किरात याक्थुङ चुम्लुङ युकेको ग्रेटर लण्डन शाखा द्वारा बलिहाङ तङ्नाम २०२४ भब्यताका साथ सम्पन्न ।

किरात याक्थुङ चुम्लुङ युकेको ग्रेटर लण्डन शाखा द्वारा बलिहाङ तङ्नाम २०२४ भब्यताका साथ सम्पन्न । गत तारिख १९ अक्टोबर २०२४ सालका दिन किरात याक्थुङ चुम्लुङ युकेको ग्रेटर लण्डन शाखाले बलिहाङ तङ्नाम भब्यताका साथ सम्पन्न गर्‍यो >>>

किरात याक्थुङ चुम्लुङ युकेको ग्रेटर लण्डन शाखा द्वारा बलिहाङ तङ्नाम २०२४ भब्यताका साथ सम्पन्न ।

गत तारिख १९ अक्टोबर २०२४ सालका दिन किरात याक्थुङ चुम्लुङ युकेको ग्रेटर लण्डन शाखाले बलिहाङ तङ्नाम भब्यताका साथ सम्पन्न गर्‍यो । उक्त कार्यक्रमको अध्यक्षता शाखा अध्यक्ष श्री डम्बर लिबाङ ले गर्नु भएको थियो भने प्रमुख अतिथिको आषन केन्द्रिय अध्यक्ष श्रीमती कमला सेन्दाङ लिम्बु ज्युले गर्नु भएको थियो । बिशिष्ट अतिथिमा केन्द्रिय सल्लहाकार श्री इश्वर आङ्बुहाङ तथा श्रीमती नर कुमारी लिम्बु ज्युको उपस्थिति रहेको थियो। याक्थुङ समाजमा बलिहाङ तङ्नाम प्रतिको एउटा विश्वाश छ जुन विश्वाशलाई आत्मासाथ गरेर विश्वको बिभिन्न स्थानमा रहेर पनि यो पर्वलाई हामीले मान्दै आएका छौ ।

यस बर्षको बलिहाङ तङ्नामको कार्यक्रममा ग्रेटर लण्डन शाखामा बसोबास गर्ने याक्थुङ्बा समाज मात्र नभएर यस स्थानमा स्थापित अन्य जातिय छेत्रीय संघ संस्थामा आवद्द नेपाली दाजुभाइहरुको पनि उल्लेख्य उपस्थिति रहेको थियो । यस बलिहाङ तङ्नामको अवशरमा किरात याक्थुङ चुम्लुङ युकेको आजिवन सदस्यता लिने दर्जनौ सदस्यहरुलाई प्रमाणपत्रको साथ समान गरिएको थियो । याक्थुङ्बा जातिहरु विश्वाको जुनसुकै मुलुकमा रहेता पनि हाम्रो आफ्नो पहिचान, संस्कार संस्कृतिलाई जीवन्त राख्न केलाङ, यालाङ जस्ता सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो भने लारिङ्गखेक, नाम्लिङ्खेक कार्यक्रम श्री पदम सम्बाहाङ्फेको नेत्रित्वमा सम्पन्न गरिएको थियो ।

स्रोत संकलन: ग्रेटर लण्डन शाखा ।

नर थाम्सुहाङ । KYC UK, MEDIA

Facebook
Twitter
LinkedIn
WhatsApp

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get Curated Post Updates!

Sign up for my newsletter to see new photos, tips, and blog posts.