चुम्लुङ युकेको ११ औं महाधिवेशन सम्पन्नः अध्यक्षमा कमला लिम्बु भारी मतले निर्वाचित ।

हन्स्लो, लण्डन | १४ सेप्टेम्बर २०२४, किरात याक्थुङ चुम्लुङ यूकेको अध्यक्षमा कमला कुमारी सेन्दाङ लिम्बु बहुमतले निर्वाचित हुनु भएको छ र निकटतम प्रतिस्पर्धी गणेश ईजमले धेरै मतको अन्तरालले पराजय भोगेको थियो। नवनिर्वाचित अध्यक्ष सेन्दाङले आफ्नो >>>

हन्स्लो, लण्डन | १४ सेप्टेम्बर २०२४,

किरात याक्थुङ चुम्लुङ यूकेको अध्यक्षमा कमला कुमारी सेन्दाङ लिम्बु बहुमतले निर्वाचित हुनु भएको छ र निकटतम प्रतिस्पर्धी गणेश ईजमले धेरै मतको अन्तरालले पराजय भोगेको थियो। नवनिर्वाचित अध्यक्ष सेन्दाङले आफ्नो प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो।

निर्वाचन मण्डलको अध्यक्षमा रिटायर्ड गोर्खा मेजर चितराज हुक्पा चोङबाङ, सचिव नर थाम्सुहाङ, सदस्यहरू रिटायर्ड लेप्टिनेन्ट सिरी साम्यो, श्रीमति दुर्गा पाङ्मा र कर्ण प्राङ्गदेन रहनुभएको थियो। निर्वाचन मण्डलका अध्यक्ष चोङ्बाङ्ले नवनिर्वाचित कार्यसमितिलाई लिम्बु भाषामा पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको थियो ।

नेपालको आदिवासी समुदाय लिम्बुहरु युकेमा आई बसोबास गर्नेको संख्या करिब १० देखी १५ हजार रहेको अनुमान छ । सन् २००३ मा स्थापित यस किरात याक्थुङ चुम्लुङ संस्थामा पहिलो पटक महिला अध्यक्ष निर्वाचित हुनु भएको हो । चुम्लुङको युके भरी १६ शाखाहरु रहेका छन भने २९०९ जना पंन्जिकृत सदस्य रहेका मध्ये ९४३ जनाले प्रत्येक्ष उपस्थित भई मतदान गरेका थिए । निर्वाचन प्रकृयाबाट नेतृत्व चयन गरेको यो तेस्रो पटक हो ।

Facebook
Twitter
LinkedIn
WhatsApp

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get Curated Post Updates!

Sign up for my newsletter to see new photos, tips, and blog posts.