किरात याक्थुङ चुम्लुङ युके,ग्रेटर लण्डन (जेष्ठ) शाखाको संयोजक्त्वमा मौलिक पर्व यक्वा तङनाम भव्यताका साथ सम्पन्न । kk

किरात याक्थुङ चुम्लुङ युके,ग्रेटर लण्डन (जेष्ठ) शाखाको संयोजक्त्वमा मौलिक पर्व यक्वा तङनाम भव्यताका साथ सम्पन्न । गत सनिवार १९ अप्रिल २०२५ सालका दिन स्थान फेल्थाम स्थीत स्प्रीङगेष्ट एकेडमीको सभाहलमा किरात याक्थुङ चुम्लुङ युके ग्रेटर लण्डन >>>

किरात याक्थुङ चुम्लुङ युके,ग्रेटर लण्डन (जेष्ठ) शाखाको संयोजक्त्वमा मौलिक पर्व यक्वा तङनाम भव्यताका साथ सम्पन्न ।

गत सनिवार १९ अप्रिल २०२५ सालका दिन स्थान फेल्थाम स्थीत स्प्रीङगेष्ट एकेडमीको सभाहलमा किरात याक्थुङ चुम्लुङ युके ग्रेटर लण्डन (जेष्ठ) शाखाको संयोजक्त्वमा यक्वा तङ्नाम कार्यक्रम भब्यताका साथ सम्पन्न भयो । शाखा अध्यक्ष श्री कुलकेशर सेनेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथिको रुपमा किरात याक्थुङ चुम्लुङ युकेका केन्द्रिय अध्यक्ष श्रीमति कमला सेन्दाङ लिम्बुले उपस्थिति जनाएकी थिईन भने अतिथिजनहरुमा नेपाल पत्रकार महासंघ बेलायतकी अध्यक्ष श्रीमति बिमला सेने, समाजसेवी श्रीमति नर कुमारी लिम्बु, श्री छत्रसिङ तेयुङ, श्री खगेन्द्र सेनेहाङ, श्री राम पोमु, श्री राम इजम, पुर्ण बोख्खिम लगाएत दर्जनौ मान्यजनहरुको उपस्थिति रहेको थियो ।

शाखा सचिव श्री पदम फागो चोङ्बाङ्ले संचालन गरेको कार्यक्रममा शाखाका उपाध्यक्ष सुस्मिता कन्दङ्वाले स्वागत मंतब्य राखेकी थिईन भने यक्वा तङ्नामको बारेमा अर्का उपाध्यक्ष श्री दिपेन्द्र लोक्समले लिम्बु समुदायमा अन्नबाली रोप्ने बेलामा अन्नबालि राम्रो फलोस फुलोस भनेर भुमिपुजा (उभाउली पुजा) गरिने पर्वको रुपमा यक्वा तङ्नाम मानिने बताए । यस कार्यक्रममा नेपाल पत्रकार महासंघ बेलायतको पहिलो महिला अध्यक्षमा निर्वाचित हुनु भएकोमा श्रीमती बिमला सेनेलाई बिषेस सम्मान गरिएको थियो भने शाखाका संस्थापक सदस्यहरुलाई सम्मान पत्र, आजिवन सदस्य तथा नयाँ सदस्यहरुलाई प्रमाण पत्र, शैक्षिक क्षेत्रमा प्रगति उन्नति गर्ने हरुलाइ प्रमाण पत्र, प्रदान गरिएको थियो ।

सांस्कृतिक बिभागका प्रमुख कला चेम्जोङ्ले संचालन गरेको कार्यक्रममा धान नाँच, च्याब्रुङ नाँच लगाएत अन्य साँस्कृतिक गीत संगीतहरु समेटिएको कार्यक्रममा उपस्थित सम्पुर्ण सदस्यहरुले भरपुर मनोरन्जन लिएका थिए । मंतब्य राख्ने क्रममा नेपाल पत्रकार महासंघ बलायतकी अध्यक्ष श्रीमति बिमला सेनेले समग्रमा आदिबासी जनजातिहरु बिषेस गरि लिम्बु समुदायमा संचारमैत्रि नभएको गुनासो गर्दै आफ्ना बिचार राख्न कहिले पनि पछि नहट्न आग्रह गरिन । बिज्ञान प्रबिधिको बिकास संगै सामाजिक संजालहरुको बढ्दो प्रयोगले सुचना प्रवाहमा द्रुतगतिमा बढेपनि सुचनाको बिस्वासनियतामा ध्यान दिएरमात्र आफ्नो धारणा बनाउनु पर्ने बताइन ।

प्रमुख अथिति केन्द्रिय अध्यक्ष श्रीमति कमला सेन्दाङ लिम्बुले अहिलेको जमाना संचारको हो जस्ले सुचना, शिक्षा, मनोरन्जन, धारणा निर्माण लगाएत समाज बिकास र निगरानीकर्ताको भुमिका निभाउछ । यस्तो महत्वपुर्ण क्षेत्रको गरिमामय स्थानमा रहनु भएकी श्रीमति बिमला सेने ज्युले उहाँको कार्यकालमा ब्याक्ति, समाज र देशको लागि कसैको आग्रह र पुर्वाग्राह नपरि सत्यताको पक्षमा पत्रकारितालाई अगाडि बढाउन उहाँको भुमिका अत्यान्तै महत्वपुर्ण रहेको बताइन । किरात याक्थुङ चुम्लुङ युकेको मेरुडन्डको रुपमा बिकास हुदै आएको युवाबर्गको संस्था वेन्सा चुम्भोले लिम्बु समाजको संस्कार संस्कृतिलाई जिवन्त राख्न उधारणियि कार्य गर्दै आएकोले प्रसंशा गरेकी थिएइन । साथै ग्रेटर लण्डन शाखा किरात याक्थुङ चुम्लुङ युकेको अत्यान्तै महत्वपुर्ण शाखा भएको र यस शाखाले समाजसेवी श्री पुर्ण बोख्खिमको नेत्रित्वमा शाखाका केलाङ् समुहले सिसेक्पा तङ्नाममा पहिलो पुरस्कार जित्न सफल मात्र नभएर नेपाली मेलामा समेत सांस्कृतिक नृत्यमा प्रथम भई समग्र किरात याक्थुङ चुम्लुङ युकेको नामलाइ शिखरमा पुर्याउनु भएकोमा हार्दिक धन्यबाद तथा बधाइ दिएकी थिइन । मंतब्यको अन्त्यमा शाखा अध्यक्ष श्री कुलेशर सेने लगाएत सम्पुर्ण शाखाका सदस्यहरुमा निमन्त्रणाको लागि हार्दिक धन्यबाद दिदै यक्वा तङ्नामको शुभकामना ब्याक्त गरेकी थिइन ।

कार्यक्रमको अन्त्यमा शाखा अध्यक्ष श्री कुलकेशर सेनेले आमन्त्रित सम्पुर्ण पहुनाहरुलाइ उपस्थितिको लागि धन्यबाद दिएका थिए । यस बर्षको यक्वा तङ्नामलाइ सफल बनाउन आ-आफ्नो क्षेत्रबाट साथ सहयोग गर्नुहुने सम्पुर्ण ग्रेटर लण्डन शाखा (जेष्ठ) का सदस्यहरुलाई हृदयबाट धन्यबाद दिदै कार्यक्रम समापन गरेका थिए ।

धन्यबाद ।

नर प्रसाद थाम्सुहाङ ।मिडिया संयोजक

किरात याक्थुङ चुम्लुङ युके ।

Kirat Yakthung chumlung uk central@everyone

Facebook
Twitter
LinkedIn
WhatsApp

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get Curated Post Updates!

Sign up for my newsletter to see new photos, tips, and blog posts.