Date: 29 April 2023 KYCUK, Greater London S. Branch यक्वा तङनाम २०८० – सम्पन्न। Feltham, London मानब सभ्यता संगै प्राकृतिको सेवाक तथा निर्भर रही संसारको भौगोलिक स्रोत र साधनलाई सदुपयोग गर्ने क्रम खेतीपाती र >>>
Date: 29 April 2023
KYCUK, Greater London S. Branch
यक्वा तङनाम २०८० – सम्पन्न।
Feltham, London
मानब सभ्यता संगै प्राकृतिको सेवाक तथा निर्भर रही संसारको भौगोलिक स्रोत र साधनलाई सदुपयोग गर्ने क्रम खेतीपाती र अन्नबालीलाई खेतबारी र याक्समा राम्रो संग फलोस, फूलोश र रोगहरूबाट मानब जीवन शैलीमा बाधा अनि अबरोध हुनुबाट कल्याण होश भनि ओम् तागेरा भुमाँङसंग आशीर्वाद लिने र प्राकृतिक दैब शक्तिसंग आराधना, पूजा र आस्थाको लागी गरिन्ने चाडपर्व अन्तर्गत लिम्बु(याक्थुङ) जातिको आफ्नो पहिचानको सेरोफेरो अनुसार यक्वा तङनामलाई मान्ने गरिन्छ।
यसै सन्दर्भमा किरात याक्थुङ चुम्लुङ यूकेको ग्रेटर लण्डन जेष्ट शाखाले सब्य र भव्यता साथ सम्पन्न गरेको छ। यस कार्यक्रममा कियाचु यूके केन्द्रीय अध्यक्ष श्री नरबिर आङ्बो ज्युको प्रमुख अथितित्व र बिशेष अतिथि केन्द्रीय महासचिव श्री जुरेन्द्र खजूमको उपस्थितिमा औपचारिक कार्यक्रम शाखाका सचिव श्री पदम चोङबाङ ज्युले सञ्चालनगरी स्वागत मन्तव्यमा उपाध्यक्षदोय श्री कुलकेशर सेने र तंगनामको बिसयमा श्री बिजय पाहिम ज्युहरुले सम्बोधन गर्नु भएको थियो।
१४ औ यलम्बरहाङ कप २०२३ को उद्घघाटन समारोहमा सुन्दर केलाङ प्रस्तुत गरी सहयोग गर्ने शाखाको कलाकार नानीहरूलाई पनि केन्द्रीय अध्यक्ष ज्युले नगद सहित सम्मान गर्नु भएको थियो।
शाखाको सक्रिया दीदीबहिनीहरूको बाहुलीबाट तङनामका गतिबिधी र ख़ानाका परिकारबाट सम्मानजन र सत्कार प्रति मेरो ब्यक्तिगत र केन्द्रीय कार्य समितिको तर्फबाट शाखाका अध्यक्ष श्री चन्द्रबहादुर लिंगदेन, केन्द्रीय सदस्य श्री पूर्ण बोखिम ज्यु र सम्पूर्ण कार्य समितिहरुमा हार्दिक लुङमेन्दीङ वधाई तथा शूभकामना ब्यक्त गर्दछौ।
जय कियाचु यूके, ग्रेटर जेष्ट शाखा
यरिक यरिक नोगेन । ![]()
![]()
![]()




