अन्तत गायिका सुश्री सुनिता थेगिम सांगीतिक यात्रामा बेलायत आईपुगेकी छिन ।

अन्तत गायिका सुश्री सुनिता थेगिम सांगीतिक यात्रामा बेलायत आईपुगेकी छिन ।

LONDON, 06 SEPTEMBER 2024, अन्तत गायिका सुश्री सुनिता थेगिम सांगीतिक यात्रामा बेलायत आईपुगेकी छिन ।
किरात याक्थुङ चुम्लुङ यूकेको वार्षिक कार्यक्रम अन्तर्गतको सिसेक्पा तंगनाम २०२४ बेलायतमा वसोबास गर्ने याक्थुङ/लिम्बुहरु गौरबशाली कार्यक्रममा प्रथम ऐतिहासिक आमन्त्रित गरि उहाँको प्रस्तुतीको पुर्वनिर्धारित गरिएकोमा बेलायतको आगमन भिसा नेपालमा डेल्लीबाट १५ जुलाई २०२४ मा मात्र प्राप्त भएको कारण नेपाली सांगीतिक तथा याक्थुङ/लिम्बुहरु सांगीतिक धरातलमा आफ्नो प्रतिभाहरुलाई निखार्दै उदाई रहेकी याक्थुङ चेली गायिका सुश्री सुनिता थेगिमले मिति १३ जुलाई २०२४ सिसेक्पा तंगनामको दिन प्रस्तुतीको घडीबाट चुकेको अवस्था थियो ।
अन्तत गायिका थेगिम उहाँको मावली घरको मामा तथा किरात धर्म तथा साहित्य उत्थान संघ राष्टिय समिति यूकेका कोषाध्यक्ष श्री हर्क आङदेम्बे ज्युको निजि पहलमा बेलायत आई पुगेकी छिन् । उहाँको बेलायत आगमन मिति ०५ सेप्टेम्बर २०२४ को दिन लण्डन हेथ्रो एयरपोर्टमा परिवारजनले भब्य स्वागत गरिएको थियो ।
नेपाली सांगीतिक फाटमा चर्चा र उचाई लिई रहेकी गायिका सुश्री सुनिता थेगिमको प्रस्तुती यो हप्ता डोकास्टर (Doncaster) शहरबाट एकल सांगीतिक शाझ प्रस्तुतीबाट सुरु हुने भएको छ । अन्य सहरहरुमा हुने निम्न स्थानहरु रहेका छन ।
पुर्व निर्धारीत सहरका स्थानहरु
 Doncaster, North England
 Wales, UK
 Warwickshire, Midland, UK
 Hampshire, England
 Ashford, Kent, England
 Canterbury, Kent, England
 Oxford, Midland, UK
 Swindon, Midland, UK
यसमा थप कार्यक्रमहरु निर्धारण हुने छन । बाकी समयहरुमा बलिहाङ तंगनामको बिभिन्न ठाउँमा सांगीतिक प्रस्तुतीहरुमा सामेल हुने छिन । गायिका थेगिमको सांगीतिक यात्रा बेलायतमा सफल रहोस ! यहि नै कियाचु यूके केन्द्रीय कार्यसमिति तर्फबाट हार्दिक लुङमेन्दीङ ब्यक्त गरिन्छ ।