किरात याक्थुङ चुम्लुङ युके द्वारा Fund Raising डिनर भब्यताका साथ सम्पन्न । गत तारिख ०७ जुन २०२५ सालका दिन स्थान चुम्लुङ्देन Benover Road, Yalding, Maidstone, Kent, ME18 6ET मा संस्थाको तर्फबाट कल्याणकारी कोषलाई मजबुत बनाउन >>>

किरात याक्थुङ चुम्लुङ युके द्वारा Fund Raising डिनर भब्यताका साथ सम्पन्न ।
गत तारिख ०७ जुन २०२५ सालका दिन स्थान चुम्लुङ्देन Benover Road, Yalding, Maidstone, Kent, ME18 6ET मा संस्थाको तर्फबाट कल्याणकारी कोषलाई मजबुत बनाउन भब्य कार्यक्रम आयोजना गर्यो । कार्यक्रमको प्रमुख अतिथिमा नेपाल आदिबासी जनजाती महासंघ बेलायतका अध्यक्ष योगेश राई, बिशिष्ट अतिथि समाजसेवी तथा सहित्यकार धन हाङ लिम्बु, संस्थाका केन्द्रिय अध्यक्ष कमला सेन्दाङ लिम्बु, थामेन्दिङ्मा, वेन्सा चुम्भो, शाखा समितिका प्रतिनिधिहरु, बिभागीय प्रमुखहरु, राष्ट्रिय कलाकार दिपक लिम्बु, स्थानिय कलाकारहरु, लगाएत संस्थाका सदस्यहरुको अथ्याधिक उपस्थिति रहेको थियो ।

Fund Raising कार्यक्रमका संयोजक संस्थाका उपाध्यक्ष सानु सुब्बाले स्वगत मंतब्यको क्रममा यस कार्यक्रम बिगत २०१९ सालबाट तत्कालिन अध्यक्ष दिलसिङ लिम्बु, तत्कालिन उपाध्यक्ष तिलबिक्रम सम्बाहाङ्फे (संयोजक), तत्कालिन महासचिव गणेश इजमको कार्यकालबाट शुरुवात गरिएको र कोभिड १९ महामारीको कारण केहि बर्ष स्थगित गर्नु परेता पनि बिगत केहि बर्ष देखि फेरि निरन्तरता दिदै आएको बताइन । यस Fund Raising डिनर आयोजना गर्नुको मुख्य उदेश्य संस्थाको कल्याणकारी कोषलाई मजबुत गराउनुनै प्रमुख भएको बताउदै सम्पुर्ण आमन्त्रित पाहुनाहरु लगाएत कार्यक्रममा उपस्थित महानुभावहरुलाइ स्वागत गरेकी थिईन ।

प्रमुख अतिथि नेपाल आदिबासी जनजाति महासंघका अध्यक्ष योगेश राईले आफ्नो मंतब्यको क्रममा बेलायतमा खोलिएका सामाजिक संघसंस्थाहरु बिच सहकार्य, एकता हुन जरुर भएको, जस्ले नेपाली समाजमा आइपर्ने अकल्पनिय घटनाहरुलाई सहज रुपले अवतरन गर्न सकिने भएकोले समधुर सम्बन्धलाई कायम राख्नु पर्ने धारणा राख्दै किरात याक्थुङ चुम्लुङ संग आफनो ब्यक्तिगत सम्बन्ध पनि अत्यातै समधुर रहेको बताए । बिशिष्ट अतिथि समाजसेवी तथा सहित्यकार धनहाङ लिम्बुले आफ्नो कृतिको बारेमा संक्षिप्त जानकारी गराएका थिए ।

यस कल्याणकारी कोषलाइ मजबुत बनाउन आयोजना गरिएको कार्यक्रममा बेलायतमा अवस्थित बिभिन्न लिम्बु बंश (संजुम्भो परिवार) र ब्यक्तिगत तर्फबाट आर्थिक सहयोग प्रदान गरेका थिए भने हल सजावटमा सुर्य खापुङ र आसफोर्ड वेडिङ प्लानर द्वारा अत्यान्तै सुलभ शुल्कमा उपलब्ध गराएकोमा संयोजक सानु सुब्बाले धन्यबाद दिएका थिए । संस्थाका कार्यवाहक महासचिव महेश कुमार वनेमले औपचारिक कार्यक्रम संचालन गर्नु भएको थियो भने सहसचिव सकुन नेम्बाङ द्वारा लिलामी र साँस्कृतिक कार्यक्रम संचालन गरेका थिए । उक्त कार्यक्रममा मौलिक लिम्बु सम्बन्धित च्याब्रुङ नाँच, गीत संगीत प्रस्तुत गरिएको थियो भने स्थानिय कलाकारहरु डिना, पुनम, मोडेल तथा नायिका रेखा फागो, गायिका कला चेम्जोङ र राष्ट्रिय ख्यातिप्राप्त गायक दिपक लिम्बुको बिजोड प्रस्तुति रहेको थियो ।

औपचारिक कार्यक्रमको अन्त्यमा केन्द्रिय अध्यक्ष कमला सेन्दाङ लिम्बुले मंतब्यमा किरात याक्थुङ चुम्लुङ युके जुन उदेश्य लिएर स्थापित भएको थियो ति उदेश्यहरु मध्ये प्रमुख संस्थामा आवद्द सदस्यहरुको समग्र कल्याण पहिलो प्राथमिकतामा रहदै आएकोले यो Fund Raising डिनर केवल आर्थिक संकलन संग मात्र सिमित नभएर सामुहिक कार्यको लागि भावनात्मक एकता र सामुहित लक्ष प्राप्त गर्नको लागि भुमिका निभाएको बताइन । हामी लिम्बु समुदायमा बिभिन्न आस्थामा बिश्वास राख्ने भएता पनि यस कार्यक्रमले हामिलाइ एकताको शुत्रमा बाँध्न मद्दत पुर्याएको र आउने दिनहरुमा किरात याक्थुङ चुम्लुङ युकेको प्रमुख उदेश्यहरुलाइ शिरोपर गरेर आगाडि बडियो भने हामिले लक्ष हांषिल गर्न सहज हुने जसको लागि हरेक तह र तप्कामा रहेका जिम्मेवार ब्याक्तिहरुबाट साकारात्मक सन्देश प्रवाह गरियो भने अझ हाम्रो एकता बलियो भएर अगाडि बढने बताइन । संस्थाले आयोजना गरेको Fund Raising डिनरमा आमन्त्रित पाहुनाहरु, कलाकार मित्रहरु, सम्जुम्भो सयङहरु, लिलामि कार्यक्रममा सौजन्यता प्रदान गर्ने ब्यक्तिहरु, संस्थाका शाखा समितिहरु, थामेन्दिङ्मा, वेन्सा चुम्भो, उपस्थित सम्पुर्ण महानुभावहरुलाइ धन्यबाद ज्ञापन गरेकी थिइन भने यस कार्यक्रमका संयोजक उपाध्यक्ष सानु सुब्बा लगाएत सम्पुर्ण टिमलाई बिषेश धन्यबाद दिदै कार्यक्रम समापन गरेकी थिइन ।
धन्यबाद । सेवारो ।
नर थाम्सुहाङ
मिडिया संयोजक
किरात याक्थुङ चुम्लुङ युके । @everyone



