किरात याक्थुङ चुम्लुङ युकेको आसफोर्ड शाखाले चासोक तङ्नाम भब्यताका साथ मनायो ।

गत १४ डेसेम्बर २०२४ सालका दिन स्थान St Simon Church Hall Ashford Kent मा Ashford Kent शाखाले चासोक तङ्नाम भब्यताका साथ मनायो । शाखा अध्यक्ष श्री सुन्दर लिङ्थेपको अध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ युकेका >>>

गत १४ डेसेम्बर २०२४ सालका दिन स्थान St Simon Church Hall Ashford Kent मा Ashford Kent शाखाले चासोक तङ्नाम भब्यताका साथ मनायो । शाखा अध्यक्ष श्री सुन्दर लिङ्थेपको अध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ युकेका केन्द्रिय अध्यक्ष श्रीमती कमला सेन्दाङ लिम्बुले प्रमुख अतिथिको रुपमा उपस्थिती जनाएका थिइन भने पुर्व केन्द्रिय अध्यक्षदय, श्री सिरिप्रशाद लिम्बु, श्री डम्मर सिङ्घक तथा शाखाका पुर्व अध्यक्षहरुको उपस्थिती रहेको थियो ।

याक्थुङ्बाहरुको प्रमुख मौलिक चाँड चासोक तङ्नामको बिधिपुजा सेवासाबा ज्ञान फुरुम्बोको नेत्रित्वमा सम्पन्न गरिएको पूजामा Ashford बासी याक्थुङ्बा दाजुभाइ तथा दिदिबहिनीहरुले सहभागिता जनाएका थिए । उक्त कार्यक्रममा संस्थामा आजीवन सदस्यता ग्रहन गर्ने झन्डै दुई दर्जन सदस्यहरुलाई प्रमाण पत्रको साथ सम्मान गरिएको थियो भने सयौ जना सदस्यहरुले आफ्नो सदस्यता नबिकरन गर्नुका साथै नयाँ सदस्यता लिएका थियो । यस तङ्नाममा स्थानिय कलाकारहरुले याक्थुङ्बा संस्कार संस्क्रिती झल्काउने यालाङ, केलाङ प्रस्तुत गरेका थिए भने स्थानिय बासिहरुले लिम्बु समुदायको मौलिक खानपिनको ब्याबस्था गरेका थिए ।

प्रमुख अतिथी केन्द्रिय अध्यक्ष श्रीमती कमला सेन्दाङ लिम्बुले कार्य ब्यस्तताका कारण समयमै उपस्थिती जनाउन केही ढिलो हुन गएकोमा क्षमा माग्दै यस चासोक तङ्नामको उपलक्षमा उपस्थित सम्पूर्ण Ashford शाखाका याक्थुङ्बा दाजुभाइ तथा दिदिबहिनीहरुलाई शुभकामना ब्यक्त गरेकी थिइन । हाम्रो मौलिक चाँड चासोक तङ्नाम सृस्‍टि संग सम्बन्धित भएकोले हाम्रो संस्कार संस्कृतिलाई निरन्तरता दिनु हाम्रो पहिचानलाई सुरक्षित राख्नु हो भन्ने धारणा राखेकी थिइन ।

अन्त्यमा शाखा अध्यक्ष श्री सुन्दर लिङ्थेपले यस कार्यक्रमलाई सफल बनाउन आ-आफ्नो क्षेत्रमा खटेर सहयोग गरी सफल बनाउन भूमिका निभाउने सम्पूर्ण महानुभावहरुलाई धन्यवाद दिदै यस बर्षको चासोक तङ्नामको कार्यक्रम समापन गरेका थिए ।

स्रोत संकलन: किरात याक्थुङ चुम्लुङ युके Ashford शाखा ।

नर थाम्सुहाङ

मिडिया संयोजक ।

किरात याक्थुङ चुम्लुङ युके ।

Facebook
Twitter
LinkedIn
WhatsApp

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Get Curated Post Updates!

Sign up for my newsletter to see new photos, tips, and blog posts.