किरात याक्थुङ चुम्लुङ युकेको बार्षिक कार्यक्रम अन्तर्गत च्यारिटी डिनर नाईट – २०२४ सम्पन्न ।

Date: 01 JUN 2024 | The Empire Hall, Aldershot, Hampshire, England, UK किरात याक्थुङ चुम्लुङ युकेको बार्षिक कार्यक्रम अन्तर्गत च्यारिटी डिनर नाईट – २०२४ सम्पन्न । याक्थुङ/लिम्बु समाजको प्रचलित संस्कार, संस्क्रीती, रितिरिवाज र पराम्पराको >>>

Date: 01 JUN 2024 | The Empire Hall, Aldershot, Hampshire, England, UK

किरात याक्थुङ चुम्लुङ युकेको बार्षिक कार्यक्रम अन्तर्गत च्यारिटी डिनर नाईट – २०२४ सम्पन्न ।

याक्थुङ/लिम्बु समाजको प्रचलित संस्कार, संस्क्रीती, रितिरिवाज र पराम्पराको एक अंश भईपरी आएको बेला सगाउनी(Donation)दिने रितिथितीलाई बिश्वब्यपीकरणको परीबर्तनशिल लिम्बु समाजको आशयलाई मध्यजर गरी कियाचु युकेका सदस्य कल्याणकोष अभिबृध्दिका लागि आयोजित कार्यक्रम याक्थुङ चुम्लुङ युकेको बार्षिक कार्यक्रम अन्तर्गत च्यारिटी डिनर नाईट आयोजना गर्ने कार्यमा यस् बर्ष पनि सब्य र भब्यका साथ सम्पन्न भएको छ ।

यस् आयोजित कार्यक्रमको लागि युके भरी बिभिन्न ठाउँमा बसोवास गर्ने ब्यापारी, ब्यबसायी र मनका धनी लिम्बु तथा गैर लिम्बु ब्यक्तित्व बर्ग र बिभिन्न संघ सँस्थाका पदाधिकारी ज्युहरुले आ-आफ्नो क्षमता अनुसार ह्रिदय देखी नगद र जिन्सीहरु प्रायोजन गर्नु भएको थियो । उहांहरुको ह्रिदयगत सहयोगी भावनाको लागि मेरो ब्यक्तीगत र किरात याक्थुङ चुम्लुङ युकेको तर्फबाट हार्दिक लुङ्मेन्दिङ नमनका साथ धन्यबाद यरिक यरिक नोगेन ब्यक्त गरिन्छ र उहाँहरुको संघ सँस्था, ब्यापार र ब्याबसयमा अझ उन्नती र प्रगतीको पनि हार्दिक शुभकामना पनि व्यक्त गरीएको थियो ।

यो कार्यक्रमलाई सफल बनाउन बिशेष याक्थुङ/लिम्बुहरुको (थरगत सँस्था) सयङ समिति र ब्यक्तित्व ज्युहरु त्यसै गरि सयौं हातहरु रहने क्रममा कियाचु युकेका सल्लाहकार, संरक्षक, आजीवन सदस्यहरु, १६ ओटै शाखा अध्यक्ष र कार्यसमिती तथा क्षेत्रिय प्रतीनिधीहरु, थामेङ्दिमा, माङेना चुम्लुङ, याक्थुङ कुसा चुम्भो, र सम्पूर्ण प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा लम्किएका हातहरुलाई आयोजक कमिटी र कियाचु युकेको केन्द्रीय कार्यसमितीको तर्फबाट लुङ्मेन्दिङ नमन र हार्दिक आभार पनि ब्यक्त गरीएको थियो ।

कियाचु युकेका सदस्य कल्याणकोष अभिबृध्दिका लागि आयोजित कार्यक्रमको आमन्त्रित तथा सफल बनाउन गरिमय उपस्थित प्रमुख अथिती गैर आवासीय नेपाली संघ यूके ( NRNA UK) का अध्यक्ष श्री प्रेम गाह मगर ज्यु, बिशेष अथितिमा आदिवासी जनजाति महासंघ बेलायत अध्यक्ष श्री कमान सिङ शेर्पा (कर्म पहाडी) र अन्य अथितीमा किरात राई यायोख्खा यूके, किरात सुनुवार सेवा समाज यूके, किरात याक्खा छुम्मा यूके, तमु धिं. यूके, थकाली सेवा समाज यूके, सृजशील नेपाली समाज यूके, धनकुटा समाज यूके, Prop. Mr Bhai Raja Thapa | Hampshire Accoutants तथा सम्पूर्ण अथिती गणहरुलाई प्रती हार्दिक आभर प्रकट गरीएको थियो ।

यस कार्यक्रमको सांस्कृतिक कार्यक्रम सन्चालक केन्द्रीय सह-सचिव श्रीमति सानु सुब्बा, केलाङ कलाकारहरुमा ग्रेटर रसमोर शाखा तथा अन्य शाखाका सदस्यहरु, गायकगायिकामा नेपालबाट पाल्नु भएका रुपक डोटेल, जिवन कुमार केदेम, स्थानीय गायिका कला चेम्जोङ र कोलचेस्टर शाखाका स्थानीय नृत्यमा सुश्री पुनम लिम्बुको बेतोड़ प्रस्तुति थियो । यस कार्यक्रममा नेपाली कलाकारहरुलाई Token of Love and Appreciation of Certificate केन्द्रीय अध्यक्षको बाहुलीबाट प्रदान गरिएको थियो । सम्पूर्ण पाहुन सम्मान र सत्कारको लागि उपाध्यक्षदोय श्री यदुचन्द्र लाओती, श्रीमति अमृता पालूँवा, बिदेशी बिभाग प्रमुख श्रीमति कमला लिम्बु र थामेन्दीङमा समितिका दिदिबहिनिहरु तथा शाखाको सकृया सदस्य दिदिहरु, अर्थ बिभागमा संस्थाका कोषाध्यक्ष दिपेन्द्र याक्सो तथा कार्यक्रम संयोजक, नर सब्नेहिम र जिवन मादेन, पाहुनहरूको रेखदेखमा रहनु भएको थियो ।

यस कार्यक्रमको अर्को आकार्षक भौतिक सामाग्रीहरुको अक्सन (AUCTION) रेहेकोमा यस अक्सनको सन्चालन केन्द्रिय उपाध्यक्षदोय श्री खगेन्द्र लाओती र श्री सन्त हु चोंङबाङ साथमा बिदेशी बिभाग प्रमुख श्रीमति कमला लिम्बु ज्युहरुले सन्चालन गरी भब्य मनोरन्जन दिलाउनु भएको थियो र कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष श्री नरबिर अङबो र संयोजक कोषाध्यक्ष श्री दिपेन्द्र याक्सो ज्यु हुनु हुन्थ्यो । सम्पूर्ण कार्यक्रम सन्चालन केन्द्रीय महासचिव श्री जुरेन्द्र खजुमले गर्नु भएको थियो ।

यरिक यरिक नोगेन ।

जय किरात याक्थुङ चुम्लुङ युके !!!

Facebook
Twitter
LinkedIn
WhatsApp

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get Curated Post Updates!

Sign up for my newsletter to see new photos, tips, and blog posts.