किरात याक्थुङ चुम्लुङ युकेको Berkshire (Reading) शाखामा बलिहाङ तङ्नाम तथा वार्षिक भेटघाट भब्यताका साथ सम्पन्न ।

किरात याक्थुङ चुम्लुङ युकेको Berkshire (Reading) शाखामा बलिहाङ तङ्नाम तथा वार्षिक भेटघाट भब्यताका साथ सम्पन्न । गत तारिख 26th October 2024 सालका दिन Berkshire (Reading) शाखाले बलिहाङ तथा वार्षिक भेटघाट कार्यक्रम अत्यान्तै हर्षोउल्लासका साथ सम्पन्न >>>

किरात याक्थुङ चुम्लुङ युकेको Berkshire (Reading) शाखामा बलिहाङ तङ्नाम तथा वार्षिक भेटघाट भब्यताका साथ सम्पन्न ।

गत तारिख 26th October 2024 सालका दिन Berkshire (Reading) शाखाले बलिहाङ तथा वार्षिक भेटघाट कार्यक्रम अत्यान्तै हर्षोउल्लासका साथ सम्पन्न गर्‍यो ।

शाखाका अध्यक्ष श्री चन्द्र तुम्बाहाङ्फे ज्युले अध्यक्षता गर्नुभएको कार्यक्रममा प्रमुख अतिथी किरात याक्थुङ चुम्लुङ युकेको केन्द्रिय अध्यक्ष श्रीमती कमला सेन्दाङ लिम्बु ज्युले आषन गर्नु भएको थियो । उक्त कार्यक्रममा कियाचु युकेका पुर्व सल्लाहकार श्रीमती नर कुमारी लिम्बु शाखाका पुर्व अध्यक्ष श्री चुडाकर्न थाम्सुहाङ, Reading थामेन्दिङ्मा शाखाका अध्यक्ष राधा लिम्बु, कोषाध्यक्ष गौरी लिम्बु, किरात समाज रेडिङका अध्यक्ष L.B. लिम्बु, राष्ट्रिय कलाकारहरु सुनिता थेगिम, गंगा फ्याक, ब्रबिन शेर्माको उपस्थिती रहेको थियो ।

यस भब्य समारोहमा औपचारिक कार्यक्रम संस्थाका सचिवले संचालन गर्नु भएको थियो भने साँस्कृतिक कार्यक्रम सदस्य श्री पदम सुब्बाले संचालन गर्नु भएको थियो । लोकप्रिया गायिका सुनिता थेगिम लगाएर अन्य राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती रहेको थियो भने स्थानिय कलाकारहरुले केलाङ, यालाङको उत्कृष्ट प्रस्तुती दिनु भएको थियो ।

कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि कियाचु युकेका केन्द्रिय अध्यक्ष श्रीमती कमला सेन्दाङ लिम्बु ज्युले आफ्नो मन्तब्यको क्रममा बलिहाङ तङ्नामको महत्व बारे दर्सौदै हामी जुनसुकै मुलुकमा रहेता पनि लिम्बु जातिको भाषा, लिपी, संस्कार, संस्कृतिलाई जिवित राखेर हाम्रो पहिचानलाई सधैं कायम राख्नु हामी सबैको कर्तब्य हो भन्ने धारणा राख्नु भएको थियो ।

स्रोत संकलन: Berkshire (Reading) शाखा ।

नर थाम्सुहाङ | कियाचु यूके मेडिया

Facebook
Twitter
LinkedIn
WhatsApp

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get Curated Post Updates!

Sign up for my newsletter to see new photos, tips, and blog posts.