासंघ–बेलायतको संयोजनमा २०२५ अगस्त ९ तारिखका दिन Gamble Lane, Surrey मा ३१औँ विश्व >>>

३१औँ विश्व आदिवासी (मूलवासी) दिवस २०२५, Gamble Lane, Surrey, United Kingdom मा भव्यतापूर्वक सम्पन्न ।
सरे (Surrey), बेलायत – नेपाल आदिवासी जनजाति महासंघ–बेलायतको संयोजनमा २०२५ अगस्त ९ तारिखका दिन Gamble Lane, Surrey मा ३१औँ विश्व आदिवासी (मूलवासी) दिवस भव्य रूपमा सम्पन्न भयो। कार्यक्रम रिटायर्ड मेजर किशोर राईको अध्यक्षतामा सञ्चालन भएको थियो भने प्रमुख अतिथिका रूपमा आदिबासी जनजाति महासंघ – नेपालका केन्दिय पुर्व सचिव तथा सामाजिक जनजारण अभियान्ता भक्त बहादुर दुराको विशेष उपस्थिति रह्यो। किरात याक्थुङ चुम्लुङ यूकेकी केन्द्रीय अध्यक्ष कमला सेन्दाङ लिम्बु सहित दर्जनौँ जातीय, क्षेत्रीय तथा बेलायतमा स्थापित संघ–संस्थाका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए।

दिवसको अवसरमा विभिन्न जातीय झाँकीसहितका सांस्कृतिक नृत्य प्रस्तुत गरिए। साथै भलिबल प्रतियोगिता युवा, वरिष्ठ र महिला गरी तीन समूहमा विभाजन गरिएको थियो। प्रत्येक समूहका विजेतालाई आकर्षक पुरस्कार प्रदान गरियो। झाँकी प्रदर्शनमा किरात याक्थुङ चुम्लुङ यूकेको टिमले दोस्रो स्थान प्राप्त गर्यो। उक्त टिमको नेतृत्व अध्यक्ष कमला सेन्दाङ लिम्बुले गर्नुभएको थियो भने संयोजन वर्कसायर शाखाका अध्यक्ष कृष्ण/चन्द्र तुम्बाहाङ्फेले गर्नुभएको थियो। कलाकारहरूमा (महिला) नुमा तुम्बाहाङ्फे, सिटी नुहार्लिजा लिम्बु, न्यशा योङ्हाङ, एकता काङ्भा लिम्बु र (पुरुष) निश्चल सम्बाहाङ्फे, दिपेन्द्र याक्सो, दिपक आङ्बुहाङ, अमुल्य सम्बाहाङ्फेको प्रस्तुति उत्कृष्ट रहेको थियो।

अन्त्यमा, संस्थाका अध्यक्ष रिटायर्ड मेजर किशोर राईले सम्पूर्ण सहभागी, अतिथि तथा सहयोगीलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रमको समापन गर्नुभयो।
नर थाम्सुहाङ
मिडिया संयोजक
किरात याक्थुङ चुम्लुङ यूके@everyone