Date: 20 January 2024, KYC UK, Colchester Branch, England, UK. मानब सभ्यता सगै प्राकृतिक सेवकबाट सुरुवात भएको प्रकृतिक पूजक समाज भित्र एक मुख्य एक जातीमा लिम्बु पर्ने गर्दछ। त्यसो भएको हुँदा लिम्बु भाषाबाट सम्बोधित कक्फेक्वा तङ्नाम(माघे >>>

Date: 20 January 2024, KYC UK, Colchester Branch, England, UK. मानब सभ्यता सगै प्राकृतिक सेवकबाट सुरुवात भएको प्रकृतिक पूजक समाज भित्र एक मुख्य एक जातीमा लिम्बु पर्ने गर्दछ। त्यसो भएको हुँदा लिम्बु भाषाबाट सम्बोधित कक्फेक्वा तङ्नाम(माघे संक्रान्ती नेपाली राष्ट्रिय चाड-२०८०)तरुल, भ्यकुर, कन्दमुल र फलफुल प्राकृतिक स्रोत र उत्पादनको पिष्टभुमी सँग जोडीएको यस् तङ्नामलाई लिम्बु समाजले किराती नयाँ बर्ष येले तङ्वे – २०८४ यस बर्ष तथा नयाँ बर्षको शुभ आरम्भमा साथ सार्थै शुभ अवसरमा कक्फेक्वा तङ्नाम मनाउने पराम्परा रही आएको छ ।
यसै सन्दर्भ अन्तर्गत किरात याक्थुङ चुम्लुङ युके, कोल्चेस्टर शाखाले वार्षिक रूपमा यस बर्ष शाखाको कक्फेक्वा तङ्नाम – २०२४ (२०८०) सब्य र भब्यताका साथ सम्पन्न भएको थियो। यस् शाखाले आयोजना गरेको तङनाममा चुम्लुङ युकेको केन्द्रीय अध्यक्ष श्री नरबिर आङ्बो ज्युलाई प्रमुख अथितीको निमन्त्रणा गरीएकोमा कार्यक्रममा सहभागीताको लागि उहाँको प्रतीनिधी केन्द्रीय महासचिव श्री जुरेन्द्र खजुमलाई प्रमुख अथिती ग्रहण गराई सम्मान र सत्कार प्रदान गरी दिनु भएकोमा शाखाका आयोजक ज्युहरुलाई हार्दिक धन्यवाद तथा आभार प्रकट गरिन्छ ।
यस् कार्यक्रमलाई सफल बनाउन बहुसंख्या आमाबाबा,दाजुभाइदिदीबहिनीहरुको नैतीक, आर्थिक र सहभागीताले कार्यक्रमको माहोल अत्यन्तै हर्षपूर्ण र कियाचु यूकेका कलाकार तथा गायक श्री भक्ति आँदेम्बे ज्युको हाक्पारे साम्लो र स्थानीय कलाकार नानीहरूको सांगितिक प्रस्तुतीले कार्यक्रम मझबुत टेवा मिलेको थियो र केलाङ र यालाङहरूको प्रस्तुतीले थप कार्यक्रम मनोरन्जनलाई साथ मिलेको थियो । तङ्नामको कार्यक्रम सन्चालन शाखाका सचिव श्री मुक्ती लिम्बु ज्युले गरेका थिए। भने तङ्नाम समारोहको अध्यक्षता शाखा अध्यक्ष श्री देउमान माङदेन ज्यु हुनु हुन्थ्यो। कार्यक्रमको स्वागत मन्तब्य शाखाका नवनिर्वाचित अध्यक्ष श्री सोम हुक्पा चोङ्बाङ ज्युले गर्नु भएको थियो। कक्फेक्वा तङ्नामको बिसयमा केन्द्रीय सल्लाहकार श्री चितराज हुक्पा चोङ्बाङ र शाखा समितिका सदस्य ज्युहरूले मन्तव्य दिनु भएको थियो । यस शाखाबाट आयोजित तङनामलाई सफल बनाउन केन्द्रीय सह सचिव सानु सुब्बा र सदस्य डम्बर चोङ्बाङ ज्युका साथ सम्पूर्ण शाखाका कार्यसमितीको अग्रसरताले कार्यक्रम सम्पन्न भएको थियो |
तर यस बर्ष कक्फेक्वा तङ्नामको शुभ अवसर संगै शाखाको तेस्रो अधिवेशन पनी सम्पन्न भएको थियो। नयाँ निर्वाचित अध्यक्ष श्री सोम हुक्पा चोङ्बाङ लगायत सम्पूर्ण नवनिर्वाचित शाखा समिति प्रति सफल कार्यकालको लागि अग्रिम शुभ कामना व्यक्त गारिन्छ।



