कियाचु यूकेको सिक्सेक्पा तङ्नाम – २०२४ को समिक्क्ष बैठकमा सँस्था हापेर बसेका मानसिक रोगी मनुष्य र आसेपासे।

कियाचु यूकेको सिक्सेक्पा तङ्नाम - २०२४ को समिक्क्ष बैठकमा सँस्था हापेर बसेका मानसिक रोगी मनुष्य र आसेपासे।

Date: 10 Aug 2024 | Sisekpa Tangnam Post Meeting – 2024

किरात याक्थुङ चुम्लुङ युके एक याक्थुङ/लिम्बुहरुको प्रतिनिधि मुलक विशुद्ध सामाजिक संस्था हो । यस् संस्थाको लागि व्यक्तिगत स्वार्थ, घमण्ड, पुङ न पुच्छरको लेखक, £10 को पन्जीकृत सदस्य बन्न हिच्चकिच्याउने व्यक्तिगत सोच, संस्थाको बिधि र पद्दति नबुझ्ने र लत्याउने संक्रीरण सोच, १५/३५ बर्षको लगामे रोजगारको धरातल भन्दा एक पाईला बड्ने सामाजिक दृष्टीकोणबाट चुक्ने सोच, राजनीतिक र धर्मको संक्रीण भावना भन्दा माथि उठेर यो संस्थाको उच्च सम्मानका साथ यो संस्थालाई ग्रहन गर्नु प्रत्येक याक्थुङ/लिम्बु नागरिकहरुको अपरिहर्य दाहित्व बोध गर्नु व्यक्तिगत जिम्मेवारी हो । तसर्थ यस् बर्ष पनि किरात याक्थुङ चुम्लुङ युकेको बार्षिक कार्यक्रम अन्तर्गत सिसेक्पा तङ्नाम – २०२४ (नेपाली चाड: स्रवाने संग्राती)को आयोजित कार्यक्रम सब्य र भब्यताका साथ सम्पन्न भएको छ ।

बेलायतमा/युकेको एक याक्थुङ/लिम्बुहरुको गौरबशाली तथा महाचुम्लुङ एक मात्र सामाजिक सँस्थामा किरात याक्थुङ चुम्लुङ युके नै हो । यो सँस्थामा समर्पित धेरै सदस्यहरुको योगदान र महान अभियानले अगाडी बढिरहेको संस्थाका मर्म र उदेश्यमा प्रत्यक्ष सहभागिता, सहयोग, आर्थिक, नैतिक र भौतिक रुपमा समावेश सम्म गर्न चुकेका १/२ मनस्थिति गुमाएका गैर गैर याक्थुङ जस्ता व्यक्तिहरुको अरिंगालेहरुको अप्रत्त्यशित रुपमा आक्रामक र तनाव दिनेहरुको चुनौतीपूर्णका बावजुद पनि यस बर्षको सिसेक्पा तङ्नाम – २०२४ सब्य र भ्यब्यता साथ किरात याक्थुङ चुम्लुङ युकेले एक नयाँ ईतिहासको पाना कोर्न सफल सहित (Grand Successful) कियाचु यूकेको पूर्ण केन्द्रीय कार्यसमितिले सपन्न गरेको पनि हो ।

यस बर्ष सिसेक्पा तङ्नाम – २०२४ को कार्यक्रम  तिन चरणमा कार्यक्रम सम्पन्न गरिएको थियो ।

 पहिलो चरणको अनौपचारिक कार्यक्रम:

यस कार्यक्रममा तङ्नामको लागि ब्याबसायिक ज्युहरुलाई तङ्नामको शुभकामना सहित उहाँहरुले सुन देखि नुन सम्म सम्पूर्ण ब्यबसायहरु राखेर तङ्नामको आकार्षक र आर्थिक हिसाबले सहयोग पुर्याउनु भएकोले सबै सबैलाई एक मुष्ट रुपमा धन्यवाद र आभार प्रकट गरिएको थियो । यसै घडीमा तमाम चुम्लुङ यूके सदस्यहरुको उपस्थिति हुने क्रम र लर्कोलाई पनि चरण बद्द् तालिकाले स्वागत गरिएको थियो ।

त्यस पश्चात अनौपचारिक कार्यक्रम प्रस्तुतिको क्रममा पुर्व निर्धारित समय अनुसार किरात धर्म लम्बी सदस्यहरुबाट आकर्षक माङलाङ र येबालाङ युमा धर्म लम्बी सदस्यहरुबाट प्रस्तुत हुन सकेन । यसैमा अन्य प्रस्तुतिहरुमा हाक्पारे साम्लो, पलाम, याक्थुङ कविता-वाचन र सांगीतिकहरु बेलायतको एक मात्र रिङरोड M25 ध्रुतमार्गको मर्मतको कामले २/३ घण्टाको ढिलाईले गर्दा कलाकारहरु र सदस्यहरुको उपस्थिति ढिलो भएको साथै PA SYSTEM को प्राविधिक गडबडीका कारण प्रस्त्तुतीमा बाधक बन्न गएको थियो ।

दोस्रो चरणको औपचारिक कार्यक्रम:

आमन्त्रित प्रमुख अथिति, बिशेष अथितिहरु र अन्य जातजातिका अथितिहरुको उपस्थितिमा तङ्नामको प्रवेशदुवारबाट सबै केलाङ प्रतियोगीको समुह, अन्य ईच्छुक सदस्यहरु, सल्लाहकारहरु, संरक्षक सदस्यहरु, शाखा अध्यक्ष र समिति, केन्द्रीय सदस्यहरु, थामेन्दीङ मा अध्यक्ष र समिति साथमा नवगठित याक्थुङ वेन्सा चुम्बोको अध्यक्ष र समितिहरुको बिशाल लर्को र हुलले तङ्नामको प्रवेशदुवारमा प्रमुख अथिति: Maidstone Borough Council का Mayor | Councillor: John Perry र उहाँको जिवन संगिनी ज्युलाई याक्थुङहरुको मुन्धुमी सिलाम साक्मा छापिएको निलो रंगको याक्थुङ खादा र प्रमुख अथितिको ब्याजले स्वागत गरी बिशेष अथितीमा NRNA UK का अध्यक्ष श्री प्रेम गहा मगर, जनजाती महासंध यूकेका अध्यक्ष श्री योगेश कोई राई र स्थानीय Yalding Perish Council | Councillor:  Dee Ann Stead and Councillor: Tim Chapman ज्युहरुको साथमा किरात याक्थुङ चुम्लुङ नेपालका केन्द्रीय सल्लाहकार श्री जित बहादुर लावती ज्यु अन्य अथिती गणमा बिभिन्न जातजातीका प्रतिनिधी पदाधिकारीहरु, स्थानिय जिल्ला, ईलाका, ब्याबसायीहरु र अन्य संघसंस्थाका पदाधिकारी र प्रतीनिधीहरुको सहभागितामा तङ्नामको मंच सम्म स्वागत भाषण सहित सबै सबै अथितीहरुलाई समुद्घाटन समारोहको पहिलो घडीमा एक मुष्ट स्वागत सहित कियाचु युकेको केन्द्रीय अध्यक्ष श्री नरबिर आङबोको अध्यक्षतामा औपचारिकलाई मनोरन्जनमयको साथ याक्थुङ गीति नाचका केहि अंशहरु पनि औपचारिक कार्यक्रममा संस्थाका केन्द्रीय महासचिव श्री जुरेन्द्र खजुमले सन्चालन गरेको थियो ।

औपचारिक कार्यक्रमको मुख्य केन्द्र बिन्दु समुद्घाटन समारोहको लागि दिप प्रज्वाल केन्द्रीय अध्यक्ष नरबिर आङबो र प्रमुख अथिति Mayor | Councillor: John Perry को बाहुलीबाट समुद्घाटन समारोहको कार्यक्रम सुरु भएको र नेपाल/यूकेको राष्ट्रय गानको सम्मान सहित अगाडी बडेको थियो। यो औपचारिक कार्यक्रमको विभिन्न अंशहरु रहेको थियो । यसमा गोर्खा भर्तिको २०९ बर्ष ईतिहासको संघारमा प्रथम विश्वयुद्द, दोस्रो युद्द र अहिलेको परिवेश सम्म Copy and Paste को गोर्खा सिपाहीले हासिल गरेको तल्लो दर्जा देखि गोर्खा मेजर तथा अफिर मेजर रहि र भैई रहेको पदलाई छलाङ मार्दै एक मात्र साधारण सदस्य ब्रिटिश सेनामा सेवारत Major श्री बिजय सुब्बाले गोर्खा भर्तिको ईतिहासमा याक्थुङ/लिम्बुहरुको समुदायबाट Lieutenant colonel (Lt Col) पद हासिल गर्न सफल हुनु भएकोमा उहाँलाई ऐतिहासिक सम्मान गरिएकको र त्यसै गरि बेलायतमा स्थायी बसोवास अनुमति संगै याक्थुङ/लिम्बु समुदायबाट पहिलो युवा/भान्जा British Army को Army Officer Selcetion Board (AOSB) Royal Academy Sandhurst (RMAS) बाट आफ्नो भविष्य तयार गर्दै किरात याक्थुङ चुम्लुङ युकेको एक मात्र सक्रिया सदस्य र चुम्लुङको बिभिन्न कार्यक्रम आफ्नो Primary Job Duty लाई पनि छायामा राखी सहयोग दिईरहेका Major श्री युगल आङबोले Russia-Ukraine war बाट आफ्नो दाहित्व सफलता पुर्वक निभाएर फर्के पछी Member of the Order of the British Empire (MBE) कलिलो उमेरमा नै प्राप्त गरि याक्थुङ/लिम्बु युवा समाजको लागि एक प्रेणाको श्रोत बन्न सफल हुनु भएको उहाँलाई पनि ऐतिहासिक सम्मान गरिएको हो ।

यसै सन्दर्भमा तङ्नामको समुद्घाटन समारोहमा Public Sector बाट डाक्टर, ईन्जीनिर, नर्स, वकिल, उच्च शिक्षा र अन्य क्षेत्रमा प्रगति गरेका सदस्यहरु, लिम्बु संस्कार र संस्कृति मार्फत आफ्नो प्रतिभा निखारिएका तथा सफलता प्राप्त गरेका सदस्यहरु पनि सम्मान गर्ने गरिन्छ ।

तङ्नामको अर्को थप मुख्य सम्मानहरु किरात याक्थुङ चुम्लुङ युकेको बार्षिक कार्यक्रम अन्तर्ग प्रदान गरीन्ने अवार्ड र पुरस्कारहरु ।

चुम्लुङ अवार्ड: यो अवार्ड २००८ मा स्थापना भएको हो जसले चुम्लुङ युके प्रति आफ्नो तनमन दिएर चुम्लुङ यु.केलाई टेवा दिने साथै चुम्लुङको अर्थतन्त्र खर्च हुन बाट जोगाउने या कुनै पनि ईभेन्टलाई डोर्याउने उत्कृष्ट व्यक्तिलाई यो अवार्ड दिने गरिन्छ । यो बर्ष चुम्लुङ यूकेको लागि अहोरात्र खटेर आफ्नो पारिवारिक समयलाई पनि संस्था प्रति समर्पित गरी काम गर्नु हुने हाम्रा होनाहार व्यक्तिहरुलाई प्रदान गरिएको छ ।

चुम्लुङ अवार्ड – २०२४:  चुम्लुङ यूके वेस्ट केन्ट शाखाका सदस्य श्री जुद्द लिम्बु ज्युलाई प्रदान गरिएको छ ।

यलम्बरहाङ अवार्ड: यो अवार्ड पनि २००८ मै स्थापना भएको हो, बर्षेनी खेलाउदै आएको यलम्बरहाङ कप प्रतियोगिताको लागि खट्ने सबै भन्दा उत्तम व्यक्तिलाई दिने गरिएको छ । यो बर्षको चुम्लुङ युकेका सदस्य तथा खेलप्रति अग्रपंतीमा भूमिका निर्वाह गरी आएका सदस्य ज्युलाई यलम्बरहाङ अवार्ड प्रदान गरिएको छ ।

यलम्बरहाङ अवार्ड – २०२४:  चुम्लुङ यूके वेस्ट केन्ट शाखाका सदस्य श्री बसन्त मादेन ज्युलाई प्रदान गरिएको छ ।

Artist of the Year: यस् सम्मानको लागि लिम्बु(याक्थुङ)हरुको संस्कार, संस्कृति र कलाकारीतामा अग्रभुमिका निर्वाह गरी आर्थिक, नैतीक र भौतिक हिसाबले लिम्बु(याक्थुङ)हरुको गीत र संगीतिक पारीवेशमा लामो समय र निरन्तर दिई रहने ब्यक्तित्वलाई यो सम्मान प्रदान गरिएको छ ।

Artist of the Year – 2024: चुम्लुङ यूके वार्वेक्शायर शाखाका सदस्य श्री सुबर्ण नेम्बाङ ज्युलाई प्रदान गरिएको छ ।

यस अवार्डहरुको प्रदान संगै औपचारिक कार्यक्रमको अन्तीम घडी तिर किरात याक्थुङ चुम्लुङ युके तथा आयोजक कमिटि लगायत सिकेक्पा तङ्नामको लागि बधाई तथा शुभ कामनाको लागि बिशेष अथिति र प्रमुख अथितिको मन्तब्यको साथ अन्तिम घडीमा समुद्घाटन समारोह कार्यक्रमका सभापति तथा सँस्थाका केन्द्रीय अध्यक्ष श्री नरबिर आङ्बोले सम्पूर्ण चुम्लुङ यूके सदस्यहरु लागायत सबै सबैलाई धन्यवाद दिन्दै औपचारिक कार्यक्रमको घडीलाई समापन गर्नु भएको थियो ।

तेस्रो चरणको अनौपचारिक कार्यक्रम:

यो चरणको कार्यक्रम केन्द्रीय सहसचिव श्री मति सानु सुब्बाले सन्चालन गरेको थियो र कार्यक्रम पानी पर्नको कारण पुर्व निधारित समय अनुसार सन्चालन हुन सकेन । तथापी केलाङ कलाकारले चुम्लुङ यूकेलाई समार्पित गरि पानीमा रुझिन्दै केलाङको प्रतियोगिता पुरा भयो र तुरुन्त यालाङ प्रतियोगिता सुचारु गरियो यालाङ कलाकारले पनि चुम्लुङ यूकेलाई समार्पित गरि पानीमा रुझिन्दै यालाङको प्रतियोगिता पुरा नै भयो । कलाकार सबैलाई उहाँको समर्पित प्रतिभालाई सम्मान गरिएको थियो ।

केलाङ र यालाङको नतिजामा:

केलाङको प्रथम: ग्रेटर लण्डन सिनिओर शाखा | दोस्रो: बेजिङस्टक शाखा | तेस्रो: थुरोक शाखा | चौथो: आशफोर्ड शाखा | पाचौ: ग्रेटर लण्डन शाखा

यालाङको प्रथम:  ग्रेटर लण्डन सिनिओर शाखा | दोस्रो: बेजिङस्टक शाखा | तेस्रो: ग्रेटर लण्डन शाखा

यो प्रतियोगिताको नतिजा मात्र घोषणा गर्ने किन भने पानी पर्नाले समयले फड्को मारी सकेको अवस्था हो । सबै पुरस्कारहरु निमन्त्रणा गरेर आउदो ११औ महाधिवेशन प्रदान गर्ने यो तङनामको प्रमुख संयोजक केन्द्रीय उपाध्यक्ष श्री खगेन्द्र लावती ज्युको आपतकालिन निर्देशनको बहिष्कार र महासचिबलाई मानसिक दबाब योजना बद्द हिसाबले साथमा बिधुत लाईनमा पानि खान्यएर अबरुद्द ,यो कार्यको लागि महासचिवलाई कार्यक्रमको पुर्व सन्ध्यमा नै चुनौतिको बान तेर्साएको अवस्था हो । तसर्थ मादल जसरी बज्छ त्यसरी नै महासचिवले अभिनय गर्न जानेको हो । किन कि नेपालको ४ बर्ष खुला राजनीतिकको अभ्यास पाएको र चुम्लुङ यूकेमा दुई दर्शक पार गरि केन्द्रीय कार्यसमितिको प्रत्यक्ष बहुमतले निर्वाचित तथा चुम्लुङ यूकेको पहिलो ऐतिहासिक जनमत पाएको महासचिव हो ।

ग्रेटर रसमोर शाखा स्थापना हुनु अगाबै क्षेत्रीय प्रतिनिधि, शाखा स्थापना पश्चात सचिव र अध्यक्षको कार्यकालमा सिसेक्पा तङ्नामको प्रथम उपाधिहरु के-लाङ र या-लाङ नेपाली मेलामा केन्द्रीय कार्यसमितिको प्रतिनिधि गर्दै संस्कृतिक प्रतियोगितामा चुम्लुङ यूकेलाइ ऐतिहासिक प्रथम पुरस्कारको जित र यलम्बरहाङ कपमा आर्थिक, नैतिक र पटक पटक शाखाको नाममा भेट्रोन टिमबाट प्रथम उपाधि बिजेता व्यक्ति हो ।

कार्यक्रमको अन्त्यमा केलाङको सामुहिक नाचको समय पानी पर्नको कारण नपुग्ने थाहा भएपछी सदस्यहरुको खालि टेन्टको परिसरमा अनुमति प्रदान गरियो र छथरे केलाङ र आशफोर्ड शाखाको केलाङले भरपुर मनोरन्जन दिलाई आयोजक कमिटिको मर्म र अबस्था राम्रो संग सहयोग गर्नु भएको हो । भबिष्यमा सिसेक्पा तङनामको दिन सामुहिक केलाङको ठाउँ ब्यबस्थापन सबेरै देखिको लागि गर्नु अपरिहार्य देखिएको छ ।

यस कार्यक्रमको अर्को अंश:

Shot Put छेलो (पक्लुङ) प्रतियोगिता रहेको थियो र यस कार्यक्रम चुम्लुङ यूकेका आजीवन सदस्य श्री सन्देश लिम्बु ज्युले सन्चालन गरेका थिए । यो प्रतियोगिता कियाचु यूकेको ऐतिहासिक पहिलो प्रयास रहेकोमा धेरै सदस्यहरुले रुचिका साथ् भाग लिएर मनोरन्जन गरे भने छेलो (पक्लुङ)को  प्रथम उपाधी केन्द्रीय उपाध्यक्ष श्री यदुचन्द्र लाओतीले हात पार्न सफल भएको थियो र प्रायोजनमा केन्द्रीय उपाध्यक्षदोय श्री खगेन्द्र लाओती र श्री सन्त हुक्पा चोङबाङले गरेको थियो ।

कार्यक्रमको अर्को थप आकार्षक:   

याक्थुङ पालम र हाक्पारेका उत्कृष्ट तथा चर्चित गायक/नायक श्री जिवन केदेमको हाक्पारे र पालमको प्रस्तुति रहेको थियो । उहाँको पालम हाक्पारे साम्लोले  र यालाङको प्रतियोगिताले यस बर्षको सिसेक्पा तङ्नाम – २०२४ कुनै पनि लिम्बुवान क्षेत्रको तिर्साली मेला, शिवरात्री मेला, युवा मेला र  छथरको राके मेलामा घन्किन्ने पालामी परिवेशको भन्दा कम थिएन । अझ थप केलाङको पाच ओटा प्रतियोगिताले पनि नेपालको ताप्लेजुङ, तेह्रथुम र पाचथरको कुनै लिम्बुहरुको घना बस्तिमा शुभकार्य भैई रहेको परिवेश झै झलझली याद र सम्झना लायक नै रहेको थियो ।

तर चुम्लुङ यूकेको कुनै पनि कार्यक्रम वा क्षेत्रमा सहयोग तथा सामेल सहयोग नगर्ने बेलायतको प्रौड शिक्षामा लम्पसार हुने, स्व. डा. लक्सम्बाको Copy and Paste नक्कल, लेखक र साहित्य छाटेर हिड्ने, क्यामारा र समाचारको लर्को देख्नै नहुने खान्दै गरेको खाना पनि छोडेर अन्तरबार्ताको लागि लम्पसार पर्ने, अर्को खाले नेतृत्वमा चुम्लुङ यूकेको माँगेना नै टेकेर कारकारमा अदृश्य धान नाच्ने दृष्टिकोण वाला, वार्षिक कार्यक्रमको एक बर्षको पुर्व निर्धारित कार्यक्रमको मितिमा आफ्नो परिवारको शुभ कार्यको मिति तय गर्ने महान दृष्टिकोण वाला, £10 को पन्जीकृत सदस्य बन्न हिच्चकिच्याउने व्यक्तिगत सोच र लगामे पदको सम्मान मात्र खोज्ने वाला र यथार्थ कुरा र वास्तातिक कार्यदिशा र सोचाईमा रुमालिएका चुम्लुङ यूकेका केहि नकारात्मक तत्वहरुले अपमानित र खुट्टा तान्ने धरातलबाट एक अर्ध पागल र आधा मनस्थिति गुमाएका अजिब मनुस्यको पछीबाट टिकाटिप्पणी गर्ने संग चुम्लुङ यूकेले सोच्नै पर्ने दिनको सुरुवात भएको अनुमान गर्न सकिन्ने यो पटक तङ्नामले शुभ अवसर प्रदान गरेको छ ।

कार्यक्रमको अर्को बिशेष आकार्षक:

यस बर्ष थप आकार्षकको निमित्त Lucky-Raffle Draw रहेको थियो । Lucky-Raffle Draw को लागि प्रथम पुरस्कार १ तोला सुन (Sponsor by Shree Lucky Jewellery, Aldershot, Hants | Prop: Mr. Yogesh Rai) दोस्रो पुरस्कार सुनको गहाना (Sponsor by Kathmandu Jewellery, Ashford, Kent | Prop: Mr. Rajendra Ramdung) र तेस्रो पुरस्कार नगद £200-00 (Sponsor by Gurkha Villa, Ashford, Kent | Prop: Mr. Dambar Khajum) ज्युहरुले प्रदान गरि गरिमामय सहयोग गर्नु भएको थियो ।

यस बर्ष सिसेक्पा तङ्नाम – २०२४ को कार्यक्रमको आर्थिक पाटो । 

आर्थिक लाभको पाटोमा यस बर्षको सिसेक्पा तङ्नाम – २०२४ को कार्यक्रमले २००९ देखिको तङ्नामले गरेको लाभ र सम्पूर्ण दासत्ववेजबाट छलाङ मारेको छ । यो सफलताको पछी कार्यक्रम कसरी आकर्षक बनाउने, आर्थिक परिचालन र Financial Turnover/Cashflow अर्थात  Business Terminology मा  P&L को परिभाषाको ज्ञान चाहिन्छ। यो बर्षको प्रमुख संयोजक केन्द्रीय उपाध्यक्ष ज्युले पहिलो तङ्नामको ब्यबस्थापन बैठकमा पेश गरेको तथ्यलाई ९९.५% प्रमाणित गर्न समेत सफल हुनु भएको हो।

तेस्रो चरणको अनौपचारिक कार्यक्रमको ऐतिहासिक आकर्षक:

नेपाली सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बोकेका तथा एक छत्रछायी र अन्तराष्ट्रिय छबि बोकी रहेका श्री राजेश पायल राई  “ Rai Is King” को बेतोड प्रस्तुतीले तङ्नामको माहोललाई थप मनोरन्जनमा टेवा र ऐतिहासिक क्षेणको पाटो मिलेको थियो ।

यसको मुख्य उदेश्यहरु :

श्री राजेश पायल राई  “ Rai Is King” को ऐतिहासिक सम्मानको लागी हो किन कि उहाँले दर्जन भन्दा धेरै याक्थुङ/लिम्बु  गीतहरु र याक्थुङ सांगीतिक एल्बम SEWARO, यसमा उहाँका सहकार्य र समकालीन याक्थुङ कला र सांगीकारका स्रष्टाहरु श्री यासेली योङहाङ, प्रेम सुब्बा, सुनिता थेगिम, दिपक लिम्बु. सुबिना योङहाङ र धेरै अन्य लिम्बु कलाकारहरुलाई सहयोग गरि रहेको र उहाँ एक लिम्बु संगीतमा भिजेका र सहकार्य गर्ने राई र लिम्बु बिचको एक महान याक्थुङ सांगीतिक खम्बा हो । बल्ला भेट भो आदन्ग्बे …… याक्थुङ तथा लिम्बुवान भुमिको राष्ट्रिय गान हो ।  उहाँको साथ् सुनिता थेगिमलाई निमन्त्रणा र यूके भिसाको आबेदन कियाचु यूकेको महासचिवको निजि पैसा र पहलमा प्रयास गरिएको हो । तर भिसा 15 Jul 2024 मात्र प्राप्त भएको हो ।

श्री राजेश पायल राई  “ Rai Is King” को आफ्नो भिसा र गासबास उहाँको निजि हो र उहाँले चुम्लुङ यूकेलाई गर्ब र सम्मानका साथ् सहयोग गर्नु भए हो । उहाँको सांगीतिक मानमर्यादा देखि तल आएर चुम्लुङ यूके संग  Meet and Greet को सम्झौतामा सहकार्य गर्नु भएको सत्य र यथार्थ हो । यस बर्षको उपस्थिती लगभग ४२०० शुल्कको तत्थ्य हो तर केहि संख्याको उपस्थिति सामेल गर्न नसकिन्ने आधारमा ४००० देखि ५००० सम्मको उपस्थिति हो । लिम्बु समुदायको ३ ठाउँमा शुभ कार्य चलेको परिस्थिति हो । पायलको प्रस्तुतिमा ८०% उपस्थितिहरु रमाए र भरपुर मनोरन्जन मिलेको थियो । अचम्मको कुरा त्यहि नकारात्मक सोचहरु अरु भन्दा धेरै पायल संग खोसामार फोटो र झुमेको दृश्य कैद रहेको अवस्था हो । तंगनामको ५ र १० शुल्क पाउण्ड राख्नुको मुख्य खातिर यहि हो । पायलको सांगीतिक कार्यक्रमहरुमा प्रवेश शुल्क आयोजकले २०/३० पाउण्डको तुलनामा सहि नै तंगनामको शुल्क र एक अविस्मरणीय दिन थियो ।

उहाँको सहयोगले गर्व गर्न लाएको नै छ । चुम्लुङ यूकेको एक अर्ध पागल मनुस्यले यूके भरिको म जान्ने भनेर नाम जबरजस्ती नामी हुने नाम कमाउने काम याक्थुङ समाज अथवा लिम्बु र लिम्बुको हुलमा मै हु! भने जस्तै किरात याक्थुङ चुम्लुङ युके सँस्थाको नाम विश्वभर चिनाउने एक ऐतिहासिक पाटो र अवसर श्री राजेश पायल राई  “ Rai Is King” को प्रोफाईलले सहयोग र उर्जा मिलेकोमा दुईमत छैना । कियाचु यूकेको प्रतिनिधि भएर अन्य ठुला ठुला सँस्थामा आसनग्रहन गर्दा किरात याक्थुङ चुम्लुङ युकेको उच्चारण राम्रो नहुदा के चुम्लुङ धेरै नै पछी र अरु सँस्थाहरु स्पष्ट नभएको नै हो त भन्ने खुल्दुलीमा चिरफार पक्का पनि भएको छ र बिश्वको कुना कुनामा किरात याक्थुङ चुम्लुङ युके पनि आफ्नो कला, संस्कार, संस्कृती, संगीत, भेषभुषा र संस्थाको लागि एक आकर्षकको निमित्त र अन्तराष्ट्रिय छबि बोकेका व्यक्ति मार्फतआफ्नो सँस्थाको पहिचानलाई प्रयोग गरि विश्व सामु जाने हैसियत राख्दो रहेछ भन्ने सन्देश यो पटकको सिसेक्पा तङनामले शुभ साईत जुराएको नै हो ।

पुर्खाले भन्थे: “बुझ्नेलाई श्रीखण्ड, नबुझ्नेलाई खुर्पाको बिँड” “सुन्नेलाई सुनको माला भन्नेलाई फुलको माला यो कथा बैकुन्ठ जाला”

जय किरात याक्थुङ चुम्लुङ युके । जय सिसेक्पा तङ्नाम – २०२४ !