Fund Raising Event 03 June 2023

  Date: 03 JUN 2023, Venue: KYC UK, Chumlungden, Yalding, Kent, UK किरात याक्थुङ चुम्लुङ युकेको बार्षिक कार्यक्रम अन्तर्गत च्यारिटी डिनर नाईट – २०२३ सम्पन्न। लिम्बु समाजको प्रचलित संस्कार, संस्क्रीती, रितिरिवाज र पराम्पराको एक अंश >>>

Date: 03 JUN 2023,

Venue: KYC UK, Chumlungden, Yalding, Kent, UK

किरात याक्थुङ चुम्लुङ युकेको बार्षिक कार्यक्रम अन्तर्गत च्यारिटी डिनर नाईट – २०२३ सम्पन्न। लिम्बु समाजको प्रचलित संस्कार, संस्क्रीती, रितिरिवाज र पराम्पराको एक अंश भईपरी आएको बेला सगाउनी(Donation)दिने रितिथितीलाई बिश्वब्यपीकरणको परीबर्तनशिल लिम्बु समाजको आशयलाई मध्यजर गरी कियाचु युकेका सदस्य कल्याणकोष अभिबृध्दिका लागि आयोजित कार्यक्रम याक्थुङ चुम्लुङ युकेको बार्षिक कार्यक्रम अन्तर्गत च्यारिटी डिनर नाईट आयोजना गर्ने कार्यमा यस् बर्ष पनि सब्य र भब्यका साथ सम्पन्न भएको छ ।

यस् आयोजित कार्यक्रमको लागि युके भरी बिभिन्न ठाउँमा बसोवास गर्ने ब्यापारी, ब्यबसायी र मनका धनी लिम्बु तथा गैर लिम्बु ब्यक्तित्व बर्ग ज्युहरुले आ-आफ्नो क्षमता अनुसार ह्रिदय देखी नगद र जिन्सीहरु प्रायोजन गर्नु भएको थियो। उहांहरुको ह्रिदयगत सहयोगी भावनाको लागि मेरो ब्यक्तीगत र किरात याक्थुङ चुम्लुङ युकेको तर्फबाट हार्दिक लुङ्मेन्दिङ नमनका साथ धन्यबाद यरिक यरिक नोगेन ब्यक्त गरिन्छ र उहांहरुको ब्यापार र ब्याबसयमा अझ उन्नती र प्रगतीको पनि हार्दिक शुभकामना पनि गरिन्छ।यो कार्यक्रमलाई सफल बनाउन सयौं हातहरु रहने क्रममा कियाचु युकेका १६ ओटै शाखा अध्यक्ष र कार्यसमिती तथा क्षेत्रिय प्रतीनिधीहरु, थामेङ्दिमा, माङेना चुम्लुङ र सम्पूर्ण प्रत्यक्ष र अप्रत्यक्ष रुपमा लम्किएका हातहरुलाई आयोजक कमिटी र कियाचु युकेको केन्द्रीय कार्यसमितीको तर्फबाट लुङ्मेन्दिङ नमन र हार्दिक आभार ब्यक्त गर्दछौ ।

कियाचु युकेका सदस्य कल्याणकोष अभिबृध्दिका लागि आयोजित कार्यक्रमलाई सफल बनाउन गरिमय उपस्थित प्रमुख अथिती किरात याक्थुङ चुम्लुङ, सुनसरी, नेपालका अध्यक्ष श्री मोहन हु. चोंङबाङ र अन्य अथितीमा किरात राई यायोख्खा यूकेका उपाध्यक्ष निलम राई र महासचिव चन्द्रवती राई तथा सम्पूर्ण अथिती गणहरुलाई प्रती हार्दिक आभर प्रकट गरिन्छ । यस कार्यक्रमको सांस्कृतिक कार्यक्रम सन्चालनको सहयोगी वेस्ट केन्ट शाखाका सचिव श्रीमति सबिता तुम्बाहाङफे लिवाङ, केलाङ कलाकारहरुमा आशफोर्ड शाखाका भान्जा भान्जीहरु, गायिकामा नेपालबाट पाल्नु भएकी बिष्णु चेम्जोङ र बेजीङस्टक शाखाका स्थानीय गायक दिलिप बोखिम र नृत्यमा प्रिया लिंथेपको बेतोड़ प्रस्तुति थियो । पाहुन सम्मान र सत्कारको लागि उपाध्यक्ष श्रीमति अमृता पालूँवा, वेस्ट केन्ट शाखाका उपाध्यक्ष मेनुका अन्छाबो लिम्बु र कविता हु. चोङबाङ तथा बेजीङस्टक शाखाको सकृया सदस्य दिदिहरु, अर्थ बिभागमा संस्थाका कोषाध्यक्ष दिपेन्द्र याक्सो, नर सब्नेहिम र जिवन मादेन, पाहुनहरूको रेखदेखमा उपाध्यक्ष सन्त हु चोंङबाङ र बिभाग्य प्रमुख कमला लिम्बू रहनु भएको थियो ।

यस कार्यक्रमको अर्को आकार्षक भौतिक सामाग्रीहरुको अक्सन (AUCTION) रेहेकोमा यस अक्सनको सन्चालन केन्द्रिय उपाध्यक्ष श्री खगेन्द्र लाओती र वेस्ट केन्ट शाखाका पुर्व सचिव श्री ईन्द्र थक्लुङले सन्चालन गरी भब्य मनोरन्जन दिलाउनु भएको थियो र कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष श्रीनरबिर अङबो र संयोजक उपाध्यक्ष उपाध्यक्ष श्रीमति अमृता पालूँवा ज्यु हुनु हुन्थ्यो। सम्पूर्ण कार्यक्रम सन्चालन केन्द्रीय महासचिव श्री जुरेन्द्र खजुमले गर्नु भएको थियो । यरिक यरिक नोगेन।

जय किरात याक्थुङ चुम्लुङ युके !!!

Facebook
Twitter
LinkedIn
WhatsApp

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get Curated Post Updates!

Sign up for my newsletter to see new photos, tips, and blog posts.