किरात याक्थुङ चुम्लुङ युके, वेन्श चुम्भोको संयोजक्त्वमा लिम्बु जातिको साँस्कृतिक सम्पदा केःलाङ प्रशिक्षण बेलायतमा ।

किरात याक्थुङ चुम्लुङ युके, वेन्श चुम्भोको संयोजक्त्वमा लिम्बु जातिको साँस्कृतिक सम्पदा केःलाङ प्रशिक्षण बेलायतमा । गत ५ अप्रिल २०२५ सालका दिन स्थान चुम्लुङ्देन याल्डिङ मेडस्टोन बेलायतमा किरात याक्थुङ चुम्लुङ युके वेन्सा चुम्भोको संयोजक्त्वमा केःलाङ प्रशिक्षण

किरात याक्थुङ चुम्लुङ युके, वेन्श चुम्भोको संयोजक्त्वमा लिम्बु जातिको साँस्कृतिक सम्पदा केःलाङ प्रशिक्षण बेलायतमा ।

गत ५ अप्रिल २०२५ सालका दिन स्थान चुम्लुङ्देन याल्डिङ मेडस्टोन बेलायतमा किरात याक्थुङ चुम्लुङ युके वेन्सा चुम्भोको संयोजक्त्वमा केःलाङ प्रशिक्षण कार्य भब्यताका साथ सम्पन्न भयो । संस्थाका अध्यक्ष श्रीमती हाङ्मा लावतिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय उपाध्यक्ष श्री राजेन लाबुङ लिम्बु, अन्य अतिथिजनहरुमा क्रमश केन्द्रिय महासचिव श्री बिस्वासदीप तिगेला, सह-सचिव श्रीमती सकुन्तला नेम्बाङ, समाजसेवी श्री कमल अन्छङ्बो, सल्लाहकार श्री लाहाङ चेम्जोङ, श्री दिलेन्द्र लाबुङ, श्री गोकुल लिबाङ, श्री बिरन लिम्बु, श्रीमति शान्तिमाया लिम्बु, श्रीमति मेनुका अन्छङ्बो, सहित्यकार दीपा राई, आर्ट एण्ड कल्चरका प्रिति पेन्टर लगाएतले उपस्थिति जनाएका थिए ।

संस्थाका उपाध्यक्ष श्री सन्देश नेम्बाङ्ले स्वास्थ्य र सुरक्षाको जानकारी गराएको थिए भने उपाध्यक्ष दीपा योङयाले स्वागत मंतब्य राखेकि थिईन भने सम्पुर्ण कार्यक्रम सचिव सुरेन्द्र थेबे र सह-सचिव शुभ नेम्बाङ्ले सन्चालन गरेको कार्यक्रममा बिभिन्न जिल्लाका केंलाङ प्रतिनिधिहरुले सहभागिता जनाएका थिए । प्रमुख अतिथि केन्द्रिय उपाध्यक्ष श्री राजेन लाबुङ लिम्बुले मन्तब्यको क्रममा किरात यान्थुङ चुम्लुङ युके वेन्सा चुम्भोले आयोजना गरेको यो कार्य लिम्बु जातिको साँस्कृतिक सम्पदाको संरक्षण, प्रवर्दन मात्र नभएर एउटा ऐतिहासिक कार्यको लागि एउटा कोसे ढुङ्गा साबित भएको बताए । लिम्बु जातिको भाषा, लिपि, संस्कार संस्कृति, र पहिचान प्रचिनकाल देखि रहदै आएको र बिचमा बिबिध कारण हराउने स्थिति आएता पनि अहिले फेरि पुनर्जागरण भएर आउनु हामी सबैको लागि खुशिको खबर भएको बताए । अहिले हामि ढुङ्गे युगमा नभएर ए. आइ. को जमानामा आईसकेको अवस्थामा यि हाम्रो लिम्बुको पहिचान संग सम्बन्धित सम्पुर्ण कार्यहरु द्रुत गतिमा बढाउन वेन्सा चुम्भोको सकृयता देख्न पाउदा अत्यान्तै गौराम्बित भएको बताए । मन्तब्यकै क्रममा आफ्नै बिगतका अनुभवहरुबाट आफैले धेरै पाठ सिकेको र बिषेस गरि भाषा अत्यान्तै महत्वपुर्ण हुने भएकोले हाल वेन्सा चुम्भोले यि बिषयहरुलाई बिषेस प्रथमिकतामा राखेर आफ्नो कार्यहरु बढाउदै आएकोमा संस्थाका अध्यक्ष श्रीमति हाङ्मा लावति लगाएत सम्पुर्ण वेन्सा चुम्भोका सदस्यहरुलाई हार्दिक बधाइ तथा शुभकामना ब्यक्त गरेका थिए ।

किरात याक्थुङ चुम्लुङ युकेका केन्द्रिय अध्यक्ष श्रीमति कमला सेन्दाङ लिम्बुले कार्य ब्यस्तताका कारण यस कार्यक्रममा भौतिक रुपले उपस्थिति जनाउन नसकेता पनि आउने दिनहरुमा सदाबहार वेन्सा चुम्भोलाई सल्लाह, सुझाव, र सहयोग गर्न कुनै पनि कसरत बाँकि नराख्ने सन्देश पठाउनुका साथै उक्त सन्देशमा हाम्रो संस्कृतिलाई संरक्षण र प्रवर्दन गर्नको लागि केःलाङ प्रशिक्षण कार्यको प्ररम्भ वेन्सा चुम्भोले पर्दापर्ण गरेको शुभवसरमा सम्पुर्ण वेन्सा चुम्भोका सदस्यहरु प्रति हार्दिक बधाइ तथा शुभकामना दिदै कृतज्ञता प्रकट गरेकि थिइन ।

कार्यक्रमको अन्त्यमा संस्थाका अध्यक्ष श्रीमति हाङ्मा लावतिले यस कार्यक्रमको उदेश्य हामि प्रवासमा बसोबास गर्नु परेता पनि हाम्रो मौलिक संस्कार संस्कृतिलाई जिवन्त राख्न लिम्बु भाषा, लिपि, संस्कारलाई लोप हुनबाट रोक्न र अझ युवा बर्गलाई प्रोत्साहन गर्न यो केःलाङ प्रशिक्षण राखिएको बताइन । वेन्सा चुम्भोले भाषा लिपिको संरक्षण र प्रवर्दन पनि त्यतिकै तिब्र गतिमा अगाडि बढाईएको जानकारी गराइन । आजको केःलाङ प्रशिक्षण कार्यक्रममा उपस्थित प्रमुख अतिथि लगाएत अतिथिजनहरु, यस कार्यक्रमलाई सफल बनाउन भुमिका निभाउने सम्पु्र्ण वेन्सा चुम्भोका सदस्यहरु, यस भब्य कार्यक्रममा सहभिता जनाउने प्रशिक्षक ज्युहरु, प्रशिक्षार्थिहरु लगाएत सम्पुर्ण उपस्थित मान्यजनहरुलाई हार्दिक धन्यबाद दिदै कार्यक्रम समापन गरेकी थिईन ।

धन्यबाद । सेवारो ।

नर थाम्सुहाङ ।

मिडिया संयोजक ।

किरात याक्थुङ चुम्लुङ युके

Facebook
Twitter
LinkedIn
WhatsApp

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get Curated Post Updates!

Sign up for my newsletter to see new photos, tips, and blog posts.