कि.या.चु. युके कोल्चेस्टर शाखाद्वारा कक्फेक्वा तङ्नाम भव्य रूपमा सम्पन्न

कि.या.चु. युके कोल्चेस्टर शाखाद्वारा कक्फेक्वा तङ्नाम भव्य रूपमा सम्पन्न ।

गत १७ जनवरी २०२६ का दिन बेलायतको Colchester मा कि.या.चु. युके कोल्चेस्टर शाखा ले कक्फेक्वा तङ्नाम (कुसङ येले तङ्बे ५०८६) भव्यताका साथ सम्पन्न गरेको छ।

शाखाकी अध्यक्ष राज कुमारी लिम्बु को अध्यक्षतामा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि कि.या.चु. युके केन्द्रिय उपाध्यक्ष सानु सुब्बा रहनु भएको थियो। कार्यक्रममा कि.या.चु. युके केन्द्रिय सल्लाहकार मेजर (रिटायर) चित्र हुक्पाचोङ्बाङ, निवर्तमान शाखा अध्यक्ष सोम हुक्पाचोङ्बाङ, Colchester नेपाली समाज का अध्यक्ष मेजर (रिटायर) उदय बहादुर गुरुङ, क्याप्टेन उमेश पुन, नरेश तुम्बाहाङ्फे, रिता मगर, भरत महत, कि.या.चु. युके सदस्य देउमान माङ्देन, शाखा सल्लाहकारहरू धन खजुम, भिम नेयङ, डम्मर हुक्पाचोङ्बाङ लगायत स्थानीय कलाकार र शाखाका सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रमको सञ्चालन शाखा सचिव मुक्ति हुक्पाचोङ्बाङ ले गर्नुभएको थियो। च्याब्रुङको साथमा अध्यक्ष राज कुमारी लिम्बु र प्रमुख अतिथि सानु सुब्बाले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। स्वागत मन्तव्य विष्णु लिम्बु ले राख्नुभएको थियो भने कक्फेक्वा तङ्नामको ऐतिहासिक पृष्ठभूमिबारे देउमान माङ्देनले संक्षिप्त जानकारी दिनुभएको थियो।

कार्यक्रममा शाखा सदस्यहरू, समाजमा योगदान पुर्‍याउने व्यक्तित्वहरू तथा शैक्षिक क्षेत्रमा GCSE, Bachelor र Masters तहमा सफलता हासिल गर्ने विद्यार्थीहरूलाई सम्मान पत्र वितरण गरिएको थियो। साथै, समाजप्रति अतुलनीय योगदान पुर्‍याउने निवर्तमान अध्यक्ष सोम हुक्पाचोङ्बाङ, पूर्व अध्यक्षहरू भिम नेयङ, देउमान माङ्देन, धन खजुम तथा मेजर (रिटायर) चित्रराज हुक्पाचोङ्बाङलाई नवनियुक्त अध्यक्षले सिलाम–साक्मासहित सम्मान गर्नुभएको थियो।

सांस्कृतिक कार्यक्रम छत्र हुक्पाचोङ्बाङ को नेतृत्वमा सम्पन्न भयो। केलाङ नृत्यमा पुनम लिङ्देननुमा तेयुङ लिम्बु को उत्कृष्ट प्रस्तुति रहेको थियो भने हाक्पारे साम्लोमा माइली ओख्राबो, बुधरानी लिङ्फुवा र साथीहरूको आकर्षक प्रस्तुति रहेको थियो।

विगतका वर्षझैँ यस वर्ष पनि मौलिक भेषभूषा प्रतियोगिता आयोजना गरिएको थियो। महिला तर्फ देशमाया लिम्बु र पुरुष तर्फ प्रभात लिम्बु तथा दियान लिम्बु ले उत्कृष्ट पहिरनको पुरस्कार प्राप्त गर्न सफल भए। साथै, मौलिक याक्थुङ खानपिन (हुक्वा) परिकारले कार्यक्रमस्थललाई याक्थुङ लाजे लिम्बुवान तथा मेलाहाट बजारको झल्को दिने गरी सुसज्जित बनाएको थियो।

कोल्चेस्टर नेपाली समाजका अध्यक्ष उदय बहादुर गुरुङले निमन्त्रणाका लागि धन्यवाद व्यक्त गर्दै कक्फेक्वा तङ्नाम तथा येले तङ्बे ५०८६ को शुभकामना व्यक्त गर्नुभयो। प्रमुख अतिथि सानु सुब्बाले प्राचीनकालदेखि लिम्बु समुदायले मनाउँदै आएको यस पर्वको सांस्कृतिक र ऐतिहासिक महत्वमाथि प्रकाश पार्नुभयो।

कार्यक्रमको अन्त्यमा अध्यक्ष राज कुमारी लिम्बुले प्रमुख अतिथि, अतिथिजन, समाजका अग्रज व्यक्तित्व तथा कि.या.चु. युके कोल्चेस्टर शाखाका सम्पूर्ण सदस्यहरूलाई उपस्थितिका लागि धन्यवाद व्यक्त गर्दै कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने कार्यसमितिका सबै सदस्यप्रति विशेष आभार प्रकट गर्नुभयो।

स्रोत: कि.या.चु. युके कोल्चेस्टर शाखा
रिपोर्ट: नर थाम्सुहाङ

Facebook
Twitter
LinkedIn
WhatsApp

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get Curated Post Updates!

Sign up for my newsletter to see new photos, tips, and blog posts.