प्रतिभा नक्षत्रको छैटौं संस्करणमा किरात याक्थुङ चुम्लुङ युकेको सहभागिता ।

प्रतिभा नक्षत्रको छैटौं संस्करणमा किरात याक्थुङ चुम्लुङ युकेको सहभागिता । प्रतिभा नक्षत्रको छैटौं संस्करण गत १७ अगस्ट २०२५ मा लण्डनको St. George’s Garrison Church, Woolwich मा सम्पन्न भयो। कार्यक्रमको संयोजन अध्यक्ष कुमार श्रेष्ठले गर्नुभएको थियो >>>

प्रतिभा नक्षत्रको छैटौं संस्करणमा किरात याक्थुङ चुम्लुङ युकेको सहभागिता ।

प्रतिभा नक्षत्रको छैटौं संस्करण गत १७ अगस्ट २०२५ मा लण्डनको St. George’s Garrison Church, Woolwich मा सम्पन्न भयो। कार्यक्रमको संयोजन अध्यक्ष कुमार श्रेष्ठले गर्नुभएको थियो भने प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे रहनुभएको थियो।

कार्यक्रममा नेपाल बाट बेलायतको भ्रमणमा रहेका बिशिष्ट ब्यक्तिहरु लगाएत किरात याक्थुङ चुम्लुङ युकेका सांस्कृतिक विभाग प्रमुख भक्तिहाङ आङ्देम्बे, ग्रेटर लण्डन शाखाका अध्यक्ष डम्बर लिबाङ लगायत बेलायतमा स्थापित विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

यस महोत्सवको उद्देश्य नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण, प्रवर्द्धन तथा नयाँ पुस्तामा हस्तान्तरण गर्नु रहेको थियो। प्रतियोगिता बाल नक्षत्र र युवा नक्षत्र गरी दुई समूहमा सञ्चालन गरिएको थियो। साथै, विविध जातजातिका सांस्कृतिक नृत्यहरू समेत प्रस्तुत गरिएको थियो।

किरात याक्थुङ चुम्लुङ युकेको तर्फबाट सांस्कृतिक विभाग प्रमुख भक्तिहाङ आङ्देम्बेको नेतृत्वमा च्याब्रुङ (ढोल) नृत्य प्रस्तुत गरिएको थियो। उक्त प्रस्तुतिमा पुरुषतर्फ दिपक थक्लुङ, निश्चल आङ्बुहाङ, रुपेन पाहिम, कमल हुक्पाचोङ्बा र महिलातर्फ एलिसा आङ्देम्बे, शिवानी आङ्देम्बे, राधा फोम्बो, नमुना काम्बाङले सहभागिता जनाएका थिए। उनीहरूको प्रस्तुति अत्यन्तै आकर्षक र सराहनीय रह्यो।

त्यस्तैगरी, सेवारो कलाकार संघ युकेको तर्फबाट इन्दु पन्घाक इस्बोको नेतृत्वमा धान नाच प्रस्तुत गरिएको थियो।


प्रतियोगिताको नतिजा

बाल नक्षत्र

प्रथम: सुआग्या केसी

फस्ट रनर-अप: आसिया भट्टराई

सेकेन्ड रनर-अप: सुमिना लिम्बु (किरात याक्थुङ चुम्लुङ युके)

विजेताहरूले क्रमशः £500, £400, £300 नगद पुरस्कार, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे।

युवा नक्षत्र

प्रथम: इमाना गुरूङ

फस्ट रनर-अप: मनसुना सारु मगर

सेकेन्ड रनर-अप: डायमण्ड सारु मगर

उनीहरूले क्रमशः £700, £600, £500 नगद पुरस्कार, ट्रफी र प्रमाणपत्र प्राप्त गरे।

उक्त प्रतियोगिताका निर्णायक मण्डलमा डा. रक्षा थापा, सुशील प्रजापति, टंक धमला, किरण प्रधान र एलिना गुरूङ रहनुभएको थियो।

प्रमुख अतिथि चन्द्रकुमार घिमिरेले कार्यक्रमलाई सम्बोधन गर्दै, “नेपाली बालबालिकाले आफ्नो भाषा, संस्कृति र मौलिकता बिर्सन नपरोस् भन्ने उद्देश्यले यस्ता कार्यक्रमहरू आवश्यक छन्,” भनी उल्लेख गर्नुभयो।

कार्यक्रममा सुभकामना बेलायत भ्रमणमा रहनु भएका यात्री मिडिया प्रालिका प्रमुख एबम बरिष्ठ पत्रकार टिकाराम यात्रीले दिएका थिए। कार्यक्रम सञ्चालन लक्ष्मण श्रेष्ठ, राजेश बर्देवा र सिमिरा लामाले गर्नुभएको थियो। परिकल्पनाकार राजेन्द्र खसले यो संस्करणलाई ऐतिहासिक बनाएको बताउँदै आगामी वर्ष अझ परिष्कृत ढंगमा आयोजना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रमको स्वागत मन्तव्य संरक्षक मनिष श्रेष्ठले राख्नुभएको थियो। कार्यक्रमको अन्त्यमा अध्यक्ष कुमार श्रेष्ठले सम्पूर्ण आमन्त्रित अतिथि, सहभागी संघ–संस्था तथा कार्यक्रमलाई सफल बनाउन योगदान गर्ने सबै महानुभावप्रति हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो।

नर थाम्सुहाङ

मेडिया संयोजक

किरात याक्थुङ चुम्लुङ युके@everyone

Facebook
Twitter
LinkedIn
WhatsApp

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get Curated Post Updates!

Sign up for my newsletter to see new photos, tips, and blog posts.