लण्डन, बेलायत — किरात याक्थुङ चुम्लुङ यूके (KYC UK) को वार्षिक कार्यक्रम अन्तर्गत आयोजना हुँदै आएको प्रतिष्ठित फुटबल प्रतियोगिता १७औं यलम्बरहाङ फुटबल कप – २०२६ यही १८ अप्रिल २०२६, शनिबारका दिन KYC UK, Chumlungden, ME18 6ET मा सम्पन्न हुने भएको छ।

यस वर्षको प्रतियोगिताको संयोजक केन्द्रीय उपाध्यक्ष श्री राजेन लाबुङ रहनु भएको आयोजकले जनाएको छ। प्रतियोगितालाई सभ्य र भव्यताका साथ सम्पन्न गर्न व्यापक तयारी भइरहेको छ।

यलम्बरहाङ कप प्राचीन नेपालका संस्थापक राजा यलम्बर को सम्झनामा हरेक वर्ष आयोजना गरिँदै आएको छ। यस प्रतियोगिताले बेलायतभर रहेका लिम्बु दाजुभाइ दिदीबहिनी (याक्थुङबा/याक्थुङमा) बीच आपसी एकता, पहिचान र खेलकुदमार्फत सम्बन्ध सुदृढ गर्ने उद्देश्य राखेको छ।

आयोजक संस्थाले बेलायतभरीका लिम्बु समुदायसँगै गैर–लिम्बु नेपाली दाजुभाइ दिदीबहिनी, विभिन्न संघसंस्था, खेलप्रेमी तथा सम्पूर्ण नेपाली समाजलाई उक्त प्रतियोगितामा उपस्थित भई सहभागीता जनाई कार्यक्रम सफल बनाउन हार्दिक आग्रह गरेको छ।

“१७औं यलम्बरहाङ फुटबल कप – २०२६ लाई सफल बनाउन सम्पूर्ण समुदायको साथ र सहयोगको अपेक्षा गरेका छौं,” आयोजकले जनाएको छ।

Facebook
Twitter
LinkedIn
WhatsApp

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get Curated Post Updates!

Sign up for my newsletter to see new photos, tips, and blog posts.