चासोक तङ्नाम २०२४ किरात याक्थुङ चुम्लुङ युके थुरोक शाखा द्वारा भब्यताका साथ सम्पन्न ।

चासोक तङ्नाम २०२४ किरात याक्थुङ चुम्लुङ युके थुरोक शाखा द्वारा भब्यताका साथ सम्पन्न ।

गत तारिख ३० नोवेम्बर २०२४ साल सनिवारका दिन लिम्बुहरुको प्रमुख चाँड चासोक तङ्नाम बेलायतमा स्थापित किरात याक्थुङ चुम्लुङ युकेको थुरोक शाखाले हर्षोउल्लासका साथ मनायो । शाखा अध्यक्ष श्री लक्षी प्रशाद लिबाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी किरात याक्थुङ चुम्लुङ युकेका केन्द्रिय अध्यक्ष श्रीमती कमला सेन्दाङ लिम्बु ज्यु ले उपस्थिती जनाउनु भएको थियो भने अतिथिजनमा केन्द्रिय उपाध्यक्ष श्री सान्त कुमार हुक्पाचोङ्बाङ, समाजसेवी श्रीमती नर कुमारी लिम्बु, संघिय लोकतान्त्रिक राष्ट्रिय मंच युकेका अध्यक्ष श्रीमती शर्मिला हुक्पाचोङ्बाङ लगाएत राष्ट्रिय कलाकारहरुको उपस्थिती रहेको थोयो भने औपचारिक कार्यक्रम संस्थाका सचिव श्री गम्भिरधोज तुम्बाहाङ्फे ज्युले संचालन गर्नु भएको थियो।

कार्यक्रमको पहिलो चरणमा फेदाङ्मा गौरिमाया तथा लोक बहादुर तेङ्बुङ थोप्रा द्वारा चासोक थिसोक कार्यक्रम बिधिवत रुपले गरिएको थियो भने उक्त कार्यक्रममा भक्तजनहरुले सामुहिक रुपले पूजा गरेका थियो ।

कार्यक्रमको दोस्रो चराण औपचारिक कार्यक्रमको सुरुवतमा प्रमुख अतिथी तथा अतिथिजनह्रुलाई च्याब्रुङको साथमा स्वागत गरिएको थियो । साथै उक्त कार्यक्रममा किरात याक्थुङ चुम्लुङ युके को बिभिन्न कार्यमा अतुलनिय योगदान गर्ने महानुभावहरु लगाएर शैक्षिक क्षेत्रमा प्रगती उन्नती गर्ने भाईबहिनिहरुलाई प्रमाण पत्रको साथमा सम्मान गरिएको थियो ।

तनङमको कार्यक्रममा राष्ट्रिय कलाकार श्री प्रबिण शेर्मा, गंगा फ्याक, तथा स्थानिय कलाकार भक्ती आङ्देम्बे द्वारा हाम्रो साँस्कृति झल्काउने यालाङ, केलाङ, हाक्पारे साम्लो गाएर मनोरन्जन दिलाएका थियो ।

कार्यकमको अन्त्यमा प्रमुख अतिथि कियाचु युकेका केन्द्रिय अध्यक्ष श्रीमती कमला सेन्दाङ लिम्बु ज्युले छोटो मन्तब्य राख्नु भएको थियो । मन्तब्यको क्रममा हामी लिम्बु जाती विश्वाको जुनसुकै मुलुकमा बसोबास गरेता पनि हामो भाषा, लिपी, संस्कार, संस्क्रिती, र पहिचानलाई जीवन्त राख्नु हामी सबैको कर्तब्य हो त्यसकारण हाम्रा चाँडपर्वहरु हामीले तन, मन, धन लगाएर हामीले दिल खोलेर भब्यताका मनाउनु पर्ने बताउनु भयो ।

धन्यवाद । सेवारो ।

स्रोत संकलन: किरात याक्थुङ चुम्लुङ युके थुरोक शाखा ।

नर थाम्सुहाङ ।

Media Coordinator

KYC UK

Facebook
Twitter
LinkedIn
WhatsApp

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get Curated Post Updates!

Sign up for my newsletter to see new photos, tips, and blog posts.