कियाचु युकेको सातौ बिधान संसोधन सभाको पुर्व तयारीको लागि ११औ केन्द्रीय कार्यसमितिको बैठक सम्पन्न ।

सातौ पटक संसोधन हुन लागेको किरात याक्थुङ चुम्लुङ युकेको बिधान सभाको पुर्व तयारीको लागि ११ औ केन्द्रिय कार्यसमितिको बैठक सम्पन्न । गत तारिख २६ जनवरी २०२५ सालका दिन स्थान अम्पाएर सभा कक्षा हल अल्डर्सटमा संस्थाको >>>

सातौ पटक संसोधन हुन लागेको किरात याक्थुङ चुम्लुङ युकेको बिधान सभाको पुर्व तयारीको लागि ११ औ केन्द्रिय कार्यसमितिको बैठक सम्पन्न ।

गत तारिख २६ जनवरी २०२५ सालका दिन स्थान अम्पाएर सभा कक्षा हल अल्डर्सटमा संस्थाको सातौ बिधान संसोधनका संयोजक तथा पुर्व अध्यक्ष श्री तिलबिक्रम सम्बाहाङ्फे, सचिव श्री छत्र वनेम र केन्द्रिय कार्यसमितिको बैठक सम्पन्न भएको थियो ।

उक्त बैठकमा अहिले सम्म किरात याक्थुङ चुम्लुङ युकेका शाखा समितिहरु बाट प्रस्तावना आएको बिधानको खन्ड, र पारीच्छेद र अन्य बिबिध बिषयहरु उपर गहन छलफल गरी आगामी तारिख 15 February 2025 सालका दिन सम्पन्न हुन गैरहेको बिधान सभामा सहजिकरन र बिधान संसोधनमा टेवा मिल्ने गरी बिभिन्न बिषयहरुमा छलफल गरिएको कार्यक्रममा संस्थाका केन्न्द्रिय अध्यक्ष श्रीमती कमला सेन्दाङ लिम्बुले अध्यक्षता गरेकी थिइन भने केन्द्रिय कार्यसमितिका पदाधिकारीहरु, केन्द्रिय सदस्यहरु, शाखा समितिका अध्यक्षहरु, बिभागीय प्रमुखहरुको उपस्थिती रहेको बैठकमा संस्थाका सचिव श्री महेश वनेमले कार्यक्रम संचालन गरेका थिए ।

संस्थाको मेरुडन्डको रुपमा उभिएको बिधान संस्था स्थापित भएको २३ बर्षमै सातौ पटक संसोधन गर्नु दुखद रहेको उक्त बैठकमा उपस्थित वक्ताहरुले मन्तब्य राखेका थिए भने संस्थालाई मार्ग निर्देश गर्ने लिखित कानुनी दस्तावेजलाई ब्याक्ती बिशेषको चाहना र भावनामा ढालिएको हुनाले यो संसोधन कार्य दोहोरिन्दै आएको बताए । किरात याक्थुङ चुम्लुङ युके जस्तो गरिमामय संस्थाको बिधान पटक पटक संसोधन हुन जायज नभएता पनि संस्थामा बौधिक ब्याक्तिहरुको जमात अत्याधिक भएकोले त्यसो हुन गएको तर अब आउने दिनहरुमा सरल, स्पष्ट र दिगो रुपले संस्थालाई अगाडि बढाउने बिधान यस बिधान सभाले निर्माण गर्नेछ भन्ने आधिकाँस बक्ताहरुले धारणा राखेका थिए ।

संस्थाका अध्यक्ष श्रीमती कमला सेन्दाङ लिम्बुले आफ्नो मन्तब्यको क्रममा आजको बैठक अत्यान्तै उपलब्धिमुलक रहेको र यस बैठकमा गरिएको छलफलले आगामी हुन लागेको बिधान सभालाई सहज रुपले अवतरन गर्न मद्दत पुर्याउने धारणा राखेकी थिइन ।

नर प्रशाद थाम्सुहाङ ।

मिडिया संयोजक ।

किरात याक्थुङ चुम्लुङ युके ।

Facebook
Twitter
LinkedIn
WhatsApp

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get Curated Post Updates!

Sign up for my newsletter to see new photos, tips, and blog posts.