सूचना तथा आब्हान

आदरणीय सम्पूर्ण कियाचु युकेका सल्लाकार ज्यूहरू, केन्द्रीय कार्यसमितिका पदाधिकारी ज्यूहरू, केन्द्रीय सदस्य ज्यूहरू, शाखा चुम्लुङ्का अध्यक्ष ज्यूहरू, संरक्षक एव आजीवन सदस्य ज्यूहरू, साथै तुतुगेन तुम्याहाङ ज्युहरु! लुङ्मेन्दिन सेवारो, उपरोक्त सम्बन्धमा अहिले कोरोनाभाइरस (कोभिड १९) को >>>

आदरणीय सम्पूर्ण कियाचु युकेका सल्लाकार ज्यूहरू, केन्द्रीय कार्यसमितिका पदाधिकारी ज्यूहरू, केन्द्रीय सदस्य ज्यूहरू, शाखा चुम्लुङ्का अध्यक्ष ज्यूहरू, संरक्षक एव आजीवन सदस्य ज्यूहरू, साथै तुतुगेन तुम्याहाङ ज्युहरु!

लुङ्मेन्दिन सेवारो,

उपरोक्त सम्बन्धमा अहिले कोरोनाभाइरस (कोभिड १९) को महामारीका कारण सिर्जित परिस्थितिमा सम्पूर्ण किरात याक्थुङ चुम्लुङ युकेका परिवारजनमा सुस्वास्थ्य र दीर्घायूको कामना गर्दछौ । यस दुःखद घडीमा एकआपसको सहयोगले सहारा मिल्ने विश्वास लिएका छौ ।

यदि कुनै समस्या परेको छ र हामीले पुर्याउन सक्ने सहयोग केही छ भने केन्द्रीय कार्यसमितिलाई सम्झन अनुरोध छ । हाम्रो गच्छेले भ्याएसम्म सहयोग गर्न हामी तत्पर छौ।

तपाईंहरूको जानकारीको लागि यस बर्षको मे महिना सम्मका सम्पूर्ण कार्यक्रमहरू रद्द गरिएको छ । यही आउँदो मे महिना २३ तारिक सिसेक्पा तङ्नाम २०२० को संयोजन बैठक पनि रद्द गरिएको छ। तर, यो संयोजन ४ जूनमा राखिएको जानकारी पनि दिन चाहन्छु । स्मरण रहोस् २०२० सालको सिसेक्पा तङ्नाम पनि अहिले कोरोनाभाइरस (कोभिड १९)को महामारिको अवस्थालाई मध्य नजर राखी जून महिनाको पहिलो हप्तामा के कसो गर्ने भन्ने बारेमा बिस्तृत रूपमा जानकारी दिनेछौँ । साथै कियाचुले आयोजन गर्न लागेको मिनी माराथुन पनि नगरिने जानकारी गराउदछु ।

तिलविक्रम सम्बाहाम्फे
अध्यक्षः कियाचु, युके

१२ अप्रिल २०२०

Facebook
Twitter
LinkedIn
WhatsApp

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get Curated Post Updates!

Sign up for my newsletter to see new photos, tips, and blog posts.