![468323455_9714503371909617_9194844683110938150_n](https://chumlunguk.org/wp-content/uploads/2024/12/468323455_9714503371909617_9194844683110938150_n-678x381.jpg)
एल्डरशटमा, ९ नोभेम्बर २०२४ मा लोकप्रिय गायिका सुश्री सुनिता थेगिमद्वारा आयोजित सोलो म्युजिकल नाइट भव्य सफल भएको थियो।
कार्यक्रममा उपस्थित हुनु हुने सम्पुर्ण महानुभावहरु, निमन्त्रणा गरिएका प्रमुख तथा बिशेष अतिथिहरु र सम्पुर्ण सहयोगी मनहरुमा हार्दिक धन्यवाद र आभार व्यक्त गरिएको थियो । सम्पूर्ण उपस्थिति र प्रोत्साहनले यो कार्यक्रमलाई साँच्चै अविस्णीय बनाएको थियो । टिकट बिक्री र कार्यक्रमलाई स्थानीय समुदाय भित्र र बाहिर प्रवर्द्धन गर्न निर्णायक भूमिका निर्वाह गर्नेहरूलाई विशेष प्रदान गरीएको थियो । यस कार्यक्रमलाई सब्य र भव्यताका साथ सफल बनाउन ग्रेटर रसमोर शाखा सदस्यहरुको भुमिका र प्रयासहरू महत्त्वपूर्ण थिए ।
कियाचु यूकेले सिसेक्पा तंगनाम २०२४ को लागि आमन्त्रित गरेकोमा यूकेको आगमन भिसा समयमा प्राप्त नभए पछि थेगिमले आफ्नो प्रयास र उनकी निज मामा श्री हर्क आङदेम्बेको पहलमा बेलायत आई कियाचु यूकेको बिभिन्न शाखा, अन्य संघसंस्था, गोर्खा रेजिमेन्ट र यूकेका बिभिन्न सहरहरुमा आफ्नो प्रतिभा प्रस्तुति सहित उहाँको फेन र वेल हुइसरहरुलाई भरपुर मनोरन्जनात्मक कार्यक्रमहरु सम्पन्न गरि सुश्री सुनिता थेगिम 14 नोभेम्बर 2024 मा नेपाल फर्किनु भएको छ र उहाँलाई नेपाली संगीत उद्योगमा उनको अगाडिको यात्राको लागि धेरै धेरै शुभकामना प्रदान गरिएको थियो ।
जुरेन्द्र खजुम
स्रोत: पुर्व महासचिव | वेबमास्टर | कियाचु यूके