किरात याक्थुङ चुम्लुङ युके बेजिङ्स्टोक शाखाले चासोक तङ्नाम २०२४ भब्यताका साथ मनायो ।

गत तारिख शनिबार १४ डिसेम्बर २०२४ का दिन बेजिङस्टोक निवासी लिम्बू समुदाय ले लिम्बुहरुको महान पर्व चासोक तङनाम भव्यताका साथ मनाएका छ्न। बेजिङस्टोक साखा अध्यक्ष शान्ति माया नाल्बो ज्यु को अध्यक्षता सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा >>>

गत तारिख शनिबार १४ डिसेम्बर २०२४ का दिन बेजिङस्टोक निवासी लिम्बू समुदाय ले लिम्बुहरुको महान पर्व चासोक तङनाम भव्यताका साथ मनाएका छ्न। बेजिङस्टोक साखा अध्यक्ष शान्ति माया नाल्बो ज्यु को अध्यक्षता सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा के वाइ सि यु के का केन्द्रिय सचिव श्री महेश वनेम ज्युले उपस्थिति जनाउनु भएको थियो भने अतिथिजनहरुमा स्थानीय समाज बि एन सि का ओम गुरुङ ,किराँत राई यायोखा साखा अध्यक्ष शिबधोज राई ,के वाइ सि यु के का पुर्व केन्द्रिय अध्यक्षदय, तिल बिक्रम सम्बाहाम्फे, सुभास जबेगु , साखाका पुर्व अध्यक्ष लिङथेप, अमृता पालुङवा सबेनहिम, चन्द्र बेघा , रसमुर साखा का पुर्व अध्यक्ष व्यापारी जित मेनयाङ्बो र रिडिङ साखाको पुर्व सचिव एल बि सुब्बा , समाजसेवी निशा शर्मा , स्थानीय व्यापारी बल थापा लगाएतका उपस्थिती थियो ।

दिप प्रज्वलन बाट सुरुवात भएको औपचारिक कार्यक्रम संचालन सचिब धन माबो ले गरेका थिए भने स्वागत मन्तव्य उपाध्यक्ष ज्ञानेन्द्र मेन्याङ्बो ले राखे का थिए र हेल्थ एन्ड सेफ्टी जानकारी प्रीया लिङथेप ले दिएका थिइन । उक्त दिन समाज को वार्षिक साधरण सभा पनि भएको हुनाले साखाको प्रतिवेदन हरु प्रस्तुत गरिएको थियो । अनौपचारिक कार्यक्रम संचालन प्रीया लिङथेप र दिपा लिम्बू ले गरेको थियो स्थानीय कलाकार हरु द्वारा केलाङ,हाक्पारे र पालाम ले सभा बाधेका थिए भने नेपाल देखि आएका गायक ब्रबिन शेर्मा र गायिका गँगा फ्याक ले भरपुर मनोरंजन गराएका थिए । साथै राफल ड्र मा सबै को ध्यानाकर्षण बढेको थियो ।

बिहान १० बजे किराँत धर्म अनुसार कल्पना आङबुहाङ वाराङहाङ र चन्द्रकला लिम्बू द्वारा पुजापाठ बाट सुरुआत गरिएको कार्यक्रम रातको १० बजे सम्म चलेको थियो । साउण्ड सिस्टम मा दिलिप लिम्बू ले जिम्मा लिएको थियो ।

स्रोत संकलक: श्री बिजय लिङ्थेप बिजिङ्स्टोक ।

धन्यवाद । सेवारो ।

नर थाम्सुहाङ ।

मिडिया संयोजक

किरात याक्थुङ चुम्लुङ युके ।

Facebook
Twitter
LinkedIn
WhatsApp

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get Curated Post Updates!

Sign up for my newsletter to see new photos, tips, and blog posts.