किरात याक्थुङ चुम्लुङ युकेको कोल्चेस्टर शाखाले कक्फेक्वा तङ्नामा येले तङ्बे ५०८५ भब्यताका साथ मनायो ।

किरात याक्थुङ चुम्लुङ युकेको कोल्चेस्टर शाखाले कक्फेक्वा तङ्नामा येले तङ्बे ५०८५ भब्यताका साथ मनायो । गत १८ जनवरी २०२५ सालका दिन स्थान Greenstead Community Centre, Colchester मा किरात याक्थुङ चुम्लुङ युकेको कोलचेस्टर शाखाले याक्थुङ्बाहरुको प्रमुख >>>

किरात याक्थुङ चुम्लुङ युकेको कोल्चेस्टर शाखाले कक्फेक्वा तङ्नामा येले तङ्बे ५०८५ भब्यताका साथ मनायो ।

गत १८ जनवरी २०२५ सालका दिन स्थान Greenstead Community Centre, Colchester मा किरात याक्थुङ चुम्लुङ युकेको कोलचेस्टर शाखाले याक्थुङ्बाहरुको प्रमुख चाँड कक्फेक्वा तङ्नाम तथा येले तङ्बे ५०८५ को उपलक्षमा भब्य कार्यक्रमको आयोजना गर्‍यो । शाखा अध्यक्ष श्री सोम प्रशाद हुक्पाचोङ्बाङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिमा केन्द्रिय अध्यक्ष श्रीमती कमला सेन्दाङ लिम्बुले उपस्थिती जनाउनु भएको थियो भने अतिथिजनहरुमा क्रमश: किरात याक्थुङ चुम्लुङ नेपालका पुर्व उपाध्यक्ष समाजसेवी श्रीमती नर कुमारी लिम्बु, स्थानिय नेपाली समाजका प्रतिनिधिहरुको उपस्थित रहेको थियो ।

कोल्चेस्टर शाखाले प्रत्येक बर्ष आयोजना गर्दै आएको कक्फेक्वा तङ्नाम येले तङ्बेको कार्यक्रममा याक्थुङ्बाहरुको संस्कार सन्स्क्रिती, भेषभुशालाई संसक्षण र प्रबर्दन गर्नको लागि आफ्नो साँस्कृतिक पोशाक प्रतियोगिता आयोजना गर्ने कार्यलाई निरन्तरता दिएको थियो भने उक्त प्रतियोगिताको निर्णयकमा प्रमुख अतिथी लगाएत तुतुगेन तुम्याहाङ्हरुको उपस्थिती रहेको थियो । दर्जनौ युवा युवतिहरुले यस प्रतियोगितामा सहभागिता जनाएर कार्यक्रमको महोल उत्कर्षमा पुर्याएका थिए भने प्रतियोगिहरु मध्ये बिजेता छान्न अत्यान्तै कठिन् भएको थियो । अन्ततगोत्व प्रमुख अतिथी लगाएत तुतुगेन तुम्याहाङ्हरुको सामुहिक निर्णयमा युवा तर्फबाट श्री दियन हुक्पाचोङ्बाङ लाई र युवती तर्फबाट सुश्री मिसन तुम्बाहाङ्फे लिम्बु लाई लागि बिजयी घोषणा गरिएको थियो ।

यस कार्यक्रममा प्रतिभावना विद्यार्थी नानीहरु तथा समाजमा उल्लेख्य योगदान गर्ने महानुभावहरुलाई सम्मान गरिएको थियो भने लोकप्रिय बहु प्रतिभावना कलाकार श्री नरेश तुम्बाहाङ्फे लगाएत स्थानिय कलाकारहरुको बिजोड प्रस्तुती रहेको थियो । यस सांगितिक कार्यक्रममा यालाङ, केलाङ, हाक्पारे ख्यालीमा हर्षोउल्लासका मनोरन्जन लिएका थिए ।

प्रमुख अतिथी किरात याक्थुङ चुम्लुङ युकेका केन्द्रिय अध्यक्ष श्रीमती कमला सेन्दाङ लिम्बु ज्युको मन्तब्यको क्रममा कक्फेक्वा तङ्नामको पौराणिक कथामा उल्लेख भए बमोजिमा यस सृस्‍टिको अन्तिम एक टुक्रा मानव भएको जस्ले यस सृस्‍टिमा जीवन र जगतलाई पूर्णता बनाएको उल्लेख गरिन । कक्फेक्वा तनङ्नाम लिम्बु समुदायको साँस्कृतिक जग भएको जसले उत्सब मात्र नभएर अध्यात्मिक सम्बन्ध, प्रक्रिती प्रती सम्मान र सम्रिद्दी, खुशी र दिर्घायुले भरिएको भबिश्यको सामुहिक आकाँक्षा पनि हो भन्ने धारणा राख्नु भएको थियो ।

अन्त्यमा शाखा अध्यक्ष श्री सोम प्रशाद हुक्पाचोङ्बाङ ज्युले यस महत्वपूर्ण तङ्नाममा आमन्त्रित पहुना लागाएत स्थानिय नेपाली समाजका प्रतिनिधिहरु, बिशेष गरी कोल्चेस्टर निवासी लिम्बु दाजुभाइ तथा दिदिबहिहरुलाई यस महत्पूर्ण कार्यक्रममा सभागिता जनाइ कक्फेक्वा तनङ्नाम तथा येले तङ्बे ५०८५ लाई भब्यताका साथ सफल बनाउन भूमिका निभाउनु भएकोमा हार्दिक धन्यवाद दिदै सम्पूर्ण कार्यक्रम समापन गर्नु भएको थियो ।

धन्यवाद । सेवारो ।

स्रोत संकलन: किरात याक्थुङ चुम्लुङ युके कोल्चेस्टर शाखा ।

नर थाम्सुहाङ ।

मिडिया संयोजक ।

किरात याक्थुङ चुम्लुङ युके

Facebook
Twitter
LinkedIn
WhatsApp

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get Curated Post Updates!

Sign up for my newsletter to see new photos, tips, and blog posts.